• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 26th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अंग प्रत्यारोपणमा एक पछि अर्को सफलता

June 17th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अंग प्रत्यारोपणमा एक पछि अर्को सफलता

हेल्थ टुडे,
काठमाडौं, ४ असार : अंग प्रत्यारोपणका क्षेत्रमा नेपालले बिस्तारै सफलता हात पार्दै गइरहेको छ । विगत एक दशकयता मिर्गौला प्रत्यारोपण सेवा सुरु भएपछि यसले गति लिएको हो । आँखा प्रत्यारोपण पहिलेदेखि नै सुरु भएपछि सन् २००८ सम्म नेपालमा सफल मिर्गौला प्रत्यारोपण हुन सकिरहेको थिएन । सन् २००८ मा त्रिवि शिक्षण अस्पतालले पहिलो पटक अस्ट्रेलियसन सर्जनको सहयोग र डा. दिव्या सिंहको पहलमा नेपालमा पहिलो पटक सफल मिर्गौला प्रत्यारोपण गरेपछि अंग प्रत्यारोपणको क्षेत्रमा एकपछि अर्को गर्दै सफलता हात पार्दै आएको हो । त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु भएको चार महिनापछि वीर अस्पतालले पनि मिर्गौला प्रत्यारोपण गर्न सफल भयो । बेलायतबाट फर्केका प्रत्यारोपण विज्ञ डा. पुुकारचन्द्र श्रेष्ठको अथक् प्रयास र भारतीय चिकित्सकको सहयोगमा वीरमा पहिलोपटक मिर्गौला प्रत्यारोपण भएको थियो । वीर अस्पतालमा सेवा सुरु भए पनि अप्रेसन थिएटर र भौतिक संरचनाको अभावमा यसले आवश्यकताअनुसार गति लिन नसकेपछि भक्तपुरका मानव अंग प्रत्यारोपण केन्द्र नै स्थापना गरियो । यो केन्द्रको उद्देश्य नै मानव अंग प्रत्यारोपण गर्ने हो । डा. पुकारचन्द्र श्रेष्ठले यसको जिम्मेवारी लिए । प्राप्त जिम्मेवारीअनुसार उनले मिर्गौला प्रत्यारोपणका क्षेत्रमा ठूलो उपलब्धि गरे । १२ वर्षको अवधिमा मानव अंग प्रत्यारोपण केन्द्रले १३ सयभन्दा बढीको मिर्गौला प्रत्यारोपण गरिसकेको छ । नेपाल जस्तो देशका लागि यो चानचुने उपलब्धि होइन । यो आँकडालाई हेर्ने हो भने केन्द्रले मात्र १३ सय जनाले मिर्गौला प्रत्यारोपणमार्फत नयाँ जीवन पाएका छन् । मिर्गौला उपचारका क्षेत्रमा भएको यो आशलाग्दो प्रगति हो ।

मानव अंग प्रत्यारोपण केन्द्रले नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण गरेर आफूलाई अंग प्रत्यारोपणको क्षेत्रमा अब्बल स्वास्थ्य संस्थाका रूपमा उभ्याएको छ । उसले २४ जनाको कलेजो प्रत्यारोपण सम्पन्न गरेको छ । त्रिवि शिक्षण अस्पतालले पनि सफल कलेजो प्रत्यारोपण गरेको छ । प्रत्यारोपण विज्ञ डा. रमेशसिंह भण्डारीको लामो समयदेखिको अथक प्रयासको फलस्वरूप त्रिवि शिक्षण अस्पतालले नेपाली चिकित्सक डा. भण्डारी कै नेतृत्वमा नेपाली चिकित्सक मात्र संलग्न टोलीले कलेजो प्रत्यारोपण गरेको छ । प्रत्यारोपण जस्तो जटिल काम एक व्यक्तिको प्रयासले मात्र निश्चिय पनि सम्भव हँुदैन । यसमा ठूलो टिमको संलग्नता हुन्छ । सबैको मेहनत हुन्छ । त्यसैले प्रत्यारोपणमा संलग्न सबै टिमको मेहनतलाई कम्ती आँक्न मिल्दैन । तर प्रत्यारोपणको सुरुआतको नेतृत्व लिने डा. पुकारचन्द्र श्रेष्ठ र डा.रमेश सिंह सबै उत्तिकै धन्यवादका पात्र छन् । सरकारी अस्पतालका अलावा पछिल्ला दिनमा निजी स्वास्थ्य संस्थाहरूले पनि मिर्गौला प्रत्यारोपणलाई अगाडि बढाइरहेका छन । ग्रान्डी हस्पिटल, वीर, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज भरतपुरले पनि सफल मिर्गौला प्रत्यारोपण गरेका छन । निजी क्षेत्रले पनि प्रत्यारोपणमा सफलता पाउनु खुसीको कुरा हो । मिर्गौला प्रत्यारोपणका लागि राजधानी आउनै पर्ने बाध्यता बिस्तारै हट्दै जानुपर्छ । प्रत्यारोपण सेवालाई सर्वसुलभ बनाउनुपर्छ । अहिले पनि मागअनुसार प्रत्यारोपण हुन सकिरहेको छैन । हजारौ मानिस प्रत्यारोपणको पर्खाइमा छन् । भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रको क्षमता विस्तार हुनु आवश्यक छ । केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ भन्छन, केन्द्रमा भौतिक संरचनाले योभन्दा धान्न सक्ने अवस्था छैन । तर हामीले सक्दो प्रयास गरिरहेका छौ । मिर्गौला बिरामीको संख्या बढेको बढ्यै छ । सरकारले मानव अंग प्रत्यारोपण केन्द्रलाई विस्तार गरी बिरामीको चापको अनुपातमा सेवा दिन सक्ने बनाउनु आवश्यक छ । कलेजो प्रत्यारोपण सेवा एकदमै जटिल र महँगो सेवा हो । यसको निरन्तरताका लागि पनि सरकारले आवश्यक सहयोग गर्नै पर्छ । नत्र सेवा प्रारम्भ हुने र निरन्तरता नपाउने सुखद पक्ष होइन । सरकारले मिर्गौलाका बिरामीलाई निःशुल्क डाइलासिस र प्रत्यारोपण निःशुल्क गरेको छ । यो सकारात्मक कुरा हो । तर निःशुल्क सेवा बिरामीले पाउन सक्नु पर्छ । सेवा निःशुल्क हुने तर सेवा पाउन नसक्नु दुःखद् हो । त्यसैले सरकारले अंग प्रत्यारोपणका क्षेत्रमा अझै सेवा विस्तार गर्नु जरुरी छ । यसमा लगानी बढाउनु आवश्यक छ । प्रत्यारोपण सेवालाई विश्वसनीय, भरपर्दो र सर्वसुलभ बनाउन यसमा लगानी बढाउनु पर्छ । त्यसपछि मात्र कुनै पनि नेपालीले प्रत्यारोपणका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य हुनेछ

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार स्वास्थ्य पत्रकार रामप्रसाद न्यौपानेलाई
Next article फ्यानक्यान मधेश प्रदेशको अधिवेशन सम्पन्न, शिबजी यादवको अध्यक्षतमा नयाँ कार्यसमिति चयन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 25th 7:19 AM
समाचार

चर्को विरोधपछि डा.गोविन्द केसी अनसन छोडेर सेती प्रादेशिक अस्पताल भर्ना

Jul 24th 7:43 AM
समाचार

डा. केसीविरुद्ध सुदूरपश्चिममा विरोध चर्कियो, संघर्ष समितिले दियो प्रतिअनशनको चेतावनी

Jul 23rd 10:28 AM
समाचार

५ बुँदे माग राख्दै धनगढीबाट डा. गोविन्द केसीले सुरु गरे अनसन

Jul 21st 6:22 AM
समाचार

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार

Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133559
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

108
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

104
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web