• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

आईओएमको डीन नियुक्ती सम्बन्धी प्रकाशित समाचारप्रति डा.दीव्याको खण्डन

October 25th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आईओएमको डीन नियुक्ती सम्बन्धी प्रकाशित समाचारप्रति डा.दीव्याको खण्डन


हेल्थ टुडे,

काठमाडौं, ९ कात्तिक : आईओएमको डीन नियुक्ती सम्बन्धी प्रकाशित समाचारको आईओएमकी डीन डा. दिव्या सिंहले खण्डन गरेकी छन् । हेल्थटुडे नेपाल डटकमले गत साउन २० गते ‘आईओएममा माखो नमारेकी डा. दीव्यालाई फेरि डीन बनाउन डा. सायमीलाई सर्च कमिटिमा ल्याइँदै ’शीर्षकमा प्रकाशित समाचार प्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै उक्त समाचारको खण्डन गरेकी छन् । डा. दीव्याले बुदागत रुपमा हेल्थ टुडे नेपाल डटकमलाई खण्डन पठाउदै आफ्नो भनाईलाई प्रकाशित गरिदिन अनुरोध गरे अनुसार उनको भनाईलाई जस्ताको त्यस्तै प्रकाशित गरेका छौ ।

१. प्रकाशित सामग्रीमा ‘ बिगत चार वर्षमा आईओएमको शैक्षिक र प्रशासनिक क्षेत्रमा कुनै सुधारका काम अगाडि बढाउन नसकेको ’ भनि उल्लेख भएको रहेछ । यर्थातमा चिकित्सा शास्त्र अध्ययन संस्थानमा शैक्षिक क्यालेन्डर बनाई विगत ३ वर्षदेखि पूर्ण रुपमा लागु गरि समयमा नै परीक्षाफल प्रकाशित भइरहेको छ । विद्यार्थी, शिक्षक तथा विरामीहरुको हितलाई ध्यानमा राखी आईओएम, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरमा सुव्यवस्थित गरि छात्रावास, पार्किङ, ढल निकास बनाउन गुरुयोजना बनाई प्रथम चरणको कार्यको थालनी गरिएको छ । सुरेश वाग्ले क्यान्सर सेन्टर जस्ता वर्षौदेखि अलपत्र रहेका परियोजनाहरुलाई पूर्णता दिई कार्यन्वयनमा ल्याइएको छ । जनस्वास्थ्य केन्द्रीय विभागका लागि छुट्टै भवन तथा छात्रावासको व्यवस्था गरिएको छ । साथै उपत्यका बाहिरका आंगिंक क्याम्पसको स्तरोन्नती तथा जीर्ण संरचनाहरुको मर्मत तथा नयाँ संरचना निर्माणका लागि सहयोग गरेको र सम्बन्धन प्राप्त कलेजहरुको पठनपाठन सुदृढ गर्न मापदण्डका आधारमा शिक्षक प्रमाणिकरण गर्न सुरुवात गरिएको छ । नेपालमा क्यान्सर लगायतको परीक्षण गर्न तथा अनुसन्धानलाई विकास गर्न सुरेश वाग्ले क्यान्सर सेन्टरमा ल्याव स्थापनाका लागि विश्वविद्यालय अनुदान आयोगबाट अनुदानको काम अगाडि बढाइएको छ । नेपालमा नै सम्पूर्ण विधामा विशेषज्ञ उत्पादन गर्ने हेतुले सुपुर स्पासियालिटी एण्ड डाइग्नोस्टिक सेन्टर स्थापनाका लागि बल्खुमा त्रिवि तथा नेपाल सरकारबाट करिव २७० रोपनी जग्गा प्राप्त गरिएको र सो परियोजना कार्यन्वयनका लागि विशेष पहल गरिरहेको छ ।

२.सामग्रीमा ‘कर्मचारीलाई तर्साउन थालेको’ भनि उल्लेख भएको रहेछ । यथार्तमा कर्मचारीसंग कार्यालयको काममा कुनै दवाव सिर्जना गरिएको छैन र तर्साउने कार्य भएको छैन । कर्मचारीहरुसँग सौहार्दपूर्ण सम्बन्ध कायम गरी कार्यहरु सम्पन्न गरिदै आएको छ ।

३. सामग्रीमा ‘प्राइभेट प्रेक्टिस गर्न नछाडेको र निजी अस्पताल ग्राण्डीको विभागिय प्रमुख भई गर्न नुहने काम गरेको ’ भनी उल्लेख भएको रहेछ । यथार्तमा निजी अस्पताल ग्राण्डीको विभागीय प्रमुख नरहेको तथा हाल सो अस्पतालमा पूर्ण रुपमा कार्य गर्न बन्द गरेको छु ।

४. सामग्रीमा ‘ विद्यार्थीहरु तथा प्राध्यापकहरुका समस्यातिर चासो नै नदिएको, कसैको कुरा नसुन्ने ’ भनी उल्लेख भएको रहेछ । यथार्तमा विद्यार्थी युनियन तथा प्रतिनिधिहरुसँग बारम्बार छलफल गर्ने गरेको । विद्यार्थी, प्राध्यापक र कर्मचारीसँग छलफल गरेर कार्य गर्ने गरेको ।

५. सामग्रीमा ‘ डीनको कर्तव्य के हो त भन्ने राम्रोसँग थाहा छैन ’ भन्ने उल्लेख भएको रहेछ । अध्ययन संस्थानको डीनको काम, कर्तव्य र अधिकार आफुलाई बोध भएको र सो भन्दा बाहिर भएर कार्य नगरेको ।

६. सामग्रीमा ‘आधा समय त भवनका टेण्डरकै हिसाव किताव र कमिसनकै विषयमा बित्छ ’ भनी उल्लेख भएको रहेछ । थर्यातमा छात्रावास निर्माणको बिषय संवेदनशील भएकोले सहायक डीन, क्याम्पस प्रमुख, प्रशासन प्रमुख, आर्थिक प्रमुख सहित विशेषज्ञहरु र कन्सल्ट्यान्ट फर्मसँग डिजाइनका बारेमा छलफल गरि कार्य अगाडि बढाइरहेको ।

७.सामग्रीमा ‘हाजिरी अनियमितता, बायोमेटिकमा हाजिरी नगरेको, पदाधिकारीको हैसियतमा भन्दा धेरै विदा र काज बसेको ’ भनी उल्लेख भएको रहेछ । यथार्तमा कार्यालयमा वायोमेटिकमा हाजिरी गर्ने गरेको, बिहानी सत्रमा विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग तथा शिक्षा मन्त्रालयमा बैठकमा जाने हँुदा केही हाजिरी छुट भएको । साथै पदाधिकारीले लिन मिल्नेसम्मको मात्र विदा तथा काज स्विकृत गराई बस्ने गरेको ।

८. सामग्रीमा ‘सेक्युरिटी बोर्ड बिनै परीक्षाफल प्रकाशित गरेको ’ भनी उल्लेख भएको रहेछ । यथार्तमा परीक्षा स्कुटिनी बोर्ड गठन गरिएको छ । र सोही बोर्डको निर्णय अनुसार परीक्षाफल प्रकाशित गर्ने गरिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अलपत्र शैलजा आचार्य हृदयरोग केन्द्रको स्तरोन्नति गर्ने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता
Next article स्वास्थ्यमन्त्री पौडेलको अर्जुनदृष्टि : स्वास्थ्य विमा सुधार्ने र औषधिको मूल्य घटाउने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134099
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

144
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

144
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web