• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

‘ब्रेन डेथ’ भएकाहरुको अंगदान औलामा गन्न सकिने

February 12th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
‘ब्रेन डेथ’ भएकाहरुको अंगदान औलामा गन्न सकिने

पदमराज जोशी,

नेपालमा हरेक वर्ष ३ हजार भन्दा बढीको बर्षेनी मिर्गौला फेल हुने गरेको सरकारी तथ्यांक छ । अर्थात बर्षेनी ३ हजारको मिर्गौला प्रत्यारोपण गर्नु पर्ने आवश्यकता हुन्छ अहिले । तर देशभरि मुस्किलले ३ सय जनाको मात्र मिर्गौला प्रत्यारोपण हुन्छ । यसको सोझो अर्थ हो, मिर्गौला प्रत्यारोपणको माग अत्यधिक छ तर त्यसको तुलनामा आपूर्ति एकदमै न्यून छ । मिर्गौला प्रत्यारोपणमा यो सबैभन्दा ठूलो चुनौति हो । माग र आपूर्ति बिचको यो ठूलो खाड्ल पुरा गर्न त्यति सहज छैन् । जिवित व्यक्तिहरुले मात्र अहिले गरि रहेको मिर्गौला दानले यो खाडललाई पुर्न सक्दैन । ठूलो संख्यामा ब्रेन डेथ (मष्तिस्क मृत्यु ) भएका व्यक्तिको मिर्गौला झिकेर जिवित व्यक्तिमा प्रत्यारोपण गर्न सकिए मात्र यो समस्या धेरै हदसम्म हल हुने प्रत्यारोपण विज्ञहरु बताउछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा बर्षमा करिव २ हजार बढीले सडक दुर्घटनामा परेर ज्यान गुमाउने गरेका छन् । ती मध्ये करिव एक हजारको ब्रेन डेथ हुने गरेको छ । यी एक हजारको मिर्गौला लगायत कलेजो, प्यांक्रियाज, ठूलो आन्द्रा । सानो आद्राजस्ता अंग निकालेर जिवित व्यक्तिमा प्रत्यारोपण गर्न सकिए हजारौको जिवन बचाउन सकिने विज्ञहरुको दावी छ । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक एवं वरिष्ठ अंग प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठका अनुसार एक जना ब्रेन डेथ भएको व्यक्तिबाट आठ वटा अंग जिवित व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । ब्रेन डेथ भएका व्यक्तिको अंग दान मार्फत प्राप्त हुने अंग जिवित व्यक्तिमा प्रत्यारोपण गर्न सकिए नेपाल अंग प्रत्यारोपणमा आत्म निर्भर हुने डा. श्रेष्ठ दावी छ । ब्रेन डेथमा धेरै संभावना भए पनि नेपालमा ब्रेन डेथ भएका व्यक्तिको अंग जिवित व्यक्तिमा प्रत्यारोपण गरिएको संख्या औलमा गन्न सकिने अवस्था छ । डा. श्रेष्ठका अनुसार अहिलेसम्म नेपालमा ३ जना बे्रेन डेथ भएका व्यक्तिको मिर्गौला ६ जनामा प्रत्यारोपण गरिएको छ भने एक जनाको कलेजो प्रत्यारोपण गरिएको छ । यो संख्या एकदमै न्युन हो । नेपालमा बिसं २०७२ सालमा अंग प्रत्यारोपण ऐन आए पछि ब्रेन डेथ भएका व्यक्तिको अंग जिवित व्यक्तिमा प्रत्यारोपण गर्न सक्ने कानून आएको हो । पहिले नजिकका नातेदारले मात्र अंग दान गर्न सक्ने कानून भएपनि अहिले नाता सम्बन्ध पर्ने जो सुकैले पनि अंग दान गर्न सक्ने कानूनी व्यवस्था छ ।

नेपालमा सन् २००८ देखि मिर्गौला प्रत्यारोपण सुरु भएको हो । अहिलेसम्म करिव १५ सय भन्दा बढीको मिर्गौला प्रत्यारोपण भइसकेको छ भने एक दर्जन बढीको कलेजो प्रत्यारोपण गरिएको छ । सबै भन्दा बढी शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा मिर्गौला प्रत्यारोपण भएको छ । केन्द्रमामात्रै करिव ९ सयको मिर्गौला प्रत्यारोपण गरिएको छ । यस बाहेक वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र केही निजी क्षेत्रमा अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण हुने गरेको छ । नेपालमा सबैभन्दा पहिले कलेजो प्रत्यारोपण शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले गरेको थियो । अहिलेसम्म त्यहाँ ६ वटा कलेजो प्रत्यारोपण गरिएको छ । यस बाहेक त्रिवि शिक्षण अस्पतालमा पनि कलेजो प्रत्यारोपण हुने गरेको छ । तर मिर्गौला प्रत्यारोपणको तुलनामा कलेजो प्रत्यारोपणको संख्यामा एकदमै न्युन छ । नेपालमा मिर्गौला प्रत्यारोपणको सफलता दर ९५ प्रतिसत भन्दा माथि छ । डा. श्रेष्ठका अनुसार पछिल्ला ५ वर्षमा त सत प्रतिसत सफलता प्राप्त भएको छ ।

ब्रेन डेथ भएका व्यक्तीको अंग प्रत्यारोपणबाट बर्षेनी हजारौ व्यक्तिलाई बचाउन सकिन्छ । ब्रेन डेथ भएका व्यक्तिको अंग दान गर्ने व्यवस्था सहित सरकारले छुट्टै कानूनको व्यवस्था गरेको छ । कानून कार्यन्वयन गर्नका लागि सरकारले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरलाई समुन्यय केन्द्र तोकेको छ । कुनै पनि व्यक्तिले आफ्नो मृत्यु पछि अंग दान गर्न चाहेको अवस्थामा केन्द्रमा सम्पर्क राखेर इच्छापत्र लिन सक्ने व्यवस्था छ । कुनै व्यक्तिको सडक दुर्घटना वा अन्य कारणले ब्रेन डेथ भएको अवस्थामा उक्त व्यक्ति उपचाररत अस्पतालले ब्रेन डेथ भएको घोषणा गरेपछि शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको समुन्वय एकाईलाई खबर गर्नु पर्छ । केन्द्रले विज्ञ चिकित्सकिय टोलीले ब्रेन डेथ भएको अस्पतालमा गई ब्रेन डेथ भएका व्यक्तिका आफन्त वा नातेदारहरुसँग सल्लाह गरेर उनीहरुको सहमती दिएमा ब्रेन डेथ भएको व्यक्तीको अंग निकालेर अंग प्रत्यारोपण आवश्यक भएको जिवित व्यक्तीमा प्रत्यारोपण गर्ने गरिन्छ । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक डा. श्रेष्ठका अनुसार अहिलेसम्म २५ सय जनाले आफ्नो मृत्यु पश्चात अंग दान गरेको घोषणा गरेर नाम लेखाएका छन् ।

अंग दान गर्नेमा पुरुषको तुलनामा महिलाको संख्या अत्यधिक रहेको तर दान गरेको अंग प्रत्यारोपण गराउनेमा महिलाको तुलनामा पुरुषको संख्या धेरै रहेको डा. श्रेष्ठ बताउछन् । मानिसले गर्ने गर्ने दानहरुमध्ये सबैभन्दा उत्तम दान भनेको अंग दान भएको विज्ञहरु बताउछन् । किनकी अंग दानले अर्को व्यक्तिको जिवन बाच्ने गर्छ । त्यसैले अंगदान वा ब्रेन डेथ भएका व्यक्तिको अंगदानले थुप्रै व्यक्तिले जिवन पाउने हुनाले यसको संख्या बढाउनु अहिलेको आवश्यकता हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कुष्ठरोग मुक्त नेपाल बनाउने मिसनमा  शोभाकर कँडेलका ३० वर्ष 
Next article प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को चिकित्सकमा डा. शैल रुपाखेती नियुक्त

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132583
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web