• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मिर्गौला, कलेजो प्रत्यारोपणसँगै मुटु उपचारमा फड्को मार्दै धर्मभक्त प्रत्यारोपण केन्द्र

March 19th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मिर्गौला, कलेजो प्रत्यारोपणसँगै मुटु उपचारमा फड्को मार्दै धर्मभक्त प्रत्यारोपण केन्द्र

हेल्थ टुडे,
काठमाडौँ, ६ चैत : मिर्गौला र कलेजो प्रत्यारोपणमा आफुलाई अब्बल सावित गरेको भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र मुटु रोगको उपचारमा पनि फड्को मार्न थालेको छ । केन्द्रले मुटु रोगको विशेषज्ञ सेवा पनि नियमित सञ्चालन गरेर आफुलाई मुटु रोगको उपचारको केन्द्रका रुपमा पनि आफुलाई अगाडि बढाई रहेको छ । अंग प्रत्यारोपण विज्ञ समेत रहेका केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार विगत ४ वर्ष देखि त्यहाँ मुटुरोग सम्बन्धि विशेषज्ञ चिकित्सकीय सेवा नियमित रुपमा सञ्चालनमा छ । मुटुरोग उपचार अन्तर्गत प्रत्येक महिना ७०० जना भन्दा बढीले मुटुरोग सम्बन्धी ओ पि डि विशेषज्ञ सेवा, ३५० जना भन्दा बढीले इ सि जि सेवा तथा २५० जना भन्दा बढीले इकोकार्डियोग्राफी सेवा लिने गरेका छन् । केन्द्रले मुटुरोगको उपचारका लागि आवश्यक उपकरण र दक्ष चिकित्सकको व्यवस्था गरेको समेत निर्देशक डा. श्रेष्ठले बताए ।
केन्द्रका मुटुरोग विशेषज्ञ डा. प्रवेश न्यौपानेले हरेक हप्ताको आइतवार, मंगलवार र बिहिबार क्याथल्याब सम्बन्धि एन्जीओग्राफी, एन्जीओप्लास्टी, पेशमेकर लगायतका सेवा उपलब्ध हुने गरेको र इर्मेजेन्सी एन्जीयोप्लास्टी सेवा भने कार्यालय समय भित्र हुने गरेको बताए ।
क्याथ ल्याबको सहायताले मुटुको नसा बन्दा भए नभएको थाहा पाउने “एन्जीयोग्राफी” का साथै हृदयघात भएका वा मुटुको नशा साँघुरो भएका विरामीको नशा खुलाउन “एन्जीयोप्लास्टी” गरिन्छ ।
अर्का मुुटुरोग विशेषज्ञ डा. किसनकुमार कुशवाहले केन्द्रमा हालसम्म ५०३ जनाको क्याथ ल्याब पद्दतीबाट उपचार भएको छ बताए । उनले केन्द्रबाट हालसम्म १३ हजार ३२ जनाले इको र १६ हजार ९९९ जनाले इसीजी सेवा लिईसकेको जानकारी दिए ।
डा. कुशवाहले प्रत्येक सोमबार, बुधवार र शुक्रवार मुटु रोग सम्बन्धि बहिरंग सेवा हुने गरेको र अन्य दिनमा मुटुरोग सम्बन्धी पद्दतीहरुको सेवा दिने गरेको जानकारी दिए । उनले गत महिना अर्थात फागुनमा मात्रै ६३९ जनाले मुटु उपचार अन्तरगर्त ओ पि डि सेवा लिएको, यस्तै ३४६ इसीजी र २८७ इको भएको बताए ।
केन्द्रमा मुटु रोग लागेका विपन्न नागरिकले उपचार गराउँदा राज्यले उपलब्ध गराउने एक लाख रुपैयाँ बराबरको सेवा सुविधा उपलब्ध हुनुका साथै जेष्ठ नागरिकको मुटुको एन्जीयोप्लास्टी उपचार शुल्क निःशुल्क हुने गरेको छ ।
निर्देशक डा. श्रेष्ठले मिर्गौला, कलेजो संगै मुटु उपचारका लागि समेत केन्द्रले योजनावद्ध रुपमा क्षमता विस्तार गर्दै गइरहेको भन्दै अस्पतालको स्थान र भौतिक पूर्वाधार भने साँघुरो भएको बताए । ‘अहिलेसम्म केन्द्रको आफ्नै जमिन छैन, भवन छैन त्यसबा बाबजुत हामीले सबैभन्दा बढी मिर्गौला र कलेजो प्रत्यारोपण गरेका छौँ । यसको आफ्नै जग्गा र कम्तिमा ५०० बेड क्षमताको आफ्नै भवन हुने हो भने थप सेवाका लागि सहज हुने थियो,’ उनले भने ।
केन्द्रले १२ बर्षमा १२ सय जनाको मिर्गौला प्रत्यारोपण र २२ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ । नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण यही केन्द्रमा भएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ‘ निक साइमन्स अवार्ड ’ नुवाकोटकी सिनियर अनमी कञ्चनमाला श्रेष्ठलाई
Next article अंगदान गर्न स्वास्थ्य मन्त्री यादवको आग्रह

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134429
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web