• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

युवा सिर्जनशिल समाजद्वारा विद्यार्थीलाई सूर्तिजन्य पदार्थविरुद्व सचेतना

April 30th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
युवा सिर्जनशिल समाजद्वारा विद्यार्थीलाई सूर्तिजन्य पदार्थविरुद्व सचेतना


हेल्थ टुडे,

काठमाडौं, १८ बैसाख : युवा सिर्जनशिल समाजले काठमाडौं महानगरपालिकाका विभिन्न स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई सूर्तिजन्य पदार्थ र दुव्यसनी विरुद्व सचेतना कार्यक्रम सुरु गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १० को सहकार्यमा समाजले सचेतना कार्यक्रम सुरु गरेको हो । समाजले मंगलबार कामनपा १० देबीनगरमा रहेको रुद्रमती आधारभूत स्कुलमा अध्ययरत विद्यार्थीहरुलाई सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सानै उमेरदेखि सूर्तिजन्य पदार्थ सेवनबाट टाढै बस्नु पर्छ भन्ने सचेतना दिलाउन समाजले कक्षा ३ देखि ५ सम्मका विद्यार्थीहरुलाई सचेत गराएको थियो ।
कार्यक्रममा युवा सिर्जनशिल समाजका अध्यक्ष एवं समाजसेवी शारदा लामाले सूर्तिजन्य पदार्थ सेवनले मानिसको जिवनमा गर्ने हानी र दुव्र्यसनका कारण परिवारले समेत भोग्नु पर्ने पिडाका बिषयमा सानै उमेर बालबालिकादेखि नै सचेतना दिने उद्देश्यले पहिलो कार्यक्रम रुद्रमती आधारभूत स्कुलबाट सुरु गरिएको जानकारी दिइन । उनले यस किसिमका सचेतनामूलक कार्यक्रम वडाका अन्य स्कुलहरुमा पनि क्रमश सञ्चालन गर्ने बताइन ।
कामनपा वडा नम्बर १० का सदस्य नरोज अर्यालले स्वस्थ्य समाज निर्माणका लागि हरेक व्यक्तिले स्वास्थ्यका विषयमा गंम्भिर हुनै पर्ने बताउदै सूर्तिजन्य पदार्थ विरुद्वको अभियानमा विद्यार्थीहरुलाई साथमा लिएर अगाडि बढ्नु पर्नेमा जोड दिए । विद्यालयहरुमा गरिने यस किसिमका सचेतनामूलक कार्यक्रम फलदायी हुने अर्यालले बताए ।
कार्यक्रमका प्रशिक्षक स्वास्थ्य पत्रकार पदमराज जोशीले सुर्तिजन्य पदार्थको सेवनबाट हुने आर्थिक, समाजिक र शारिरीक हानीका बिषयमा चर्चा गर्दै हरेक विद्यार्थीले आआफ्नो घरबाटै सुर्तिजन्य पदार्थ सेवन बन्द गराउने अडोटका साथ कदम चाल्नु पर्ने बताए । जोशीले भने, ‘ हरेक विद्यार्थीले आफ्नो घरलाई सूर्तिजन्य पदार्थ मुक्त बनाउन सक्यौ भने यो अभियानलाई ठूलो सघाउन पुग्छ । कसैका आमाबुबाले धूमपान गर्नु हुन्छ भने तपाईहरुले उहाँहरुलाई सेवन गर्न रोक्न सक्नु पर्छ । एक पटक नमाने पनि बारम्बार भन्र्दै गए मान्नु हुन्छ । ’
उनले सरकारले सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थ सेवन गर्न नपाइने कानून ल्याएको जानकारी दिदै त्यसको कार्यन्वयनमा सबै लाग्नु पर्ने बताए । कार्यक्रममा स्कुलकी प्रधानाध्यापक मञ्जु श्रेष्ठले यस किसिमका कार्यक्रम निकै लाभदायक हुने बताउदै स्कुललाई सूर्तिजन्य पदार्थरहित बनाएको बताइन । पत्रकार कालिका महतले सूर्तिजन्य पदार्थ विरुद्वको अभियान एक व्यक्तिको पहलले मात्र पुरा नहुने बताउदै सबैको सहकार्य हुनु आवश्यक रहेकोमा जोड दिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपालले सफलता प्राप्त गरेको छ : मन्त्री यादव
Next article परिवार योजना र सुरक्षित मातृत्वमा ४ प्रदेशका ५ जिल्लामा पत्रकार अन्तरक्रिया

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132582
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web