• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 1st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य मन्त्री बस्नेतको निर्देशन, ३ करोड जनताको स्वास्थ्यको ख्याल गरेर काम गर्नुस्

May 7th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य मन्त्री बस्नेतको  निर्देशन,  ३ करोड जनताको स्वास्थ्यको ख्याल गरेर काम गर्नुस्

हेल्थ टुडे,
काठमाडौं, २४ बैसाख : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ३ करोड जनताको स्वास्थ्यलाई ख्याल गरेर काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन । आईतबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालय मातहतका ५ वटै महासाखाका कर्मचारीलाई निर्देशन दिदै मन्त्री बस्नेतले अन्य मन्त्रालयको तुलनामा स्वास्थ्य मन्त्रालयको काम संवेदनशील भएकाले जनताको स्वास्थ्यलाई ध्यानमा राखेर नीति योजना बनाउन पर्नेमा जोड दिएका हुन । स्वास्थ्य मन्त्रालय अहिले आगामी बर्षको बजेटमा गृहकार्यमा जुटेकोले विपन्न जनताले स्वास्थ्य सेवा पाउने ग्यारंटी गर्ने किसिमले बजेट विनियोजन गर्न मन्त्री बस्नेतले कर्मचारीहरुलाई निर्देशन दिए । चिकित्सक र कर्मचारीले सफलताका साथ जिम्मेवारी बहन गरे मात्र जनताले सहज उपचार सेवा पाउने र त्यसकै आधारमा मन्त्री पनि सफल हूने बस्नेतले बताए । सरकारी अस्पतालमा कार्यरत चिकित्सक अब्बल भए पनि विरामीको चाप बढी हुने भएकाले उपचार ढिलो हुने गरेको स्मरण गराउदै चिकित्सकहरुका समस्या पनि मन्त्रालयले सुनेर तिनको सम्बोधन हुनु पर्ने बताए । निजी क्लिनिकमा काम गर्ने चिकित्सकहरुले विरामी जाचे बाफतको शुल्क बढाउन लागेको आफुले पनि सुुनेको भन्दै विरामी र चिकित्सक दुबै पक्षलाई मर्का नपर्ने गरि शुल्क तोक्न मन्त्रालयले सहजिकरण गर्नु पर्नेमा उनले जोड दिए । मन्त्रालयका समस्या समाधानकालागि आफूले कर्मचारीहरुलाई आवश्यक पर्ने समय दिन तयार रहेको बताउदै मन्त्री बस्नेतले मन्त्रालयको कामकाजमा ढिलाई नहोस भन्नका लागि आफूले आगन्तुकसँग भेटघाटको समय हरेक दिन साँझ ४ बजेपछि मात्र राख्न लागेको जानकारी दिए । उनले भने, अन्य भेटघाटले काममा बाधा नपरोस भन्ने हेतुले मैले आगन्तक भेटने समय साँझ ४ बजे पछि राख्दैछु ।
सूर्तिजन्य पदार्थमा दरको दायरा बढाएर भए पनि बिपन्न जनतालाई स्वास्थ्य उपचार दिनू पर्नेमा उनले जोड दिए । उनले भने, सूर्तिजन्य पदार्थमा कर बढाऔ र त्यसबाट संकलन भएको रकम वीर अस्पताल लगायतका विपन्नको उपचार हुने अस्पताललाई अनूदान दिऔ ।
सूर्तिजन्य पदार्थको करबाट उठ्ने रकम क्यान्सर लगायतका रोगमा मात्र खर्च गर्ने नियमलाई परिवर्तन गर्न आवश्यक भए प्रधानमन्त्रीसँग सल्लाह गरेर नियम परिवर्तन गर्ने मन्त्री बस्नेतले बताए । मन्त्री बस्नेतले मन्त्रालयमा गर्न सकिने सुधारका कामका बिषयमा आफुलाई लिखित रुपमा सुझाउ दिन कर्मचारीलाई आग्रह गरे । कमिसनका लागि अनावश्यक उपकरण किन्ने र तिनलाई प्रयोग नगरेर थन्क्याउने गलत प्रवृति अधिकांश सरकारी अस्पतालहरुमा बढिरहेको बताउदै मन्त्री बस्नेतले त्यो प्रवृति रोक्न कर्मचारीहरुलाई निर्देशन दिए । आउदो आर्थिक वर्षका लागि स्वास्थ्य मन्त्रालयको बजेट करिव ४० प्रतिसतले कटौती हुन लागेको सुन्नमा आएको बताउदै मन्त्री बस्नेतले बजेट बढाउनका लागि आफूले नेतृत्व गर्ने र सबै कर्मचारीले त्यसमा साथ दिनुपर्नेमा जोड दिए । कार्यक्रममा नीति योजना तथा अनुगमन महासाखाका उपसचिव लिला पौडेलले बजेट निर्माण र बजेट खर्चका बिषयमा प्रस्तुतिकरण गर्दै स्वास्थ्यमा बजेट घटेमा स्वास्थ्य विमा कार्यक्रम र विपन्नका लागि उपचार सेवा बढी प्रभावित हुने जानकारी दिए । कार्यक्रममा प्रशासन महासाखा, नीति, योजना तथा अनुगमन महासाखा, गुणस्तर मापन महासाखा, जनसंख्या व्यवस्थापन र स्वास्थ्य समुन्वय महासाखाका कर्मचारीहरु सहभागी दिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मिलेमतोमा मापदण्डविपरीत बढाइयो ओपीडी शुल्क
Next article स्वास्थ्य प्रणाली सुधार्न स्वास्थ्य पत्रकारहरुको भूमिका महत्वपूर्ण : स्वास्थ्य मन्त्री बस्नेत

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 1st 9:20 AM
समाचार

नेपाल र किम्स अस्पतालबीच स्वास्थ्य सेवामा सीप र क्षमता अभिवृद्धिका लागि सहकार्य

May 31st 5:22 PM
समाचार

अनलाईन खवरका स्वास्थ्य पत्रकार चौलागाई सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:14 PM
समाचार

हेल्थ टिभीअनलाइनकी सम्पादक आचार्य सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:02 PM
समाचार

मेडिकल पत्रका सम्पादक कट्टेल सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:42 PM
समाचार

सुर्तीजन्य पदार्थ विरुद्वका अभियन्ता डा. बम सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:28 PM
समाचार

नेपाली हेल्थका सम्पादक न्यौपाने सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 26th 11:19 AM
समाचार

भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण, १ हजार भन्दा बढीमा संक्रमण पुष्टि

May 25th 10:13 AM
समाचार

नेपालमा पहिलोपटक नेपाली चिकित्सकद्वारा मस्तिष्कमृत व्यक्तिको मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131549
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

11
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web