• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

स्वास्थ्यमा सकारात्मक सोचको खाँचो

May 10th, 2024 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्यमा सकारात्मक सोचको खाँचो

पदमराज जोशी,
पत्रकारितामा भन्ने गरिन्छ, ‘ब्याड न्युज इज गुड न्युज ।’ अर्थात् नराम्रो समाचार नै राम्रो समाचार । सञ्चार माध्यममा यो भनाइ धेरै हदसम्म लागू हुन्छ पनि । पत्रकारिताको एक पक्ष भनेको विकृति विसंगतिलाई उजागर गर्नु हो भने अर्को पक्ष त्यो विकृति विसंगति नसच्चिएसम्म त्यसको विषयमा सरोकारवाला निकायलाई घच्घच्याइरहनु हो । त्यसैले सञ्चारकर्मी र सञ्चारमाध्यमले यो पक्षलाई बिर्सन मिल्दैन । तर सधैं नराम्रा समाचार मात्र हाम्रा पत्रिका, अखबार, अनलाइन, रेडियो र टीभीका समाचारका हेडलाइन बन्नु हुँदैन । गुड न्युज (राम्रा समाचार) पनि मिडियाको विषयवस्तु बन्नु पर्दछ । सकारात्मक समाचारलाई पनि सञ्चारमाध्यमले समाचारको हेड लाइन बनाउनुपर्छ । स्वास्थ्य सबैको सरोकारको विषय हो । यसका विविध पक्षका विषयमा समाचार बन्नुपर्छ । ती समाचार जनसमक्ष आउनुपर्छ । स्वास्थ्यका विषयमा नराम्रा समाचारले मात्र बढी सञ्चारमाध्यममा बढी स्थान पाउने गरेको अहिलेको यथार्थ हो । नेपालको स्वास्थ्य क्षेत्रमा राम्रा काम पनि भएका छन् । भइरहेका छन् । एक दशकअघिको स्वास्थ्य अवस्था, सेवाको गुणस्तर र स्वास्थ्य नीति र अहिलकोमा ठूलो फरक आएको छ । सकारात्मक समाचारमाथि एकदमै थोरै सञ्चारकर्मी र सञ्चारमाध्यमको आँखा गएको पाइएको छ । सधैं नकारात्मक समाचार पस्कने बानी विकासको बाधक हो । नकारात्मक समाचारमात्र देख्ने हाम्रा आँखाले सकारात्मक कुरा पनि देख्ने, लेख्ने र देखाउने बानी बसाल्नुपर्ने आवश्यकता छ ।

स्वस्थ्य समाजको निर्माणका लागि मिडियाको ठूलो भूमिका हुन्छ । स्वास्थ्य क्षेत्रमा भन्ने गरिन्छ, ‘पिभेन्सन इज वेटर द्यान केयर ।’ भन्नुको अर्थ रोग लागेपछि उपचार गराउनुभन्दा रोग लाग्नै नदिनु उत्तम हो । हुन पनि हो, रोकथाम मार्फत धेरै रोगहरूबाट बच्न सकिन्छ । त्यसमा पनि मुटु, मिर्गौला, उच्च रक्तचाप, मधुमेहजस्ता नसर्ने रोगको संक्रमणबाट बच्न त उपचारभन्दा रोकथाममै जोड दिन सकेनौं भने हाम्रो आर्थिक अवस्थाले धान्न सक्ने देखिँदैन । सञ्चारकर्मी र सञ्चारमाध्यमले स्वास्थ्यमा विषयमा जनचेतना विस्तार गर्न योगदान दिन सक्छन् । योगदान गरिरहेका पनि छन् । अझै पनि हाम्रो समाजमा ठूलो संख्यामा जनता सामान्य स्वास्थ्य सूचनाबाट समेत विमुख छन् । उनीहरूलाई सत्य, तथ्य र समयमा सूचना दिन आवश्यक छ । देशबाट राम्रा चिकित्सक विदेश पलायन भइरहेका छन् । सरकारी अस्पताल राजनीति गर्ने अड्डामा परिणत भइरहेका छन् । केही गरौं भनेर विदेशको नाम दाम छोडेर आएका चिकित्सकहरू पनि निराश हुने अवस्था छ । सरकारले राम्रा चिकित्सकभन्दा आफ्नालाई अवसर दिने परिपाटी बन्द गर्नुपर्छ । स्वदेशमै राम्रो काम गर्ने चिकित्सकलाई उत्प्रेरणा दिनुपर्छ । उनीहरूलाई देशमै बसेर सेवा गर्ने वातावरण बनाउनमा मिडियाको पनि ठूलो भूमिका हुन्छ । यो भूमिकाबाट चुक्नु मिल्दैन । उपचार सेवा पाउनु जनताको अधिकार हो । त्यो अधिकारको रक्षाका लागि मिडियाले सक्दो पहल गर्नै पर्छ । राजनीतिक दलहरूका नेताहरू उपचारका लागि विदेशका महँगा अस्पताल जाने तर उनीहरूलाई मत दिएर नेता बनाउने जनता सधंै उपचार नपाएर ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य हुनुपर्छ ।
नेपालको स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको ७० प्रतिशत योगदान छ । तर तिनको सही मूल्यांकन गरिएको छैन । उनीहरूलाई खाली नाफा कमाउने व्यवसायको रूपमा हेरिएको छ । उनीहरूको योगदानको पनि कदर हुनुपर्छ । उनीहरूले पनि नाफा मात्र नखोजेर सेवामूलक भावना देखाउनु पर्छ । स्वास्थ्यमा अहिले सकारात्मक समाचारको खाँचो छ । नेपालको उपचार काम नलाग्ने, नेपालका चिकित्सक रोग नै पत्ता लगाउन सक्दैनन्, नेपालमा राम्रा चिकित्सक नै छैनन् भन्ने नकारात्मक धारणा हटाउनु जरुरी छ । यसमा चिकित्सक पनि सचेत हुनु आवश्यक छ । विकृति विसंगति उठाउनु पत्रकारिताको धर्म नै हो । तर यसको अर्थ सकारात्मक कुरा लेख्ने नहुने भन्ने होइन । सकारात्मक सोचका साथ स्वास्थ्यसम्बन्धी सत्य तथ्य सूचना सम्प्रेषण गर्ने जिम्मेवारी सञ्चाकर्मीले चुक्नु हुँदैन । स्वास्थ्यमा भइरहेका विकृति, विसंगतिलाई औंल्याउँदै सकारात्मक कुरालाई पनि प्राथमिकता दिएर जनता माझ पु¥याउन सक्नु अहिलेको आवश्यकता हो । ( सम्पादकीय, हेल्थटुडे)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article दाँतको उपचार गर्न प्रधानमन्त्री पुगे वीर अस्पताल
Next article स्वास्थ्य मन्त्रालयको नेतृत्वमा अढाई अर्ब बढीको ‘स्पीड’ परियोजना सुरु

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132582
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web