• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

२१ प्रतिसत सरकारी कार्यालयमा मात्र ‘धूम्रपान निषेध’ साइन बोर्ड 

April 20th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
२१ प्रतिसत सरकारी कार्यालयमा मात्र ‘धूम्रपान निषेध’ साइन बोर्ड 

पदमराज जोशी,

भरतपुर, ७ बैसाख  : सरकारी कार्यालयमा सूर्तिजन्य पदार्थको सेवन निषेध गर्नकालागि ‘धूम्रपान निषेध’ लेखिएका साइन बोर्ड सबैले देख्ने ठाउँमा राख्ने जिम्मेवारी हरेक कार्यालयको भए पनि चितवनको भरतपुर महानगरपालिका भित्रका २१ प्रतिसत सरकारी कार्यालयले मात्र ‘धूम्रपान निषेध’ लेखिएका साइन बोर्ड राखेका छन् । भरतपुर महानगरपालिका र द युनियनको सहकार्यमा एक्सन नेपालले भरतपुुर महानगरपालिकमा धूम्रपान निषेध कानून पालनाको अवस्थाका बिषयमा गरेको अध्ययनले २०.८३ प्रतिसत सरकारी कार्यालयले मात्र  कार्यालय परिसरभित्र ‘धूम्रपान निषेध’ लेखिएका साइन वोर्ड राखेको देखाएको हो । एक्सन नेपालले गत अगस्तमा २४ वटा सरकारी कार्यालय लगायत सूर्तिजन्य पदार्थ प्रयोग हुने महानगरका विभिन्न ५ सय ६५ स्थानको स्थलगत भ्रमण गरेर तथ्यांक संकलन गरेर अध्ययन गरेको थियो ।

द युनियनको निर्देशिका अनुसार सेम्पल साइज लिएर गरिएको उक्त अध्ययनले स्वास्थ्य संस्था, शिक्षण संस्था, रेष्टुरेण्ट, बार, बसपार्क, सिनेमा हल, धार्मिक स्थल, उद्योगधन्दा, निजी कार्यालय र सरकारी कार्यालय गरि १८ वटा स्थान समेटेको थियो । अध्ययनले भरतपुरका ६३ प्रतिसत स्वास्थ्य संस्थाहरुमा ‘धूम्रपान निषेध’ लेखिएका साइन बोर्ड राखिएको देखाएको छ । अध्ययनमा संलग्न एक्सन नेपालका अनुसन्धान तथा मूल्यांकन प्रमुख मोहितसिंह ठगुन्नाका अनुसार दोहोरी साझ, बार, सपिङ मल र धार्मिक स्थलहरुमा कतै पनि ‘धूम्रपान निषेध’ लेखिएका साइन बोर्ड राखिएको छैन । सबैभन्दा बढी सूर्तिजन्य पदार्थ सेवन हुने स्थलहरुमध्ये बस बिसौनी पनि पर्ने भए पनि जम्मा १० प्रतिसत बस बिसौनीमा मात्र ‘धूम्रपान निषेध’ लेखिएका साइन बोर्ड राखिएको पाइएको छ । ३१ प्रतिसत होटेलहरुमा र २१ प्रतिसत रेष्टुरेन्टहरुमा साइन बोर्ड राखिएको भए पनि जम्मा २.४६ निजी  कार्यालयहरुले मात्र ‘धूम्रपान निषेध’ बोर्ड राखेका छन् ।

एक्सन नेपालले आफुले गरेको अध्ययन सोमबार भरतपुर महानगरपालिकामा आयोजना गरिएको कार्यक्रममा सार्वजनिक गरेको हो । कार्यक्रममा भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले सरकारी कार्यालयहरुले मात्र नभएर सबै सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थ निषेध गर्न महानगरपालिका अगाडि बढेको दाबी गर्दै महानगर भित्रका सबै सरकारी कार्यालयलाई ‘धूमपान निषेध’ वोर्ड राख्नका लागि जिल्ला प्रशासन कार्यालयको सहयोगमा पत्राचार गरेर अनुगमन गरिने बताइन । भरतपुर महानगरलाई सूर्तिजन्य पदार्थ मुक्त नगरमा रुपमा विकास गर्न आफूहरु लागिपरेको बताउदै मेयर दाहालले त्यसका लागि नसर्ने रोगहरुको प्रमुख कारण सूर्तिजन्य पदार्थको सेवन हो भन्ने जनचेतना बिस्तार गरेर सबै पक्षसंग सहकार्य गर्न चाहेकोमा जोड दिइन । उनले भनिन, ‘कोरोना भाइरसको संक्रमणका कारण सूर्तिजन्य पदार्थ विरुद्घको अभियान केही सिथिल भएको भएपनि भविश्यमा त्यसलाई प्राथमिकतामा राखेर अगाढि बढाउने छौ ।  यो अभियान सेलाउने छैन । ’ सूर्तिजन्य पदार्थ सेवन रहित नगरका रुपमा आफूलाई उभ्याउन भरतपुर महानगरले अझै जनचेतना बिस्तार देखि सरकारी कार्यालयहरुलाई जिम्मवार बनाउनेसम्मका थुप्रै काम गर्न बाकी रहेको एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले बताए । चन्दले भने, ‘सूर्तिजन्य पदार्थ मुक्त सहर बनाउने अभियानमा महानगरलाई हाम्रो सधै साथ र सहयोग रहने छ ।’

अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै एक्सन नेपालका अनुसन्धान तथा मूल्यांकन प्रमुख मोहितसिंह ठगुन्नाले अध्ययनले ‘धूमपान निषेध’ लेखिएका साइन बोर्डको अवस्था मात्र नभएर धूम्रपान गर्ने अलग्गै स्थानको व्यवस्था, स्टेको व्यवस्था, चुरोटका ठुटाको व्यवस्थापन अवस्था, कार्यस्थलमा सूर्तिजन्य पदार्थको गन्ध र सूर्तिजन्य पदार्थ सेवनको अवस्था गरि ६ वटा बिषयबस्तु समेटेको जानकारी दिए । ‘धूमपान निषेध’ लेखिएका साइन बोर्ड नराखिएको स्थानमा भन्दा बोर्ड राखिएका स्थानमा सूर्तिजन्य पदार्थको सेवन गर्नेको संख्या न्यून रहेको पाइएको ठगुन्नाले बताए । ठगुन्नाका अनुसार ४९  प्रतिसत होटेल र २० प्रतिसत रेष्टुरेण्टहरुले मात्र धूम्रपान गर्ने छुट्टै कक्षको व्यवस्था गरेको र ६० प्रतिसत दोहोरी साझमा चुरोटको गन्ध आएको पाइएको छ । स्कुलहरुमा चुरोटका ठुटा फेला नपरेको भए पनि ८ प्रतिसत सरकारी कार्यालय परिसरमा चुरोटका ठुटा फेला परेको अध्ययनले देखाएको छ ।

कार्यक्रममा चितवनका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले सूर्तिजन्य पदार्थ नियन्त्रण ऐन कार्यन्वयनका लागि कानूनी कारावाहीमात्र प्रयाप्त नभएकाले नैतिक कारावाहीलाई पनि अगाडि बढाइने बताए । अध्ययनले ८० प्रतिसत सरकारी कार्यालयहरुले ‘धूम्रपान निषेध’ लेखिएका साइन बोर्ड नराखिएको देखाएकोले सबैले साइन बोर्ड राख्न निर्देशन दिइने र त्यसलाई कार्यन्वयनमा लैजाने उनले बताए । शाहीले भने, ‘ पहिले जानकारी दिनु पर्यो । त्यसपछि पनि मानेन भने कानूनी कारवाही गर्छौ । ’ भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडाले सूर्तिजन्य पदार्थ सेवन रहित महानगर बनाउन सबैको सहयोग आवश्यक रहेको बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पूर्वराजा ज्ञानेन्द्र र उनकी पत्नी कोमललाई कोरोना संक्रमण
Next article अब ७५ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134420
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web