• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 30th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कोरोना संक्रमणमुक्त हुनेको संख्या बढ्दै, आज ६ हजार १३५ जना संक्रमणमुक्त

May 14th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोरोना संक्रमणमुक्त हुनेको संख्या बढ्दै, आज ६ हजार १३५ जना संक्रमणमुक्त

हेल्थ टुडे,

काठमाडौं, ३१ बैसाख : पछिल्ला तिन दिनमा कोरोना संक्रमणमुक्त हुनेको संख्या बढ्दै गइरहेको छ । बिगत २४ घण्टामा ६ हजार १३५ जना संक्रमणमुक्त भएका छन । त्यसैगरि बिहीबार ५ हजारद ५५ जना संक्रमण मुक्त भएका थिए भने बुधबार ४ हजार ४४४ जना कोरोना संक्रमण मुक्त भएका थिए । पछिल्ला केही दिनयता संक्रमणमुक्त हुनेको संख्या बिस्तारै बढ्दै जानु सकारात्मक भएको जनस्वास्थ्यविज्ञहरु बताउछन ।       स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबारको तुलनामा संक्रमतिको संख्या पनि शुक्रबार  घटेको छ । बिहीबार ८ हजार ९६० जनामा संक्रमण पुष्टिभएको थियो भने शुक्रबार ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबार पछिल्लो २४ घण्टामा २० हजार ९९८ पीसीआर र ५३० एन्टिजेन परीक्षण गरि २१ हजार ५२८ परिक्षण गरिएको थियो । बुधबार संक्रमित हुनेको संख्या ९ हजार ३०५ थियो । जनस्वास्थ्यविज्ञ डा. बाबुराम मरासिनीका अनुसार  संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएपछि  अस्पतालमा बेड नपाउने वा अक्सिजनको अभाव पनि बिस्तारै कम हुने बताए ।

संक्रमणमुक्त हुनेको संख्या बढ्न थालेपनि मृत्यु हुनेको संख्या भने तुलनात्मक रुपमा घट्न नसक्नु चिन्ताको बिषय भएको उनको भनाई छ । शुक्रबार कोरोना भाइरस संक्रमणबाट एकैदिनमा २०३ जनाको मृत्यु भएको छ ।  पछिल्लो २४ घण्टामा २०३ जनाको मृत्यु भएको वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या तीन लाख २७ हजार ६५३ पुगेको छ ।

यससँगै नेपालमा कोरोना भाइर संक्रमितको संख्या चार लाख ३९ हजार ६५८ पुगेको छ । तीमध्ये सक्रिय संक्रमितको संख्या एक लाख ७ हजार ३३६ पुगेको छ । सक्रिय संक्रमितमध्ये ९८ हजार ८६९ जना होम आइसोलेसनमा र आठ हजार ४६७ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै एक हजार ३३४ जना आईसीयूमा र ३७१ जना भेन्टिलेटरमा छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कोरोना संक्रमितको उपचारमा नेपाललाई आपतकालीन सहयोग गर्न विश्व स्वास्थ्य संगठनको आग्रह
Next article महिला आयोगले भन्यो, क्‍वारेन्टाइन तथा आइसोलेसन महिलामैत्री बनाउ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

Aug 27th 10:49 AM
समाचार

बाढीले यातायत अवरुद्द भएपछि हुम्ला भन्दा पनि दुर्गम भयो त्रिशुली अस्पताल

Aug 27th 10:14 AM
समाचार

कोटेश्वर क्याम्पसका प्राध्यापक एवं कर्मचारीद्वारा भोटेकोशी बाढी प्रभावितलाई ५१ हजार सहयोग

Aug 26th 12:33 PM
समाचार

उपचारपछि पूर्व बडामहारानी रत्नराज्यलक्ष्मी शाह नर्भिकबाट डिस्चार्ज

Aug 26th 11:36 AM
समाचार

सूर्ती उद्योगको संलग्नतामा हुन लागेको ‘बाह्रखरी कथा प्रतियोगिता’ प्रति एक्सन नेपालको आपत्ति

Aug 25th 11:56 AM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८ औं कलेजो प्रत्यारोपण सफल

Aug 25th 11:42 AM
समाचार

पाँच महिना बित्दा पनि सकिएन स्वास्थ्यमा सरुवा : नीति योजनामा डा. विवेक र क्षयरोगमा डा. गुणनीधि

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134282
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

13
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web