• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बिमा गरेकाले जुनसुकै अस्पतालबाट सेवा लिन पाउनुपर्छ : स्वास्थ्य मन्त्री बस्नेत

December 21st, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बिमा गरेकाले जुनसुकै अस्पतालबाट सेवा लिन पाउनुपर्छ : स्वास्थ्य मन्त्री बस्नेत

हेल्थ टुडे,
काठमाडौं, ५ पुष : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बिमा गरेका प्रत्येक नेपालीले तोकिएका देश भरिका जनसुकै अस्पतालबाट स्वास्थ्य उपचार सेवा लिन पाउने गरि व्यवस्था गर्न सरोकारवालालाई सुझाव दिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको राष्ट्रिय स्वास्थ्य वित्त रणनीति कार्यन्वयन कार्ययोजना हस्तान्तरण कार्यक्रममा स्वास्थ्य मन्त्री बस्नेतले नागरिकले जुन ठाउँमा स्वास्थ्य बिमा गरे पनि आवश्यक परेको बेला जुनसुकै अस्पतालमा गएर सेवा लिन पाउने व्यवस्था गर्नु आवश्यक रहेको बताएका हुन । मन्त्री बस्नेतले भने, ‘ जुन ठाउँबाट बिमा गरेपनि तोकिएका जुनसुकै अस्पतालबाट पनि नागरिक सेवा पाउने गरि व्यवस्था गर्नु पर्ने र बिमा कार्यक्रम पारदर्शी तथा निश्पक्ष हुनु पर्नेमा ध्यान दिन नसकिए स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी हुदैन । त्यसैले यी दुई कुरामा ध्यान दिनै पर्छ । ’
जनतालाई प्रत्यक्ष राहत दिन सकिएन बने स्वास्थ्य विमाको उद्देश्य पूर्ति नहुने मन्त्री बस्नेतको ठम्याई छ । स्वास्थ्य बिमाको अहिलेको व्यवस्था अनुसार बिमितले बिमा गर्दा उल्लेख गरेको नजिकको पहिलो स्वास्थ्य संस्थाले थप उपचारका लागि रिफर गरेपछि मात्र अर्को अस्पतालमा उपचार गराउन पाइने व्यवस्था छ । बिमा गरेपछि एक लाख रुपैया बराबरको सेवा पाउने व्यवस्थाको दुरुपयोग गर्दै टाउँको दुख्दा सिटामोल खानु पर्ने अवस्थामा समेत अनावश्यक स्वास्थ्य जाच गराएर विमाको पैसा सक्ने जमातका कारण बिमामा समस्या देखिएको मन्त्री बस्नेतले औल्याए । अस्पतालहरुलाई बिमाको दावी भुक्तानी गर्दा भेदभाव भएको पाइएकाले भविश्यमा त्यसो भएको पाइए कारवाही गर्ने मन्त्री बस्नेतले चेतवानी दिए । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्ले गरेको कार्यसम्पादनमा स्वास्थ्य मन्त्रालय ५७ अंकका साथ छैटौ नम्बरमा आएको प्रसंग उठाउदै मन्त्री बस्नेतले कार्यसम्पादनका एक नम्बर आउने गरि काम गर्न मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिए ।
आपूर्ति महासाखाले समयमा उपकरण किन्न नसकेकोमा आक्रोस व्यक्त गर्दै मन्त्री बस्नेतले २ महिनामा किनेर स्वास्थ्य केन्द्रहरुलाई पठाइसक्नु पर्ने उपकरण पाँच महिनासम्म पनि किन्न नसक्नु अक्षमता भएको बताए । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोषन पोखरेलले मन्त्री बस्नेतलाई राष्ट्रिय स्वास्थ्य वित्त रणनीति कार्यन्वयन कार्ययोजना हस्तान्तरण गरेका थिए । तिन वटा समूहले तिन महिनाको समय लगाएर उक्त कार्ययोजना बनाएका थिए । बिगत १६ वर्षदेखि मन्त्रीपरिषद्बाट पास हुन नसकेको उक्त स्वास्थ्य वित्त रणनीति मन्त्री बस्नेतले गत जेठमा पास गराएका थिए । कार्यक्रममा मन्त्रालयका निति योजना तथा अनुगमन महासाखाका प्रमुख डा.कृष्ण पौडेलले तिन समूहले तिन भागमा बिभाजन गरेर उक्त कार्ययोजना तयार पारेको जानकारी दिदै यसको कार्यन्वयन अवको प्रमुख चुनौति रहेको बताए । कार्यक्रममा डा. पुकार मल्ल, डा. समिर अधिकारी, शम्भू ज्ञवाली र डा. पोमावती थापाले रणनीतिले अवलम्बन गरेको व्यवस्थाको बारेमा प्रस्तुति दिदै यसको कार्यन्वयनका लागि सरकारका तीन वटै तहले स्वास्थ्यमा कम्तिमा पनि १० प्रतिसत बजेट विनियोजन गरेर अगाडि बढ्नु पर्ने आवश्यकता रहेकोमा जोड दिएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई ५०० शैयाको बनाइने : प्रधानमन्त्री
Next article वीर अस्पतालका पुर्व निर्देशक डा. श्रवण चौधरीको निधन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134335
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web