• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

वीरगञ्जमा झाडापखाला र हैजाका बिरामीको संख्या पाँच सय नाघ्यो, सयभन्दा बढीमा हैजा

August 27th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
वीरगञ्जमा झाडापखाला र हैजाका बिरामीको संख्या पाँच सय नाघ्यो, सयभन्दा बढीमा हैजा

हेल्थ टुडे,
काठमाडौं, ११ भदौ : वीरगञ्जमा झाडापखाला र हैजाका लक्षण लिएर अस्पताल पुग्ने संख्या ५ सय नाघेको छ । वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाले बुधबार साँझ सार्वजनिक गरेको तथ्यांक अनुसार झाडापखाला र हैजा संक्रमितको संख्या ५२८ जना पुगेको जनाएको हो । तथ्यांक अनुसार आईसीयूमा ३५, एचडीसीयूमा ४ र वार्डमा २३२ जना झाडापखाला र हैजाका बिरामी उपचाररत छन् । गत शुक्रबार यता हालसम्म २५७ जना झाडापखाला र हैजाका बिरामी उपचारपछि अस्पतालहरूबाट डिस्चार्ज भएर घर फर्किएका छन् । महाशाखाका अनुसार आरडीटी परीक्षणमा नारायणी अस्पतालमा ४७, तराई अस्पतालमा ४३, नेसनल मेडिकल कलेजमा १७ जना झाडापखालाका बिरामीमा हैजा संक्रमण पुष्टि भएको हो ।
यसैगरी, वीरगञ्ज हेल्थ केयर ५ र मंगलम प्याथोलोजि र भवानी अस्पताल गरिएको आरडीटी परीक्षणमा समान ४ जनामा हैजा संक्रमण पुष्टि भएको छ । यसैगरी अली अर्थो अस्पताल र एड्भान्स सेन्ट्रल अस्पतालमा गरिएको परीक्षणमा समान २÷२ जनामा हैजा संक्रमण पुष्टि भएको छ । अस्पतालका अनुसार मंगलबार झाडापखाला लागेर अस्पताल आएका एक बालक र दुई जना पुरुषमा हैजा संक्रमण पुष्टि भएको हो । वीरगञ्जका विभिन्न १६ वटा अस्पतालमा अहिले पनि झाडापखाला र हैजा संक्रमित गरेर २७१ जना बिरामी उपचाररत रहेको महाशाखाले जनाएको छ । पर्साकै पोखरिया नगरपालिकामा पनि ८ जनामा हैजा संक्रमण पुष्टि भएको छ । बुधबार ३ जना र बिहीबार थप ५ जना गरी ८ जनामा संक्रमण पुष्टि भएको पोखरिया अस्पतालका मेसु डा. आनन्द रौनियारले जानकारी दिए । ८ जनामध्ये एक जना संक्रमितलाई थप उपचारका लागि वीरगञ्ज पठाइएको छ भने बाँकीको पोखरिया अस्पतालमै उपचार भइरहेको छ ।
आजै बाराको कलैया अस्पतालमा एक जनामा हैजा संक्रमण पुष्टि भएको छ । गत आइतबार झाडापखालाको लक्षण देखिएर अस्पतालमा भर्ना भएका एक पुरुषमा बिहीबार संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवले जानकारी दिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जोखिममा परेका गर्भवती तथा सुत्केरीको शतप्रतिशत हवाई उद्धार गरिने
Next article अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी मःमका सञ्चालकलाई दुई लाख जरिवाना

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132581
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web