• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 17th, 2022
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डाक्टरको फि बढ्यो, कस्को कति ?

February 17th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डाक्टरको फि बढ्यो, कस्को कति ?

हेल्थ टुडे,

काठमाडौं, ५ फागुन :  डाक्टरले बिरामीको स्वास्थ्य परीक्षण गरेबापत लिने फि बढेको छ ।  नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्सटिच्युसन नेपाल (अपिन) को मंगलबार बसेको बैठकले नयाँ परामर्श शुल्क ( फि ) निर्धारण गरेको हो । नयाँ परामर्श शुल्क आजैबाट लागू गरिएको छ । लामो समयदेखि फि नबढेको भन्दै डाक्टरहरुले बढाउनु पर्ने माग गर्दै आइरहेका थिए ।

संघ र अपिनद्वारा जारी संयुक्त विज्ञप्तिमा नेपाल राष्ट्र बैंकको मुद्रास्फीति तथा शुल्क परामर्श समितिले गरेको सिफारिसकै आधारमा चिकित्सकको नयाँ परामर्श शुल्क निर्धारण गरिएको उल्लेख छ ।

गत माघ ४ गते स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन तथा पेसागत संघसंगठनको संयुक्त संघर्ष समितिसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकको परामर्श शुल्क ३० दिनभित्र लागू गर्ने प्रतिबद्धता जनाएका थिए। तर हालसम्म कार्यान्वयन नभएपछि संघ र अपिनको बैठक बसेर नयाँ परामर्श शुल्क निर्णय गरिएको विज्ञप्तिमा स्पष्ट पारिएको छ।

एमबीबीएसरबीडीएस पास गरेर ५ वर्षमुनि सेवा अनुभव भएका चिकित्सकले ३७० र ५ वर्षमाथि अनुभव भएकाले ४५० रुपैयाँ परामर्श शुल्क लिन पाउने भएका छन्। डिप्लोमा गरेका तर ५ वर्षमुनि सेवा अनुभव भएकाले ५१५ रुपैयाँ र ५ वर्षमाथि सेवा अनुभव पुगेकाले ५९० रुपैयाँसम्म लिन पाउने गरी शुल्क निर्धारण गरिएको छ।

यस्तै एमडीरएमएसरएमडीएस पास गरेर ५ वर्षमुनि सेवा अनुभव भएकाको ६६०, ५ वर्षमाथि अनुभव पुगेकाको ७००, डीएमरएमसीएच गरेर ५ वर्षमुनि अनुभव भएका चिकित्सकको ७७० तथा डीएमरएमसीएच गरेर ५ वर्षभन्दा बढी अनुभव नपुगेका चिकित्सक र एमडीरएमएसरएमडीएस गरी १० वर्षभन्दा बढी अनुभव भएका चिकित्सकले समान ८२५ रुपैयाँसम्म लिन पाउने गरी शुल्क निर्धारण गरिएको छ।

नयाँ परामर्श शुल्क कार्यान्वयन गर्न गराउन सम्पूर्ण चिकित्सक, स्वास्थ्य संस्था तथा अस्पतालहरुलाई विज्ञप्तिमा अनुरोध गरिएको छ।यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालको मन्त्रीस्तर २०७१ भदौ ११ को निर्णयअनुसार सोही वर्ष असोज १ देखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क निर्धारण गरिएको थियो। सोही मन्त्रीस्तरको निर्णयले प्रत्येक २ वर्षमा परामर्श शुल्क पुनरावलोकन हुने व्यवस्था पनि गरेको छ।

संयुक्त बैठकले निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमा मासिक रुपमा नियुक्ति लिई सेवा पुर्याउने मेडिकल अफिसरहरुको पारिश्रमिकको हकमा न्यूनतम ४२ हजार रुपैयाँ कायम गर्ने गराउने निर्णय पनि गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बाग्मती प्रदेशले क्यान्सर विरामीलाई थप ५० हजार उपचार खर्च दिने
Next article भारतबाट किनेको १० लाख डोज कोभिड १९ विरुद्धको खोप आइपुग्यो,पालैपालो सबैलाई खोप

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Aug 14th 4:20 PM
अन्तर्वार्ता

उपत्यका बाहिरका सरकारी अस्पतालमा गति लिदै मिर्गौला प्रत्यारोपण, पोखरामा एकै दिन २ जनाको प्रत्यारोपण

Aug 14th 3:26 PM
समाचार

डा. पदम खड्का भए निजी अस्पताल सञ्चालकहरुको संस्था अफिनको नयाँ अध्यक्ष

Aug 8th 4:28 PM
समाचार

उपत्यकामामा ४२ जनामा हैजा, तरकारी तथा सलाद सफा पानीले धोइपखाली खान चिकित्सकको सुझाव

Aug 8th 7:48 AM
समाचार

अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : मृतकको परिवारलाई १० लाख

Aug 7th 4:02 PM
समाचार

अवकाश उमेर ६३ बनाउने निर्णयको गंगालालका कर्मचारीको विरोध

Aug 6th 12:52 PM
समाचार

४६ जना कोरोना संक्रमितको उपचार आइसीयुमा, थपिए ६६०

Aug 6th 11:47 AM
समाचार

शहिद गंगालाल हृदयरोग केन्द्रका कर्मचारीको अवकाश उमेर हद ६३ वर्ष

Aug 1st 9:53 AM
बिशेषज्ञ लेख

स्वस्थ तथा फिट रहनका दीर्घकालीन सोच

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1669
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

7
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

12
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web