• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 25th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्यमा विनियोजन गरिएको ८६ अर्ब २४ करोड बजेट के केमा हुनेछ खर्च?

May 28th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्यमा  विनियोजन गरिएको ८६ अर्ब २४ करोड बजेट के केमा हुनेछ खर्च?

हेल्थ टुडे,
काठमाडौँ, १५ जेठ : सरकारले आगामी आर्थिक वर्ष २०८१/ ०८२ को बजेटमा स्वास्थ्यका लागि ८६ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदमा प्रस्तुत गरेको बजेटमा धेरै जसो पुरानै स्वास्थ्यका कार्यक्रमलाई निरन्तरता दिएका छन भने केही नयाँ थप गरेका छन् । आउदो आर्थिक वर्षमा पनि आशा गरे स्वास्थ्यमा बजेट विनियोजन गरिएको छैन । स्वास्थ्यका अधिकारीले स्वास्थ्यमा कम्तिमा पनि १० प्रतिसत बजेट विनियोजन हुनु पर्ने माग गर्दै आएका छन् । यो वर्ष स्वास्थ्यमा करिव साडे ४ प्रतिसत बजेट मात्र विनियोजन गरिएको छ ।
बजेटले औषधिको प्रयोगजनका लागि गाँजाको व्यवसायिक उत्पादनका लागि कानूनी व्यवस्था मिलाउने व्यवस्था गरेको छ ।
त्यसैगरि चिकित्सिा शिक्षाका लागि चक्रिय कोष स्थापना गरी सहुलियत कर्जा उपलव्ध गराईने व्यवस्था बजेटले गरेको छ । धनगढीमा सहीद दशरथ चन्द विश्वविद्यालय सञ्चालनमा ल्याइने र वीर अस्पतालमा जलनको सघन उपचार कक्ष विस्तार गरिने व्यवस्था पनि बजेटले गरेको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजो प्रत्यारोपण गरिने,
सिंहदरबार बैद्यखानाको पुर्नसंरचना गरिन र हरेक वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन गरिने बजेटमा उल्लेख छ ।
निर्माण सम्पन्न भएका ५, १० र १५ बेडका अस्पतालहरुको विधि तय गरि सञ्चालन गरिने र आधारभूत स्वास्थ्य सेवा केन्द्र आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधिहरु खोप तथा प्रजनन स्वास्थ्य सामग्री निशुल्क गरिने व्यवस्था बजेटमा छ ।
परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा नवजात शिशुको जन्मजात हुने विकलांग अवसथ वा असाधारण अवस्थाको पहिचान गर्न भ्रुण तथा नवजात शिशु परीक्षण केन्द्र सेवा सञ्चालन गरिने र
अटिजम बौद्यिक तथा शारीरिक अपांगता भएका बालबालिकाको विकास अवस्था र वाल मानसिक अवस्थाको पहिचान निदान उपचार र पुर्नस्थापनाका लागि सम्लग्न हुने जनशक्तिको क्षमता अभिबृद्धि गरिने बजेटमा उल्लेख छ । वीर अस्पतालमा जलनको सघन उपचारका लागि आधुनिक कक्ष विस्तार गरिने, कीर्तिपुरको वर्न अस्पतालको पूर्वाधार विकास गरिने र भेरी अस्पताललाई सिकल सेल एनिमिया उपचारका लागि विकास गरिने बजेटमा व्यवस्था उल्लेख छ ।
यसका साथै कर्णाली पोखरा पाटन राप्ती र विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कोशी नारायणी, भरतपुर, भेरी डडेल्धुरा र गजेन्द्र नारायण सिंह अस्पतालको क्षमता विस्तार गरी ५०० सैयामा स्तारोन्नती गरिनेछ ।
पुर्व स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले योजना बनाएको तीन सय सैया वा त्यो भन्दा बढी क्षमताका संघीय अस्पतालहरुमा एमबीबीएस र १०० सैयाका सरकारी अस्पतालमा नर्सिङ कार्यक्रम क्रमश सञ्चालन गर्दै लगिने व्यवस्था बजेटमा छ ।
आगामी आर्थिक वर्षमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने योजना बजेटले उल्लेृख गरेको छ ।
यसका साथै काठमाडौँ विश्वविद्यालयमा सिता दाहाल मेमोरियल न्याचुरोपेथी एण्ड यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरिएको अथृ मन्त्र िपुनले बजेट व्यक्तव्यमा उल्लेख गरेका छन् । समग्रमा स्वास्थ्यमा पुरानै कार्यक्रममा निरन्तरता दिइएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article वरिष्ठ स्वास्थ्य पत्रकार अतुल मिश्रलाई स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार
Next article नेपालमा कोभिड–१९ को नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 22nd 2:22 PM
समाचार

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश डंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134261
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

108
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

12
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

110
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web