• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मिलेमतोमा मापदण्डविपरीत बढाइयो ओपीडी शुल्क

May 5th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मिलेमतोमा मापदण्डविपरीत बढाइयो ओपीडी शुल्क

हेल्थ टुडे,
काठमाडौँ, २२ बैसाख नेपाल चिकित्सक संघले निजी अस्पताल सञ्चालकसँगको मिलेमतोमा आफूखुसी बिरामी जाँचको शुल्क बढाउने निर्णय गरेको छ । एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन), चिकित्सक संघलगायतको गत वैशाख १६ को बैठकले तह र अनुभवका आधारमा क्लिनिक तथा निजी अस्पतालले चिकित्सक शुल्क ४ सय २० देखि ९ सय ४० रुपैयाँसम्म लिन पाउने निर्णय गरेको हो । यसमा अस्पताल तथा नर्सिङ होमले बढीमा २० प्रतिशतसम्म थप सेवाशुल्क लिन पाउँछन् । अर्थात् ओपीडी चार्ज १ हजार १ सय २८ रुपैयाँसम्म पर्न सक्छ । यो निर्णय जेठ १ गतेदेखि लागू हुनेछ ।

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ को दफा ८० अनुसार सेवाशुल्क निर्धारण गर्न स्वास्थ्य मन्त्रालयका सचिवको अध्यक्षतामा ७ जनाको समिति रहने व्यवस्था छ । समितिमा मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख, स्वास्थ्य र औषधि विभागका महानिर्देशक, अफिनका अध्यक्ष, उपभोक्ता महासंघका प्रतिनिधि सदस्य रहनेछन् । समितिमा स्वास्थ्य विभागको उपचारात्मक सेवा महाशाखा प्रमुख सदस्य सचिव रहने व्यवस्था छ । तर, निजी अस्पतालहरूको अनुरोधमा तत्कालीन राज्यमन्त्री उमेश श्रेष्ठले ओपीडी शुल्क पुनरावलोकन र निर्धारणका लागि चिकित्सक संघलाई २०७८ भदौ १३ मा अख्तियारी दिएका थिए ।

‘२०७८ भदौ १३ को राज्यमन्त्रीस्तरीय निर्णयअनुसार नेपाल चिकित्सक संघको २०७८ भदौ ३ को पत्रअनुसार सहमति दिने सम्बन्धमा मन्त्रालयबाट ओपीडी शुल्क पुनरावलोकन तथा निर्धारण नहुन्जेलसम्म ओपीडी सेवाशुल्क चिकित्सक संघले वैज्ञानिक तथा सरोकारवाला निकायहरूको परामर्शका आधारमा तोक्न सकिने व्यहोरा अवगत गर्दछु,’ पत्रमा उल्लेख छ । तर, तत्कालीन मन्त्री श्रेष्ठको यो निर्णय मापदण्डविपरीत छ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई यसलाई स्वास्थ्य संस्था सञ्चालन मापदण्डको ठाडो हस्तक्षेप भएको बताउँछन् । ‘मापदण्डमा अख्तियारी दिने व्यवस्था छैन, मन्त्री राज्यमन्त्रीस्तरीय निर्णय गरेर अधिकार दिन मिल्दैन,’ उनले भने ।

ओपीडी शुल्क निर्धारण गर्न बसेको बैठकमा आफू उपस्थित भएमा विवादित हुने देखिएपछि स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्यायलाई पठाएका थिए । यसबारेमा बुझ्न खोज्दा पोखरेलले भने, ‘जो बैठकमा सहभागी भएको हो, त्यसैलाई बुझ्नुस् ।’ उपाध्यायले भने केही प्रतिक्रिया दिन चाहेनन् । ‘मैले यस विषयमा केही बोल्न मिल्दैन,’ उनले भने ।

बैठकमा उपभोक्ता महासंघका प्रतिनिधिले भने हस्ताक्षर गरेका छैनन् । उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले तत्काल निर्णय नसच्याए कानुनी उपचार खोजिने बताए । ‘यो अपराध हो । फिर्ता नलिए मुद्दामा जान्छौं,’ उनले भने । नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले भने निर्णय लागू गर्न उपभोक्ता महासंघबाट आएका प्रतिनिधिको हस्ताक्षर अनिवार्य नभएको दाबी गरे । ‘उहाँहरूलाई छलफलका लागि मात्र बोलाएका हौं,’ उनले भने, ‘संघलाई मूल्य निर्धारण गर्ने अख्तियारी भएकाले मन्त्रालयबाट पनि स्वीकृति गराउन पर्दैन ।’

शुल्क वृद्धिप्रति जनस्वास्थ्यविद्ले पनि आपत्ति जनाएका छन् । ‘यो रकम सेवामुखीभन्दा पनि व्यापारमुखी देखिएको छ । सर्वसाधारणले धान्न सक्ने गरी शुल्क निर्धारण हुनुपर्छ । यसलाई रोक्न मन्त्रालयलगायत सरोकारवाला निकायले पहल गर्नुपर्छ,’ जनस्वास्थ्यविद् डा.बाबुराम मरासिनीले भने । अफिनका अध्यक्ष डा.पदमबहादुर खड्काले मन्त्रालयले शुल्क पुनरावलोकन तथा निर्धारण गर्न पहल नगर्दा बाध्य भएको तर्क गरे । ‘यसबारे मन्त्रालयलाई पटकपटक ध्यानाकर्षण गरायौं । २÷२ वर्षमा पुनरावलोकन गर्ने भनी २०७७ माघमा मन्त्रालयसँग सम्झौता पनि भएको थियो,’ उनले भने, ‘नयाँ निर्धारण गरेको मूल्य समयसापेक्ष छ ।’
२०७७ फागुन ४ मा पनि अफिन र चिकित्सक संघले तह र अनुभवका आधारमा आफूखुसी ३ सय ७० देखि ८ सय २५ रुपैयाँसम्म शुल्क तोकेका थिए । स्वास्थ्य संस्था सञ्चालन मापदण्ड बनिनसकेकाले मन्त्रीस्तरीय निर्णयबाट शुल्क निर्धारण गरिन्थ्यो । तत्कालीन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले शुल्क महँगो भएको र सर्वसाधारणले व्यहोर्न गाह्रो हुने भन्दै सहमति नदिए पनि अस्पतालहरूले लागू गरिछाडे । त्यतिबेला पनि शुल्क बढाएकामा चौतर्फी विरोध भयो, तर मन्त्रालयले कसैलाई कारबाही गर्न सकेन ।
नयाँ शुल्कअनुसार ५ वर्षभन्दा कम अनुभव भएका एमबीबीएस र बीडीएस डाक्टरले ४ सय २० रुपैयाँ, ५ वर्षभन्दा माथिकाले ५ सय १५ ओपीडी शुल्क लिन पाउनेछन् । एमबीबीएस र बीडीएस पास भएर डिप्लोमा तालिम लिएका ५ वर्षभन्दा कम अनुभव भएकाले ५ सय ९० र ५ वर्षभन्दा बढी अनुभव भएकाले ६ सय ७० रुपैयाँ शुल्क लिन पाउनेछन् । त्यस्तै, एमडी÷एमएस÷एमडीएस डाक्टरको हकमा ५ वर्ष अनुभव नभएकाले ७ सय ५० र ५ वर्षभन्दा बढी अनुभव भएकाले ८ सय रुपैयाँ लिन पाउनेछन् । डीमए तथा एमसीएच गरेका डाक्टरको हकमा ५ वर्षभन्दा कम अनुभव भएकाले ८ सय ८० र ५ वर्षभन्दा बढी अनुभव भएकाले ९ सय ४० रुपैयाँ लिन पाउनेछन् । १० वर्षभन्दा बढी अनुभव भएका एमडी÷एमएस÷एमडीएस डाक्टरले ९ सय ४० रुपैयाँ लिन पाउने गरी संघले शुल्क बढाएको हो ।स्वास्थ्य मन्त्रालयले २०६२ मा ओपीडी शुल्क ३ सय र २०७१ मा ४ सय २५ रुपैयाँ तोकेको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य मन्त्री बस्नेतको निर्देशन, ३ करोड जनताको स्वास्थ्यको ख्याल गरेर काम गर्नुस्
Next article राज्यमन्त्री भएको २२ वर्षपछि मन्त्री भएर बस्नेत पुगे स्वास्थ्य मन्त्रालय

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134076
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

120
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

121
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web