हेल्थ टुडे,
काठमाडौं, ३० साउन : स्वदेशी औषधी उत्पादकहरुको छाता संगठन नेपाल औषधी उत्पादक संघको अध्यक्षमा प्रज्वलजंग पाण्डे चयन भएका छन् । राजधानीमा शुक्रबार भएको संघको साधारणसभाले नयाँ कार्यसमितिको चयन गरेको हो । पाण्डे लोमस फर्मास्युटिकल्सका कार्यकारी निर्देशक र संघको पूर्व महासचिव हुन् । संघको बरिष्ठ उपाध्यक्षमा महेश प्रधान, उपाध्यक्षमा सन्तोष बराल, महासचिबमा बिप्लव अधिकारी र कोषाध्यक्षमा प्रभात रुङ्ग्टा चयन भएका छन । त्यसैगरि सदस्यहरुमा पृथ्वीराज भण्डारी, सुदर्शन ख्यागुली, दिपक टिवडेवाल, सुदिप प्रधान र गणेश पाठक रहेका छन् । यो भन्दा पहिले टाइम फर्मास्विटिकल्सका प्रमुख कार्यकारी जिनारायण बहादुर क्षेत्रीले संघको नेतृत्व सम्हालेका थिए । संघमा ६० भन्दा बढी स्वदेशी औषधी उत्पादक सदस्य छन् ।
Leave a Reply