• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य अनुसन्धानमा नयाँ आचारसंहिता ल्याउने तयारी

October 30th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य अनुसन्धानमा नयाँ आचारसंहिता ल्याउने तयारी

हेल्थ टुडे,
काठमाडौ,१३ कात्तिकः नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य अनुसन्धानलाई विश्वस्तरको मापदण्डमा पु¥याउन नयाँ आचारसंहिता ल्याउने तयारी गरेको छ । नेपालमा स्वास्थ्यसंग सम्बन्धित खोज, अुनसन्धानलाई विश्वस्तरमा पु¥याउन र मान्यता दिन आचारसंहिता ल्याउन लागेको परिषद्का कार्यकारी अध्यक्ष प्रा. डा. अञ्जनीकुमार झाले जानकारी दिएका छन् ।

प्रा.डा. झाले भनेः‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् १९५५, सन् २००१ र सन् २०११ मा अनुसन्धानको आचारसंहिता जारी गरेको थियो, विद्यमान आचारसंहितालाई परिमार्जन गर्दै नयाँ आचारसंहिता ल्याउन लागेका हौँ ।’

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डभित्र रहेर आचारसंहिता आउने परिषद्ले जनाएको छ । आचारसंहितामा अनुसन्धानको प्रस्ताव लेखनदेखि अनुसन्धानका प्रत्येक चरण तथा अनुसन्धानका नतिजासम्मलाई ध्यान दिइएको जनाइएको छ ।

हाल परिषद्ले तयार पारेको आचारसंहिताको मस्यौदालाई स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य सङ्गठन तथा स्वास्थ्य अनुसन्धानको साझा संस्था फोरम अफ इथिकल रिभ्यु कमिटिज इन एसिएन एण्ड वेस्टर्न प्यासिफिक रिजन (फरक्याप) का प्रतिनिधिहरूले अध्ययन गरिरहेको परिषद्ले जनाएको छ ।

पछिल्लो समय परिषद्ले तराई–मधेशका विशेष गरी थारु समुदायमा देखिएको सिकलसेलको बारेमा अनुन्धान गर्दै आएको छ । साथै नसर्ने रोग मिर्गौला, मुटु रक्तचाप, मधुमेह, क्यान्सरको स्थितिका बारेमा केही जिल्लामा घरघुरी सर्वेक्षण कार्य जारी राखेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रधानमन्त्री ओलीको ग्रान्डी अस्पतालमा अल्ट्रा–फिल्ट्रेसनमार्फत रगत शुद्धीकरण गरियो
Next article चिकित्सकको अभावले जिल्ला अस्पताल बैतडीको सेवा प्रवाह प्रभावित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134421
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web