• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 20th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डाक्टरको फि बढ्यो, कस्को कति ?

February 17th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डाक्टरको फि बढ्यो, कस्को कति ?

हेल्थ टुडे,

काठमाडौं, ५ फागुन :  डाक्टरले बिरामीको स्वास्थ्य परीक्षण गरेबापत लिने फि बढेको छ ।  नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्सटिच्युसन नेपाल (अपिन) को मंगलबार बसेको बैठकले नयाँ परामर्श शुल्क ( फि ) निर्धारण गरेको हो । नयाँ परामर्श शुल्क आजैबाट लागू गरिएको छ । लामो समयदेखि फि नबढेको भन्दै डाक्टरहरुले बढाउनु पर्ने माग गर्दै आइरहेका थिए ।

संघ र अपिनद्वारा जारी संयुक्त विज्ञप्तिमा नेपाल राष्ट्र बैंकको मुद्रास्फीति तथा शुल्क परामर्श समितिले गरेको सिफारिसकै आधारमा चिकित्सकको नयाँ परामर्श शुल्क निर्धारण गरिएको उल्लेख छ ।

गत माघ ४ गते स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन तथा पेसागत संघसंगठनको संयुक्त संघर्ष समितिसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकको परामर्श शुल्क ३० दिनभित्र लागू गर्ने प्रतिबद्धता जनाएका थिए। तर हालसम्म कार्यान्वयन नभएपछि संघ र अपिनको बैठक बसेर नयाँ परामर्श शुल्क निर्णय गरिएको विज्ञप्तिमा स्पष्ट पारिएको छ।

एमबीबीएसरबीडीएस पास गरेर ५ वर्षमुनि सेवा अनुभव भएका चिकित्सकले ३७० र ५ वर्षमाथि अनुभव भएकाले ४५० रुपैयाँ परामर्श शुल्क लिन पाउने भएका छन्। डिप्लोमा गरेका तर ५ वर्षमुनि सेवा अनुभव भएकाले ५१५ रुपैयाँ र ५ वर्षमाथि सेवा अनुभव पुगेकाले ५९० रुपैयाँसम्म लिन पाउने गरी शुल्क निर्धारण गरिएको छ।

यस्तै एमडीरएमएसरएमडीएस पास गरेर ५ वर्षमुनि सेवा अनुभव भएकाको ६६०, ५ वर्षमाथि अनुभव पुगेकाको ७००, डीएमरएमसीएच गरेर ५ वर्षमुनि अनुभव भएका चिकित्सकको ७७० तथा डीएमरएमसीएच गरेर ५ वर्षभन्दा बढी अनुभव नपुगेका चिकित्सक र एमडीरएमएसरएमडीएस गरी १० वर्षभन्दा बढी अनुभव भएका चिकित्सकले समान ८२५ रुपैयाँसम्म लिन पाउने गरी शुल्क निर्धारण गरिएको छ।

नयाँ परामर्श शुल्क कार्यान्वयन गर्न गराउन सम्पूर्ण चिकित्सक, स्वास्थ्य संस्था तथा अस्पतालहरुलाई विज्ञप्तिमा अनुरोध गरिएको छ।यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालको मन्त्रीस्तर २०७१ भदौ ११ को निर्णयअनुसार सोही वर्ष असोज १ देखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क निर्धारण गरिएको थियो। सोही मन्त्रीस्तरको निर्णयले प्रत्येक २ वर्षमा परामर्श शुल्क पुनरावलोकन हुने व्यवस्था पनि गरेको छ।

संयुक्त बैठकले निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमा मासिक रुपमा नियुक्ति लिई सेवा पुर्याउने मेडिकल अफिसरहरुको पारिश्रमिकको हकमा न्यूनतम ४२ हजार रुपैयाँ कायम गर्ने गराउने निर्णय पनि गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बाग्मती प्रदेशले क्यान्सर विरामीलाई थप ५० हजार उपचार खर्च दिने
Next article भारतबाट किनेको १० लाख डोज कोभिड १९ विरुद्धको खोप आइपुग्यो,पालैपालो सबैलाई खोप

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133127
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

39
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

33
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web