• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

फोक्सोको क्यान्सर बढ्नुको मुख्या कारक धूमपान

January 16th, 2021 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
फोक्सोको क्यान्सर बढ्नुको मुख्या कारक धूमपान

डा. अम्बुज कर्ण,

नेपालमा क्यान्सर रोगीको संख्या कति छ त्यसको यकिन तथ्यांक छैन । तर पछिल्ला वर्षमा क्यान्सरका रोगीको संख्या भने बढिरहेको छ । नेपालमा हुने क्यान्सर रोगीहरूमध्ये सबभन्दा बढी फोक्सोको क्यान्सर हुने गरेको पाइएको छ । त्यसपछि स्तन क्यान्सर र तेस्रो नम्बरमा पाठेघरको मुखको क्यान्सर । बिरामीको चापको तुलनामा क्यान्सर विशेषज्ञ र उपकरणको भने नेपालमा अभाव नै छ । विश्व स्वास्थ्य संगठनले प्रत्येक १० लाख जनसंख्यामा क्यान्सर उपचारका लागि कम्तीमा पनि एक रेडियोथेरापी मेसिन आवश्यक पर्छ भनेको छ । तर हाम्रो देशमा मुस्किलले ६, ७ वटा छन् । रेडियो थेरापिस्ट पनि २५ भन्दा बढी छैनन् । अंकोलोजिस्ट पनि कम नै छन् । वीरमा रेडियोथेरापी मेसिन बिग्रेको दुई वर्ष हुन लागिसक्यो । अहिलेसम्म किन्न सकिएको छैन । फेरि टेन्डर भएको छ । सायद अब किन्न सकिन्छ कि ? मेडिकल फिजिसिस्टको पनि अभाव नै छ । यति हुँदाहुँदै पनि क्यान्सर उपचारका क्षेत्रमा कुनै सुधार नै भएको छैन भन्न खोजेको होइन । क्यान्सरका छुट्टै अस्पताल खोल्ने क्रम जारी छ । यसले कुनै न कुनै रूपमा बिरामीलाई सहज भएको छ ।
नेपालमा क्यान्सरको उपचार सबभन्दा पहिले वीर अस्पतालमा सुरु भएको हो । प्रजातन्त्र पुनस्र्थापनापछि डा.तारा मानन्धरले क्यान्सर उपचार सुरु गर्नु एको हो । अहिले वीर अस्पतालमा  क्यान्सर रोग विशेषज्ञले सेवा दिइरहेका छौं । केमोथेरापी सेवा उपलब्ध छ । इपालिएटिभ केयर दिइरहेका छांै । तर पछिल्ला दिनमा क्यान्सरकै लागि छुट्टै अस्पताल खुलेकाले वीरको उपचार छायामा परेको छ ।

फोक्सोको क्यान्सर
नेपालमा क्यान्सर रोगीको संख्या बढ्दै गइरहेको छ । त्यसमा पनि फोक्सोको क्यान्सरका बिरामीको संख्या उल्लेखनीय छ । फोक्सोको क्यान्सर हुने प्रमुख कारण धूमपान हो । नेपालमा ९० प्रतिशतलाई फोक्सोको क्यान्सर हुने प्रमुख कारण धूमपान हो । १० प्रतिशतलाई भने धूमपान नगरे पनि फोक्सोको क्यान्सर हुने गरेको पाइएको छ । कुनै कुनैलाई वंशानुगत त कसैलाई वातावरणीय कारणले पनि हुन सक्छ । धूमपानका कारणले हुने भएकाले फोक्सोको क्यान्सरलाई हामी रोकथाम गर्न सक्छौं । तर धूमपान गर्ने बानी त्यति सजिलै मानिसले छोड्न सक्दैन । हो, पहिलोको तुलनामा अहिले धूमपान गर्ने व्यक्तिको संख्या केही घटेको जस्तो लाग्छ । सरकारले सार्वजनिक स्थलमा धूमपान गर्न निषेध गर्ने कानुन बनाएको छ । जनचेतना केही विस्तार भएको छ । तर यसको परिणाम आउन समय लाग्छ । हुन सक्छ अबको २० वर्ष पछि नेपालमा फोक्सोको क्यान्सरका बिरामी कम हुन सक्लान् । फोक्सोको क्यान्सरका बिरामीको संख्या बढ्दै जानुको अर्को कारण हो अहिले बिरामी उपचारमा आउन थालेका छन् । पहिले उपचारमै नआई मृत्यु हुन्थ्यो । क्यान्सर भए नभएको थाहै हँुदैनथ्यो । अहिले त्यो अवस्था छैन ।
उपचारमा फड्को
क्यान्सरको उपचारमा पछिल्लो एक दशकमा निकै प्रगति भएको छ । बिरामीहरूमा पनि जनचेतना बढेको छ । पहिलेपहिले चौथो स्टेजमा पुगेपछि मात्र उपचारका लागि बल्ल डाक्टरकहाँ आउथे । तर अहिले दोस्रो र तेश्रो स्टेजमा आउन थालेका छन् । पहिलो र दोस्रो स्टेजमा आएकाहरूको रोग निको पार्न सकिन्छ । अहिले हामी टारगेटेडथेरापी, इम्युनोथेरापीलगायतका उपचार विधिमार्फत बिरामीलाई सहज उपचार गर्ने गरेका छौं । पहिले पहिले चौथो स्टेजमा पुगेका बिरामीको बाँच्ने सम्भावना निकै कम हुन्थ्यो तर अहिले ५० प्रतिशत बिरामी पाँच वर्षसम्म बाँच्न सक्छन् । क्यान्सरका छुट्टै अस्पताल खुल्ने क्रम जारी छ । यी अस्पतालहरूले उपचारमा नयाँनयाँ प्रविधि भित्र्याइरहेका छन् । एमआईआए, प्याथोलोजी, पेट स्क्यान, रेडियोथेरापी, टारगेटेडथेरापीजस्ता सेवाले क्यान्सर उपचार सहज बनाएको छ ।
फोक्सोका क्यान्सर कसरी निको पार्ने ?


फोक्सोमा लागेको क्यान्सरको उपचार भनेको त्यो भागलाई शल्यक्रिया गरी काटेर फाल्ने हो । दोस्रो स्टेजसम्म पुगेको क्यान्सरलाई शल्यक्रियामार्फत फाल्न सकिन्छ । यसको उपचारमा रेडियोथेरापी बढी प्रभावकारी देखिएको छ । सुरुको अवस्थामा पत्ता लागेको क्यान्सर निको पार्न सकिन्छ, स्टेरियो ट्याक्टिकथेरापीका माध्यमबाट । पूर्वप्रधानमन्त्री स्व. सुुशील कोइरालाको अमेरिकामा यीथेरापीमार्फत क्यान्सरको उपचार गरिएको थियो । यसलाई शल्यक्रियाको विकल्पमा लिने गरिन्छ ।
क्यान्सर भइहाले के गर्ने ?
अधिकां मानिस आफूलाई क्यान्सर भएको थाहा भए पछि तर्सिन्छन् । आत्तिन्छन् । उनीहरू के गर्ने ? कहाँ गएर उपचार गर्ने ? भन्दै विभिन्न व्यक्ति, स्वास्थ्यकर्मी, चिकित्सककहाँ गएर सल्लाह लिन्छन् । विभिन्न व्यक्तिले भिन्दाभिन्दै सल्लाह दिन्छन् । यसरी सल्लाह दिनेले सही सल्लाह नै दिन्छन् भन्ने छैन । त्यसैले सकभर क्यान्सरका विषयमा सल्लाह लिँदा क्यान्सर रोग विशेषज्ञकहाँ गएर सल्लाह लिनुपर्छ ।
अन्तिम अवस्थामा पुगिसकेको क्यान्सरलाई पूर्ण रूपमा निको पार्न नसकिएला । अब निको हुने होइन किन उपचारमा खर्च गर्ने भनेर बस्नु हँुदैन । उपचारले व्यक्तिको जीवन सहज बनाउँछ । ओछ्यानमा सुतेर ६ वर्ष बाँच्नुभन्दा हिँडडुल गर्दै एक महिना बाँच्नु राम्रो मानिन्छ । अहिले दुखाइ कम गर्नेदेखि जीवन सहज बनाउने उपचार विधि उपलब्ध छन् ।
रोगका बारेमा चिकित्सकले बिरामी र उनका आफन्तलाई थाहा दिनुपर्छ । यो उनीहरूको सूचनाको अधिकार पनि हो । कुन रोग लागेको छ ? उपचार विधि के प्रयोग गर्दै छौ ? यसमा कति जति खर्च लाग्छ होला ? यी कुराको सही जानकारी दिनुपर्छ । तर यस्ता जानकारी दिँदा बिरामी र उनका आफन्तलाई हतोत्साहित गर्ने किसिमले भने गर्नु हुँदैन । मनोबल बढाउने किसिमले दिन जान्नुपर्छ । हाम्रो देशमा बिरामीका आफन्त सही कुरा बिरामीलाई नभिन्दिए हुन्थ्यो भन्ने ठान्छन् । त्यसैले अधिकांश चिकित्सक बिरामीलाई रोगका विषयमा सही सूचना दिन मान्दैनन् । तर चिकित्सकले बिरामी र उनका आफन्तको मनोबल गिर्न नदिने किसिमले सही सूचना दिनु नै दुवै पक्षको हितमा हुन्छ ।
( डा. कर्ण वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ हुन । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article धूमपान, मद्यपानले  बढायो नसर्ने रोगको जगजगी
Next article कोभिड–१९ विरुद्धको खोप इन्डियन एयरलाइन्सको विमानबाट आज १२ बजे काठमाडौं आइपुग्दै 

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133311
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web