• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 9th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

रौतहटमा पत्रकारहरुका लागि यौन तथा प्रजनन् स्वास्थ्य र बालविवाह सम्बन्धी कार्यशाला

July 16th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
रौतहटमा पत्रकारहरुका लागि यौन तथा प्रजनन् स्वास्थ्य र बालविवाह सम्बन्धी कार्यशाला

पदमराज जोशी,

आड्रा नेपाल र यूएनएफपिओको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय रौतहटको सहकार्यमा असार ३० गते रौतहटको चन्द्रपुरमा किशोरकिशोरी यौन प्रजनन् स्वास्थ्य र बालविवाह अन्त्य सम्बन्धी पत्रकारहरुसँग पैरवी कार्यशाला सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाको अध्यक्षतामा भएको कार्यशालामा विभिन्न सञ्चारमाध्यममा कार्यरत रौतहटका २० जना पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा अतिथिको रुपमा जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख दीपेन्द्रकुमार राय, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिब पुरी, वरिष्ठ स्वास्थ्य पत्रकार पदमराज जोशी, पत्रकार महासंघ प्रदेश नम्बर २ का प्रदेश सदस्य शैलेन्द्र झा र वरिष्ठ महिला पत्रकार बिना राउत हुनुहुन्थ्यो ।

कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख दीपेन्द्रकुमार रायले बालविवाह अन्त्यका लागि र किशोरकिशोरी यौन प्रजनन् स्वास्थ्य सुधारका लागि पत्रकारहरुको भूमिका महत्वपूर्ण भएकोले कार्यशाला उपलब्धिमूलक भएको बताए । मिडियाहरुको सहयोग र सहकार्यकै कारण प्रदेश नम्बर २ मा सबैभन्दा बढी बालविवाह हुने जिल्ला रौतहटमा पछिल्ला वर्षमा बालविवाहको संख्यामा कमि आउन लागेको रायले जानकारी दिए । रौतहटका केही स्थानियनिकायहरुले वालविवाह अन्त्यका लागि नयाँ काम गरिरहेको अवस्थामा पत्रकारहरुले ती कामहरुको प्रचारप्रसार गरेर बालविवाह अन्त्यका लागि स्थानिय निकायहरुलाई अभिप्रेरित गर्नु आवश्यक रहेकोमा रायको जोड थियो ।

आड्रा  नेपाल र यूएनएफपिओले जिल्लामा गरिरहेको काम र सहयोगको उच्च मूल्यांकन गर्दै उनले आफूले पनि जिल्लाका पत्रकारहरुसंग सहकार्य गरेर अगाडि बढीरहेको रायले बताए ।  पत्रकार महासंघ प्रदेश सदस्य शैलेन्द्र झाले पुराना पत्रकारहरुलाई किशोरकिशोरी यौन प्रजनन् स्वास्थ्य र बालविवाह अन्त्य सम्बन्धी बिषयबस्तु थाहा भए पनि मिडियामा आएका नव प्रवेशीहरुलाई यस बिषयमा तालिमको आवश्यक रहेको बताए । किशोरकिशोरी यौन प्रजनन् स्वास्थ्य र बालविवाह अन्त्यका लागि स्थानिय मिडियाले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको तर मिडियाको प्रयासले मात्र सफलता हात नलाग्ने भएकाले सरोकारावाला सबैले आफ्नो जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्नु पर्ने आवश्यकतामाथि जोड दिए ।

पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रमचन्द्र झाले स्वास्थ्य पत्रकारिताको विकासका लागि जिल्ला साखाले हरेक वर्ष एकजना पत्रकारलाई रु. २५ हजार बराबरको पुरस्कार स्थापना गरेर किशोरकिशोरी यौन प्रजनन् स्वास्थ्य र बालविवाह अन्त्य सहितको समस्या समाधनका लागि पहल गरिरहेको बताए । पत्रकारहरुलाई स्वास्थ्य पत्रकारिताका बिषयमा तालिम आवश्यक रहेको झाको भनाई थियो ।

उद्घाटन सत्र समाप्त भएपछि सुरु भएको दोश्रो सत्रको सुरुवातमा आड्रा नेपालका सिनियर प्रोग्राम अफिसर राजीव यादवले प्रस्तुतिकरण गर्दै आफ्नो संस्थाले यूएनएफपिओको सहयोगमा संञ्चालन गरिरहेका किशोरकिशोरी यौन प्रजनन् स्वास्थ्य र बालविवाह अन्त्य सम्बन्धी कार्यक्रमको जानकारी गराउदै बालविवाह अन्त्यका लागि मिडियाकर्मीहरुसंग सहकार्य गर्न खोजेको बताए । बालविवाह बढी हुने देशहरुमध्ये नेपाल एशियामै तेश्रो स्थानमा रहेको तथ्यांक प्रस्तुत गर्दै यादवले त्यसमा पनि नेपाल भित्र रौतहट प्रदेश नम्बर २ मा सबै भन्दा बढी वालविवाह हुने जिल्लामा परेकाले सबै मिलेर वाल विवाहको अन्त्यका लागि लाग्नु पर्ने आवश्यकतामाथि जोड दिए ।

 सरकारी स्वास्थ्य संस्थाले किशोरकिशोरी यौन प्रजनन् स्वास्थ्य सम्बन्धी सेवा प्रदन गरिरहेको भए पनि गोपनियता र स्थान अभावका कारण त्यो सेवा प्रभावकारी नदेखिएकोले किशोरकिशोरीले त्यहाँबाट सेवा लिन असहज मानिरहेको आफूहरुले पाएको यादवको भनाई थियो । वालविवाहले निम्त्याउने असरहरुका बिषयमा आफै पनि ग्रामिण क्षेत्रमा जनचेतनाको अभाव देखिएकाले यस कार्यमा पत्रकारहरुको ठूलो भूमिका हुने भएकाले कार्यशाला आयोजना गरिएको र भविश्यमा पनि सहकार्य जारी राख्ने यादवले बताए । कार्शशालामा सहभागीहरुले उठाउनु भएका विभिन्न प्रश्नहरुको जवाफ यादव र आड्रा नेपालका निर्मल कुशवाहाले दिनु भएको थियो । कार्यशालामा कुशवाहाले सहजिकरण पनि गर्नु भएको थियो ।  

कार्यशालामा प्रशिक्षक एवं वरिष्ठ स्वास्थ्य पत्रकार पदमराज जोशीले किशोरकिशोरी यौन प्रजनन् स्वास्थ्य र बालविवाह अन्त्यका लागि पत्रकारको भूमिका र स्वास्थ्य पत्रकारिता  सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै स्वास्थ्यका बिषयमा कलम चलाउदा गम्भिर हुनु पर्नेमा जोड दिए । सत्य, तथ्य सूचना प्रदान गर्नुका साथै पत्रकारको जिम्मेवारी समाजका किशोरकिशोरी यौन प्रजनन् स्वास्थ्य र बालविवाह अन्त्यका लागि जनचेतना जगाउने काममा समेत पत्रकारको भूमिका रहेकोले यसमा जागरुक हुनु पर्ने उनले बताए । बालविवाह अन्त्यका पक्षमा आवाज उठाउने, अभियान चलाउने र नयाँ योजना ल्याउने स्थानिय सरकार वा समूहका समाचारलाई प्राथमिकता दिएर सम्प्रेषण गर्न सके वालविवाह अन्त्य संभव भएको जोशीको भनाई थियो । उनले यी बिषयमा संभावित समााचर र समाचार श्रोत तथा यसले समाजका पार्ने प्रभावका बिषयमा समेत प्रशिक्षण दिएका थिए । स्थानिय पत्रकार फणि महतले रौतहटका मिडियाले किशोरकिशोरी यौन प्रजनन् स्वास्थ्य र बालविवाह अन्त्यका लागि लेखिरहेका समाचारको अवस्थामा बिषयम प्रस्तुतिकरण गर्दै पछिल्ला दिनमा यो बिषयमा मिडियाको नजरमा परेको तर नयाँ पत्रकारहरुलाई स्वास्थ्य पत्रकारिता सम्बन्धी तालिम आवश्यक रहेको बताए ।

त्यसपछि भएको अन्तरक्रियामा सहभागी विभिन्न पत्रकारहरुले यस क्षेत्रमा आफूले समाचार लेख्दा भोगेका अनुभव र प्रस्तुतिकरण सम्बन्धी विभिन्न प्रश्न सोधेका थिए । उक्त पश्नहरुको सम्बन्धित प्रस्ुतुकर्ताले जवाफ दिएका थिए । कार्यशालाको अन्तिम सत्रमा एक्सन प्लान बनाइएको थियो । सहभागीहरुलाई चार समूहमा बिभाजन गरेर आफू कार्यरथ मिडिया मार्फत आफूले एक महिना भित्र किशोरकिशोरी यौन प्रजनन् स्वास्थ्य र बालविवाह अन्त्य सम्बन्धी तयार गर्न सकिने समाचार स्टोरी, रेडियो अन्तरवार्ता, फिचरको शिर्षक, समाचार श्रोत, मिडया र समय सिमाका बिषयमा चार्ट तयार पारेका थिए । त्यसपछि क्रमश चार वटै ग्रुपले आफुले तपार पारेको कार्ययोजनाका बिषयमा प्रस्तुतिकरण गरेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article उपचार नपाई शिशु जन्माइसकेपछि सुत्केरीको मृत्यु
Next article प्रधानमन्त्री देउवा र चिनियाँ राजदूत यान्छी भेटवार्ता : चीनले नेपाललाई थप १६ लाख खोप अनुदानमा दिने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134318
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

16
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web