• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 16th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

रौतहटमा पत्रकारहरुका लागि यौन तथा प्रजनन् स्वास्थ्य र बालविवाह सम्बन्धी कार्यशाला

July 16th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
रौतहटमा पत्रकारहरुका लागि यौन तथा प्रजनन् स्वास्थ्य र बालविवाह सम्बन्धी कार्यशाला

पदमराज जोशी,

आड्रा नेपाल र यूएनएफपिओको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय रौतहटको सहकार्यमा असार ३० गते रौतहटको चन्द्रपुरमा किशोरकिशोरी यौन प्रजनन् स्वास्थ्य र बालविवाह अन्त्य सम्बन्धी पत्रकारहरुसँग पैरवी कार्यशाला सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाको अध्यक्षतामा भएको कार्यशालामा विभिन्न सञ्चारमाध्यममा कार्यरत रौतहटका २० जना पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा अतिथिको रुपमा जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख दीपेन्द्रकुमार राय, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिब पुरी, वरिष्ठ स्वास्थ्य पत्रकार पदमराज जोशी, पत्रकार महासंघ प्रदेश नम्बर २ का प्रदेश सदस्य शैलेन्द्र झा र वरिष्ठ महिला पत्रकार बिना राउत हुनुहुन्थ्यो ।

कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख दीपेन्द्रकुमार रायले बालविवाह अन्त्यका लागि र किशोरकिशोरी यौन प्रजनन् स्वास्थ्य सुधारका लागि पत्रकारहरुको भूमिका महत्वपूर्ण भएकोले कार्यशाला उपलब्धिमूलक भएको बताए । मिडियाहरुको सहयोग र सहकार्यकै कारण प्रदेश नम्बर २ मा सबैभन्दा बढी बालविवाह हुने जिल्ला रौतहटमा पछिल्ला वर्षमा बालविवाहको संख्यामा कमि आउन लागेको रायले जानकारी दिए । रौतहटका केही स्थानियनिकायहरुले वालविवाह अन्त्यका लागि नयाँ काम गरिरहेको अवस्थामा पत्रकारहरुले ती कामहरुको प्रचारप्रसार गरेर बालविवाह अन्त्यका लागि स्थानिय निकायहरुलाई अभिप्रेरित गर्नु आवश्यक रहेकोमा रायको जोड थियो ।

आड्रा  नेपाल र यूएनएफपिओले जिल्लामा गरिरहेको काम र सहयोगको उच्च मूल्यांकन गर्दै उनले आफूले पनि जिल्लाका पत्रकारहरुसंग सहकार्य गरेर अगाडि बढीरहेको रायले बताए ।  पत्रकार महासंघ प्रदेश सदस्य शैलेन्द्र झाले पुराना पत्रकारहरुलाई किशोरकिशोरी यौन प्रजनन् स्वास्थ्य र बालविवाह अन्त्य सम्बन्धी बिषयबस्तु थाहा भए पनि मिडियामा आएका नव प्रवेशीहरुलाई यस बिषयमा तालिमको आवश्यक रहेको बताए । किशोरकिशोरी यौन प्रजनन् स्वास्थ्य र बालविवाह अन्त्यका लागि स्थानिय मिडियाले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको तर मिडियाको प्रयासले मात्र सफलता हात नलाग्ने भएकाले सरोकारावाला सबैले आफ्नो जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्नु पर्ने आवश्यकतामाथि जोड दिए ।

पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रमचन्द्र झाले स्वास्थ्य पत्रकारिताको विकासका लागि जिल्ला साखाले हरेक वर्ष एकजना पत्रकारलाई रु. २५ हजार बराबरको पुरस्कार स्थापना गरेर किशोरकिशोरी यौन प्रजनन् स्वास्थ्य र बालविवाह अन्त्य सहितको समस्या समाधनका लागि पहल गरिरहेको बताए । पत्रकारहरुलाई स्वास्थ्य पत्रकारिताका बिषयमा तालिम आवश्यक रहेको झाको भनाई थियो ।

उद्घाटन सत्र समाप्त भएपछि सुरु भएको दोश्रो सत्रको सुरुवातमा आड्रा नेपालका सिनियर प्रोग्राम अफिसर राजीव यादवले प्रस्तुतिकरण गर्दै आफ्नो संस्थाले यूएनएफपिओको सहयोगमा संञ्चालन गरिरहेका किशोरकिशोरी यौन प्रजनन् स्वास्थ्य र बालविवाह अन्त्य सम्बन्धी कार्यक्रमको जानकारी गराउदै बालविवाह अन्त्यका लागि मिडियाकर्मीहरुसंग सहकार्य गर्न खोजेको बताए । बालविवाह बढी हुने देशहरुमध्ये नेपाल एशियामै तेश्रो स्थानमा रहेको तथ्यांक प्रस्तुत गर्दै यादवले त्यसमा पनि नेपाल भित्र रौतहट प्रदेश नम्बर २ मा सबै भन्दा बढी वालविवाह हुने जिल्लामा परेकाले सबै मिलेर वाल विवाहको अन्त्यका लागि लाग्नु पर्ने आवश्यकतामाथि जोड दिए ।

 सरकारी स्वास्थ्य संस्थाले किशोरकिशोरी यौन प्रजनन् स्वास्थ्य सम्बन्धी सेवा प्रदन गरिरहेको भए पनि गोपनियता र स्थान अभावका कारण त्यो सेवा प्रभावकारी नदेखिएकोले किशोरकिशोरीले त्यहाँबाट सेवा लिन असहज मानिरहेको आफूहरुले पाएको यादवको भनाई थियो । वालविवाहले निम्त्याउने असरहरुका बिषयमा आफै पनि ग्रामिण क्षेत्रमा जनचेतनाको अभाव देखिएकाले यस कार्यमा पत्रकारहरुको ठूलो भूमिका हुने भएकाले कार्यशाला आयोजना गरिएको र भविश्यमा पनि सहकार्य जारी राख्ने यादवले बताए । कार्शशालामा सहभागीहरुले उठाउनु भएका विभिन्न प्रश्नहरुको जवाफ यादव र आड्रा नेपालका निर्मल कुशवाहाले दिनु भएको थियो । कार्यशालामा कुशवाहाले सहजिकरण पनि गर्नु भएको थियो ।  

कार्यशालामा प्रशिक्षक एवं वरिष्ठ स्वास्थ्य पत्रकार पदमराज जोशीले किशोरकिशोरी यौन प्रजनन् स्वास्थ्य र बालविवाह अन्त्यका लागि पत्रकारको भूमिका र स्वास्थ्य पत्रकारिता  सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै स्वास्थ्यका बिषयमा कलम चलाउदा गम्भिर हुनु पर्नेमा जोड दिए । सत्य, तथ्य सूचना प्रदान गर्नुका साथै पत्रकारको जिम्मेवारी समाजका किशोरकिशोरी यौन प्रजनन् स्वास्थ्य र बालविवाह अन्त्यका लागि जनचेतना जगाउने काममा समेत पत्रकारको भूमिका रहेकोले यसमा जागरुक हुनु पर्ने उनले बताए । बालविवाह अन्त्यका पक्षमा आवाज उठाउने, अभियान चलाउने र नयाँ योजना ल्याउने स्थानिय सरकार वा समूहका समाचारलाई प्राथमिकता दिएर सम्प्रेषण गर्न सके वालविवाह अन्त्य संभव भएको जोशीको भनाई थियो । उनले यी बिषयमा संभावित समााचर र समाचार श्रोत तथा यसले समाजका पार्ने प्रभावका बिषयमा समेत प्रशिक्षण दिएका थिए । स्थानिय पत्रकार फणि महतले रौतहटका मिडियाले किशोरकिशोरी यौन प्रजनन् स्वास्थ्य र बालविवाह अन्त्यका लागि लेखिरहेका समाचारको अवस्थामा बिषयम प्रस्तुतिकरण गर्दै पछिल्ला दिनमा यो बिषयमा मिडियाको नजरमा परेको तर नयाँ पत्रकारहरुलाई स्वास्थ्य पत्रकारिता सम्बन्धी तालिम आवश्यक रहेको बताए ।

त्यसपछि भएको अन्तरक्रियामा सहभागी विभिन्न पत्रकारहरुले यस क्षेत्रमा आफूले समाचार लेख्दा भोगेका अनुभव र प्रस्तुतिकरण सम्बन्धी विभिन्न प्रश्न सोधेका थिए । उक्त पश्नहरुको सम्बन्धित प्रस्ुतुकर्ताले जवाफ दिएका थिए । कार्यशालाको अन्तिम सत्रमा एक्सन प्लान बनाइएको थियो । सहभागीहरुलाई चार समूहमा बिभाजन गरेर आफू कार्यरथ मिडिया मार्फत आफूले एक महिना भित्र किशोरकिशोरी यौन प्रजनन् स्वास्थ्य र बालविवाह अन्त्य सम्बन्धी तयार गर्न सकिने समाचार स्टोरी, रेडियो अन्तरवार्ता, फिचरको शिर्षक, समाचार श्रोत, मिडया र समय सिमाका बिषयमा चार्ट तयार पारेका थिए । त्यसपछि क्रमश चार वटै ग्रुपले आफुले तपार पारेको कार्ययोजनाका बिषयमा प्रस्तुतिकरण गरेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रधानमन्त्री देउवा र चिनियाँ राजदूत यान्छी भेटवार्ता : चीनले नेपाललाई थप १६ लाख खोप अनुदानमा दिने
Next article उपचार नपाई शिशु जन्माइसकेपछि सुत्केरीको मृत्यु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

Sep 16th 10:06 AM
स्वास्थ्य विशेष

जनस्वास्थ्यमाथि धनस्वास्थ्यको दबदबा

Sep 16th 8:59 AM
समाचार

मन्त्री बनाउन होइन, आँखा जाँचका लागि प्रधानमन्त्री कार्की तिलगंगा

Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

Sep 8th 1:42 AM
समाचार

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विकास समितिको अध्यक्षमा डा. केशर ढकाल नियुक्त

Sep 8th 1:31 AM
समाचार

डा. पुकारको नेतत्वमा नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

Aug 27th 5:00 PM
समाचार

अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी मःमका सञ्चालकलाई दुई लाख जरिवाना

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131848
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web