• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 1st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

धूमपान, मद्यपानले  बढायो नसर्ने रोगको जगजगी

January 16th, 2021 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
धूमपान, मद्यपानले  बढायो नसर्ने रोगको जगजगी

पदमराज जोशी,

नसर्ने रोगको संक्रमण कम गर्न जीवनशैली सुधार्नुपर्ने सुझाव विज्ञहरूले दिइरहेका छन् । तर यसको गाम्भीयर्तालाई साँच्चिकै ध्यानमा राखेर सरकारले पहल कदमी चालेको पाइँदैन । केही जिल्लाका स्वास्थ्यकर्मीलाई यससम्बन्धी तालिम दिएर नसर्ने रोगको औषधि प्राथमिक स्वास्थ्य केन्द्रसम्म पु¥याइने आश्वासन दिए पनि यसका विषयमा अहिलेसम्म ठोस पहल कदमी भएको छैन । मुटु रोग, मिर्गौला रोग, क्यान्सर, मधुमेहजस्ता कयौं नसर्ने रोगको प्रमुख कारकहरूमध्ये धूमपान, मद्यपान र जङफुड हो । नियमित व्यायामको अभाव, अव्यवस्थित खानपान र मोटोपन पनि यसको अर्को कारण हो ।  सरकारले धूमपान नियन्त्रणका लागि कानुनी व्यवस्था गरे पनि मद्यपान नियन्त्रणका लागि कुनै योजना छैन । पछिल्ला दिनमा देशका कुनाकुना मदिराको विज्ञापनको होडिङ बोर्ड टांगिएका छन ।

पूर्वको धरानदेखि पश्चिमको दार्चुलासम्म बियर, भोट्का, रक्सी र वाइनका विज्ञापन छ्यापछ्याप्ती छन् । यतिसम्मकि मन्दिरभित्र समेत रुस्लान भोट्काको विज्ञापन राखिएका छन् । यसले नयाँ पुस्तालाई नसर्ने रोगको रोकथाममा भन्दा यसलाई बढावा दिइरहको छ । धूमपान गर्नेको संख्या घटेको देखिए पनि समाजमा अहिले मदिराका अम्मलीको संख्या बढेको छ । पछिल्ला दिनमा मदिरामा महिलाको संख्या बढ्दो छ । सहरमा आयोजना हुने विभिन्न समारोहहरूमा महिलाले पनि वाइन वा बियर पिउनै पर्ने नपिए सभ्य नभइने जस्तो लाग्न लागेको छ । यस किसिमको संस्कारलाई बढावा दिनु कसैका लागि हितकर छैन । सरुवा रोगको तुलनामा नसर्ने रोगको उपचार हजारौं गुना महँगो हुने भएकाले हाम्रोजस्तो आर्थिक अवस्था कमजोर भएको देशले नसर्ने रोगको संक्रमण रोक्न प्रभावकारी कदम ल्याउन ढिलो गर्नु हुँदैनथ्यो । तर ६।६ महिनामा फेरिने मन्त्री र कर्मचारी प्रशासनले यस विषयमा कुरा गर्ने तर ठोस काम गरेर देखाउन नसक्ने भएकाले युवा अवस्थामै सयौं युवायुवती हृदयाघातका कारण ज्यान गुमाइरहेका छन् भने हजारांै क्यान्सरपीडित भएका छन् ।

विज्ञहरूका अनुसार धूमपान, मद्यपान र जङफुडमात्र नियन्त्रण गर्न सक्ने हो भने यी रोगीको संख्या आधाले घट्ने अवस्था छ । क्यान्सर रोगविज्ञ डा.सुदीप श्रेष्ठ भन्छन्, ‘धूमपान र मद्यपान नियन्त्रण गर्न सक्यौं भने मात्रै हामीले आधा बिरामी कम गर्न सक्छौ ।’ नेपालमा बर्सेनि फोक्सोको क्यान्सरका बिरामी बढ्नुको कारण ९० प्रतिशत धूमपानको सेवन भएको फोक्सो क्यान्सर विशेषज्ञ डा. अम्बुज कर्ण बतउँछन् । नेपालमा बर्सेनि तीन हजारभन्दा बढीको मिर्गौला फेल हुने गरेको अनुमान छ । मिर्गौला फेल हुनमा पनि धूमपान, मद्यपान र अव्यवस्थित जीवनशैली जिम्मेवार रहेको चिकित्सकहरू बताउँछन् । अव्यवस्थित खानपान, व्यायामको कमी, धूमपान र मद्यपानको सेवन नै नसर्ने रोगको कारण भए पनि त्यसलाई न सरकारले, न जनताले आत्मसात् नगर्दा केही वर्षभित्रै यो समस्याले भयावह अवस्था सिर्जना गर्ने प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मी बताउँछन् । उनी भन्छन्, ‘हिजोआज पुरुषभन्दा महिला मदिराप्रेमी हुँदै गएका छन् । वाइन र बियरको ग्लास लिनु त फेसन जस्तै भयो । यसले नसर्ने रोगको संक्रमण दर कहाँ पु¥याउला चिन्ताको विषय छ ।’ नसर्ने रोगको औषधि महँगो भएकाले स्वास्थ्यमा बजेट बढाउनुपर्ने टड्कारो आवश्यकता रहेको विज्ञहरू औंल्याउँछन् ।

अहिले कुल बजेटको पाँच प्रतिशतमात्र स्वास्थ्यका लागि विनियोजन गरिएको छ । नसर्ने रोगको रोकथाम र उपचारका लागि सरकारले प्रभावकारी कदम चाल्ने हो भने अहिलेको बजेट दोब्बर बढ्नुपर्ने विज्ञहरू बताउँछन् । सरकारले धूमपान निषेध र नियन्त्रण गर्ने कानून ल्याएको एक दशक हुन लाग्दा समेत त्यसको सही कार्यन्वयन हुन नसक्दा धूमपान र सूर्तिजन्य पदार्थका अम्मलीको संख्या घट्न सकेको छैन । यसले फोक्सोको क्यान्सर जस्ता क्यान्सर जन्य विरामीको संख्या बर्षेनी बढाउदै लगेको छ । सरकारले स्वास्थ्य करकोष मार्फत क्यान्सर रोगीको उपचारका लागि भन्दै विभिन्न क्यान्सर अस्पतालहरुलाई अनुदान दिने गरेको छ । तर धूमपान र सूर्तिजन्य पदार्थ सेवन रोक्नका लागि चेतनामूलक कार्यक्रमलाई व्यापकता दिन सकेको छैन । भइरहेका कार्यक्रम झारा टार्ने र कर्मकाण्डी रहेको यस क्षेत्रका संलग्न अधिकारी बताउछन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article फोक्सोको क्यान्सर बढ्नुको मुख्या कारक धूमपान
Next article सुस्वास्थ्य हस्पिटल छैटौं वर्षमा , १० हजार भन्दा बढीको सफल उपचार 

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

Aug 27th 10:49 AM
समाचार

बाढीले यातायत अवरुद्द भएपछि हुम्ला भन्दा पनि दुर्गम भयो त्रिशुली अस्पताल

Aug 27th 10:14 AM
समाचार

कोटेश्वर क्याम्पसका प्राध्यापक एवं कर्मचारीद्वारा भोटेकोशी बाढी प्रभावितलाई ५१ हजार सहयोग

Aug 26th 12:33 PM
समाचार

उपचारपछि पूर्व बडामहारानी रत्नराज्यलक्ष्मी शाह नर्भिकबाट डिस्चार्ज

Aug 26th 11:36 AM
समाचार

सूर्ती उद्योगको संलग्नतामा हुन लागेको ‘बाह्रखरी कथा प्रतियोगिता’ प्रति एक्सन नेपालको आपत्ति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134291
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web