• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सूर्य नेपालको ५ करोड सहयोग लिनबाट यसकारण पछि हटे डा. कोइराला 

April 25th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सूर्य नेपालको ५ करोड सहयोग लिनबाट यसकारण पछि हटे डा. कोइराला 

पदमराज जोशी,

काठमाडौं, ११ बैसाख : नेपाल मेडिकल काउन्सिलका अध्यक्ष समेत रहेका वरिष्ठ मुटुरोग विज्ञ प्रा. डा. भगवान कोइरालाले आफ्नो नेतृत्वमा खोल्न लागेको निजी बाल अस्पतालका लागि कानून बिपरित सूर्ति उद्योगसँग ५ करोड रुपैया सहयोग लिन लागेको खबर शुक्रबार बाहिरिए पछि त्यसको व्यापक विरोध भयो । डा. कोइरालालाई नजिकबाट चिन्ने र उनको बिगतको छविलाई नियाल्नेहरु अचम्म पनि परे । धेरैले प्रश्न पनि गरे, ‘पैसाका लागि डा. कोइरालाले कानून बिपरित सूर्ति उद्योगसँग सम्झौता गर्लान र ?’ केहीले उत्तर दिए, उहाँले यसो गर्नु हुदैन । यस बिषयमा स्वास्थ्य पत्रकारहरुले डा. कोइराला सामु कानूनी पक्षसँग नैतिक प्रश्नपनि तेर्स्याएपछि उनी आफ्नो निर्णयमा पछि हट्न बाध्य भए ।       कुरा के हो भने, सरकारले सूर्तिजन्य पदार्थको सेवन न्युनिकरण गर्न सूर्तिजन्य पदार्थ नियन्त्रण तथा निगमन गर्न ऐन, नियमावली र निर्देशिका बनाएर लागु गरेको पनि एक दशक पुग्न लागिसकेको छ । ऐन अनुसार कुनै पनि सूर्ति उद्योगबाट सार्वजनिक ओहदामा बसेको व्यक्तिले वा शिक्षा, स्वास्थ्य, धर्मसँग सम्बन्धित संस्थाहरुले कुनै पनि प्रकारको चन्दा वा सहयोग लिन पाउदैन ।

तर नेपालमा सबैभन्दा बढी चुरोट उत्पादन गर्ने सूर्य नेपालले डा. कोइरालालाई प्रभावमा परेर उनले बनाउन लागेको बाल अस्पताललाई सहयोग गर्ने भन्दै ५ करोड दिने कुरा चलाए । अस्पताल बनाउन पैसाको जोहो गरिरहेका डा. कोइराला पनि सूर्य नेपालको प्रभावमा परेर लिन्छु भनिहाले । सूर्ति उद्योगले समाजिक उत्तरदायित्व बाफतको यो रकम डा. कोइराला जस्तो चर्चित सेलिब्रेटी डाक्टरलाई दिन पाए आफ्नो प्रभाव जमाउन पाइने आकलन गरेको थियो । त्यसै अनुसार शुक्रबार साझ राजधानीको एक होटेलमा सूर्य नेपाल र डा. काइरालाबिच सहयोग लेनदेनका पक्षमा हस्ताक्षर हुने तालिका थियो । तर शुक्रबार नै यो कुरा मिडियाहरुमा व्यापक आएपछि डा. कोइरालामाथि प्रश्न उठेपछि आफ्नो छवि जोगाउनका लागि उनी एक कमद पछाडि हटे र सो सहयोग रकम नलिने निर्णयमा पुगे । सुरुमा उनले चुरोटबाट उठेको कर सरकारले त लिन्छ र क्यान्सरका अस्पताललाई अनुदान दिन्छ भने आफुले पनि बाल अस्पताल लिन किन नपाउने भन्ने तर्क गर्दै थिए । तर त्यो तर्कले काम गरेन् । अन्तमा उनी तय गरिएको कार्यक्रममा गए पनि उक्त सहयोग नलिने बताएर फर्किए । अहिले डा. कोइराला त्रिवि शिक्षण अस्पतालको मुटुरोग विज्ञका रुपमा मात्र कार्यरत हुनुहुन्छ । देशकै चिकित्सा शिक्षा र पेसालाई नैतिकवान बनाउने संस्था नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पनि हुनुहुन्छ । यो पद सार्वजनिक जवाफदेही पद हो ।

आफु पदमा आसिन भएको बेला प्रत्यक्ष मात्र नभएर अप्रत्यक्ष रुपमा दवाव दिएर वा प्रभावमा पारेर व्यक्तिगत लगानीमा बन्न लागेको निजी अस्पतालका लागि चन्दा माग्ने हो भने डा. कोइराला मेडिकल काउन्सिलको अध्यक्ष हुनु र अरु हुनुमा फरक नै के भो र ? डा. भगवानका बिषयमा शुक्रबार धेरैले यही प्रश्न गरे । एक जना चिकित्सकले प्रश्न गरे, ‘मेडिकल काउन्सिलको अध्यक्ष हुदा निजी अस्पताल बनाउन कानून विपरित सूर्ति उद्योगबाट चन्दा उठाउनेले भोली आफूले निगमन गर्नु पर्ने मेडिकल कलेजहरुबाट चन्दा नउठाउनलान भन्ने आधार के छ ? ’ चिकित्सा पेसामा लागेर अर्थोपार्जन भन्दा सेवालाई महत्व दिएर चर्चित भएका मुटु सल्यचिकित्सक हुन, डा. भगवान कोइराला । जिवनको उत्तरार्धमा किन हो किन उनमा पनि पैसा कमाउने लालच बढेको कोइरालालाई नजिकबाट चिन्ने चिकित्सकहरु सुनाउछन । बिगत दुई वर्ष यता उनी देशकै उत्कृष्ण बाल अस्पताल खोल्ने भन्दै विभिन्न दाता र सरकारसँग आर्थिक सहयोग मागिरहेका छन् । पछिल्लो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीसँग डा. कोइरालाले सहयोगका लागि आग्रह गरेका थिए । तर त्रिपाठीले उनलाई नीजि क्षेत्रको बाल अस्पताल बनाउनका लागि अनुदान दिन नसक्ने संकेत गरेका थिए ।

त्रिपाठीले सरकारी कान्ति बाल अस्पतालललाई कसरी सुधार्ने भन्नेमा आफ्नो ध्यान रहेको बताए पछि उनी व्यापारीबाट सहयोग माग्न थालेका थिए । आफ्नो जिवनमा दशकौं प्राइभेट प्राक्सिट नगरेर नाम कमाएका त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. कोइरालाले पछिल्ला वर्ष ग्राण्डी हस्पिटल र ह्याम्स हस्पिटललमा प्राइभेट प्राक्टिस गरेको धेरैले मन पराएका छैनन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कानून विपरित सूर्ति उद्योगबाट ५ करोड सहयोग लिदै डा. कोइराला
Next article पूर्वराजा ज्ञानेन्द्र शाहको कोरोना रिपोर्ट नेगेटिभ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132584
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web