हेल्थ टुडे,
काठमाडौं, २८ फागुन : विश्व मिर्गौला दिवस बुधबार विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले विश्व मिर्गौला दिवको अवसरमा ललितपुरको पाटन दरवारस्वायरबाट जनचेतनामूलक पैदल यात्राको आयोजना गरियो । र्यालीमा स्वास्थ्यकर्मी, चिकित्सक, कलाकार, पत्रकार, मिर्गौला प्रत्यारोपी सहितको सहभागिता रहेको थियो ।
जनचेतनामूकल पैदल यात्रा लगनखेल स्थित नेपाली सेनाको खेल मैदानमा पुगेर समाहित भएको थियो । नेपाली सेनाको खेल मैदानमा प्रत्यारोपण खेलकुल अन्तरगत फुटबलको आयोजना गरिएको थियो । फुटवलमा स्वास्थ्यकर्मी टीमको नेतृत्व यवा तथा खेलकुल मन्त्री तेजुलाल चौधरी र स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गरेका थिए भने प्रत्यारोपीको नेतृत्व झंकर रावलले गरेका थिए । उक्त फुटवलमा दुबै तर्फबाट दुई दुई गोल भएर खेल बराबरीमा सकिएको थियो । विजयी दुबै टीमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अवार्ड प्रदान गरेका थिए । कार्यक्रममा मन्त्री पौडेलले मिर्गौला फेल हुन नदिने उपायका विषयमा व्यापक जनचेतना बिस्तार गर्नु आवश्यक रहनु पर्ने बताए । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले मिर्गौला फेल हुनबाट बचाउन जनचेतना जगाउन यो दिवस मनाइने गरेको बताए । कार्यक्रममा विभिन्न सांगितिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
मिर्गौला पदयात्रा, प्रत्यारोपण खेलकुद र सांगितिक कार्यक्रम सहित मनाइयो विश्व मिर्गौला दिवस

Leave a Reply