• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्यमन्त्री पौडेलको अर्जुनदृष्टि : स्वास्थ्य विमा सुधार्ने र औषधिको मूल्य घटाउने

October 24th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्यमन्त्री पौडेलको अर्जुनदृष्टि : स्वास्थ्य विमा सुधार्ने र औषधिको मूल्य घटाउने

हेल्थ टुडे,
काठमाडौं, ८ कात्तिक : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य विमाको अहिलेको एक लाख रुपैयाको दायरा बढाएर पाँच लाख रुपैया पुर्याउने र औषधिको मूल्य समायोजन गरेर जनतालाई उपचारमा सहुलियत दिने कुरामा आफ्नो अर्जुनदृष्टि रहेको बताएका छन् । आफुले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेको १०० दिन पुगेको अवसरमा गरेका प्रमुख उपलब्धिहरुको सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले यी दुबै काम चुनौतिपूर्ण भए पनि पुरा गरेरै छाड्ने दावी गरे । डा. शम्भु आचार्यको संयोजकत्वमा गठित समितिले स्वास्थ्य बीमाको सीमा पाँच लाख पु¥याउने लगायतका विषयमा विस्तृत अध्ययन गरी राय सुझाव दिने जानकारी मन्त्री पौडेलले दिए ।
औषधि मूल्य समायोजनको गर्ने मन्त्री पौडेलले बताए । ‘मूल्य समायोजन हुन्छ र सबै औषधिको मूल्य घट्छ । यो मेरो दाबी हो,’ उनले भने । मन्त्री पौडेलले विभिन्न १६ शिर्षकमा हासिल गरिएका उपलब्धिहरु सार्वजनिक गर्दै क्यान्सर रोगको उपचार बिस्तार गरिएको, जलनको उपचार प्रमुख सरकारी अस्पतालहरुका निशुल्क गरेको, स्वास्थ्य विमा सुधार्न उच्च स्तरीय समिति गठन गरेको, अस्पतालहरुमा टोकन प्रणाली लागु गरेको, ओपिडी सेवा दुई सिफ्टमा सञ्चालन गरेको लगायतका कामको सुरुवात गरेको मन्त्री पौडेलले बताए । १०० दिनमा धेरै काम गर्न नसकेपनि धेरैजसो कामको सुरुवात गरेको उनले दावी गरे । केही समय त स्वास्थ्य मन्त्रालय,यसको संरचना र समस्या पहिचान गर्न मै समय लागेको बताउदै मन्त्री पौडेलले अव भने दृत गतिमा काम अगाडि बढाउने बताए । स्वास्थ्य मन्त्रालयका सचिव डा. रोसन पोखरेलले मन्त्रालयले अल्पकालिन र दिर्घकालिन गरेर विभिन्न कार्यक्रमको सुरुवात गरेको दावी गरे ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. राजेन्द्र बराललाई इन्डियन सोसाइटी अफ मेडिकल एण्ड पेडियाट्रिक अंकोलोजीको सम्मान
Next article आईओएमको डीन नियुक्ती सम्बन्धी प्रकाशित समाचारप्रति डा.दीव्याको खण्डन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132504
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

34
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web