हेल्थ टुडे,
काठमाडौं, १० पुष : प्रधानमन्त्री पुष्पकमल दाहालले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई ५०० शैयाको बनाइने बताएका छन् । सरकारले एक वर्ष पूरा गरेको सन्दर्भमा मंगलबार साझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई छिट्टै ५०० शैयाको अस्पतालको रुपमा विकास गरि प्रत्यारोपण सेवालाई विस्तार गरिने बताएका हुन् । प्रधानमन्त्रीले आफ्नो संवोधनको क्रममा सरकारी अस्पतालहरुमा नर्सिङ र पारामेडिक्सको पढाई गर्ने गरि तयारी भइरहेको बताउदै जेष्ठ नागरिकको स्वास्थ्य उपचारका लागि देशका ९४ वटा अस्पतालमा जेरियाट्रिक वार्ड स्थापना गरिने उल्लेख गरेका छन् । स्वास्थ्य विमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सरकारले स्वास्थ्य विमाको वर्तमान कानूनमा नीतिगत सुधार गरिने र सबै नागरिकलाई स्वास्थ्य वीमामा संलग्न गराइने दाहालले बताएका छन् । स्वास्थ्य वीमाको रकम बढाइने र विमालाई केन्द्रमा राखेर उपचार प्राप्त गर्ने संवैधाकि अधिकारलाई व्यवहारमा लागु गर्न वर्तमान सरकार लागिपरेको प्रधानमन्त्री दाहाले बताएका छन् ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई ५०० शैयाको बनाइने : प्रधानमन्त्री
Warning: Trying to access array offset on false in /home/healthne/public_html/wp-includes/media.php on line 812
Warning: Trying to access array offset on false in /home/healthne/public_html/wp-includes/media.php on line 818







Leave a Reply