• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

बालबालिकाको खाना कस्तो हुनुपर्छ ?

November 19th, 2017 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बालबालिकाको खाना कस्तो हुनुपर्छ ?

बालबलिकाको शारीरिक र मानसिक वृद्धि तीव्र गतिमा भइरहेको हुन्छ त्यसैले उनीहरूलाई प्रौढहरूको तुलनामा बढी पोषकतत्वको आवश्यकता पर्छ । सन्तुलित र पर्याप्त पोषकतत्वले हामीलाई निरोगी बनाउँछ । शारीरिक रूपमा बलियो र तन्दुरुस्त पनि राख्छ । चामल, गहुँ, जौलगायतमा पाइने कार्बोहाइड्रेट र तेल, घिउलगायतमा पाइने चिल्लो पदार्थले शारीरिक विकासका लागि आवश्यक शक्ति र क्यालोरी दिन्छ । दूध, गेडागुडी आदिमा पाइने प्रोटिनले शरीरका तन्तुहरूको निर्माण, रेखदेख र मर्मत गर्न सघाउँछ । हरियो सागपात र फलफूलले भिटामिन र खनिज पदार्थ दिन्छन् ।
बजारमा पाइने जुनसुकै डिब्बाबन्द खाद्य पदार्थले यति धेरै पोषकतत्वको आपूर्ति गर्नै सक्दैन । अझ त्यसमा प्रयोग गरिएका रङ र रसायनहरू बालबालिकाका लागि हितकर नहुन सक्छन् । त्यसैले बजारमा पाइने खाद्य पदार्थहरू सकेसम्म नखानु राम्रो हो । आहार विशेषज्ञहरू भन्छन्, ‘बालबालिकाको मानसिक र शारीरिक विकासका लागि बजारका खाद्य वस्तुहरूको साटो घरकै उपयोग गर्नुपर्छ । बजारको खाद्य पदार्थले भोक त मेटाउन सकिएला तर शरीरलाई चाहिने आवश्यक तत्वहरूको पूर्ति हुन सक्दैन ।’
बजारिया जंकफुडले बालबालिका शारीरिक मानसिक रूपमा कमजोर हुन्छन् । पढाइमा कम मन लाग्ने र चाँडै थाक्ने पनि हुन सक्छन् । नर्भिक इन्टरनेसनल हस्पिटलकी डाइटिसियन चन्द्रमाला अवस्थी भन्छिन्, ‘आफ्नो शारीरिक वृद्धि र मानसिक विकासका लागि बालबालिकाले घरैमा बनेको खानेकुरा खानुपर्छ, चाहे त्यो खानामा होस् या खाजामा । तर सधैं एउटै भन्दा पनि खाद्य पदार्थमा विविधता ल्याउनु पर्दछ । अभिभावकले पनि घरबाटै आकर्षक खाजा बनाएर पठाउन सक्नुपर्छ ।’ अवस्थीका अनुसार घरमै बनाइएका हलुवा, खिर, पिजा, पुरी, आलुपराठा, रोटी आदि बालबालिकाले खाजामा लैजान सक्छन् । यी खाद्य पदार्थमध्ये धेरैजसोलाई आकर्षक ढंगमा रोल गरेर स्कुल लान मिल्छ ।
हामीहरूमध्ये धेरैलाई चाउचाउ र चिजबल मनपर्छ होला । तर कहिलेकाहीँ मात्र यसको प्रयोग गर्न आहार विज्ञहरूको सुझाव छ । प्रयोग नै गर्नु परेको अवस्थामा त्यसमा पर्याप्त सागसब्जी हालेर गर्न सकिन्छ । उनका अनुसार मैदाबाट बनेको नुडल्स सकेसम्म खाँदै खानुुहुन्न । यसको साटो आँटा नुडल्स प्रयोग गर्न सकिन्छ । तर यसमा पनि विभिन्न भेजिटेबल्स मिसाइएको हुनुपर्छ । बरु खाजामा फलफूल लैजानु राम्रो हुन्छ ।
अल्का अस्पतालकी डाइटिसियन विनीता पन्तको भनाइ पनि उस्तै छ । ‘घरमा होस् कि स्कुलमा, खाना होस् कि खाजा, सधैं सन्तुलित र पोषणयुक्त हुनुपर्छ ।’ उनी भन्छिन् बजारका खानेकुरामा प्रयोग गरिएको रङ, स्याच्युरेटेट र ट्रान्सफ्याट साना बालबालिकाका लागि अस्वस्थकर हुन्छन् । ‘बजारका डब्बा बन्द खाने कुराको प्रयोग बालबालिकाले सकेसम्म कम गर्नुपर्ने उनको सुझाव छ । पन्त भन्छिन् ‘खाद्यका पाँच समूहलाई मिलाएर प्रयोग गर्न सकिन्छ । खानामा विविधता ल्याउन सके स्वस्थकर र स्वादिलो दुवै हुन्छ ।’
हामीहरू पानी खान मन नलागे फ्रेस जुस पनि पिउन सक्छौं । बटर मिल्क पनि प्रयोग गर्न सकिने आहारविज्ञ पन्तको सुझाव छ । उनका अनुसार टिफिनमा आलुपराठा, पनिर, पकौडा, फ्राई राइस, चिउराको पुलाउ, माल्पुवा, तरकारीलगायत खाद्य पदार्थ रोज्न सकिन्छ ।
टेलिभिजनमा देखाइने व्यापारिक विज्ञापनले हामीहरूलाई जंगफुडमा लोभ्याएकै हुनुपर्छ । यस्ता जंगफुडले बालबालिकाको कमलो शरीरमा नकारात्मक प्रभाव पर्छ । त्यसैले यस्ता खाद्य पदार्थ त्याग्नु नै वेश छ ।

अमेरिकी हर्ट एसोसियसनले बालबालिकाले एक दिनमा तीन चम्चा (१२ग्राम) भन्दा बढी चिनी खान नहुने सुझाइएको छ । बजारमा पाइने खानेकुराहरूमा अत्यधिक चिनी राखिएको हुन्छ । त्यसैले तिनको बढी प्रयोग गर्नु हुँदैन । हामीहरूमध्ये कयौंले अचेल क्यान्डी, चिब्स, कुकिज, आइसक्रिम र सोडालाई पाँच भोजन समूह बनाएका छौ । केही आमाबुबाले पनि बच्चाका लागि छिट्टै, सजिलै पकाउन सकिने र पाँच भोजन समूह पिज्जा, चाउचाउ, म्याक्रोनी र चिज, फ्रेन्च फ्राइज बनाएको पाइन्छ । तर यस्ता खाद्य स्वस्थकर र सन्तुलित छैनन् । पाँच खाद्य समूहमध्ये एउटा या सोभन्दा बढीलाई एकअर्कामा मिसाउन सकिने हुनुपर्छ । उदाहरणका लागि हामीले छनोट गरेको समूहबाट सोडा र क्यान्डी मिल्दैन । घरमै बनाए पनि पिज्जा र फ्रेन्च फ्राइज मिल्दैनन् । कहिलेकाहीँ यसको प्रयोग गर्न सकिएला । तर दिनहुँ खानु हुँदैन । एकअर्कामा मिल्ने पाँच खाद्य समूह अन्न, तरकारी, फलफूल, दूधदही र प्रोटिनयुक्त खाद्य नै हुन् । गहँु, चामल, मकैलगायत अनाजहरू रेसा, आइरन, म्याग्नेसियम र विभिन्न भिटामिनको स्रोत हुन् । यी अनाजबाट घरमै बनाइएका खाद्यसामग्री खाजाको रूपमा स्कुल लैजानु लाभदायक हुन्छ । बजारका डिब्बा बन्द खाने कुराले कब्जियत गराउँछन् । भोकलाई त मार्छ, सँगसँगै शरीरलाई पनि कमजोर बनाउँछ । के हामी आफ्नो शरीरलाई जानीजानी कमजोर बनाउन चाहन्छौं ? तरकारीहरू रेसाका राम्रा स्रोत हुन् । तरकारीमा पोटासियम, भिटामिन ए, ई र सी पाइन्छ । त्यसैले हरेक दिनको खाना र खाजामा हरिया र ताजा तरकारीको मात्रा हुनुपर्छ । फलफूलहरू पोटासियम, फाइबर, भिटामिन सीलगायतका लागि राम्रा स्रोत हुन्् । यसलाई पनि खाना र खाजामा नियमित समावेश गर्नुपर्छ ।

बजारमा भन्दा घरमै फलफूलको जुस बनाएर खानु स्वस्थकर हुन्छ । बालबालिकालाई दूधजन्य पदार्थ आवश्यक पर्छ । यसले शरीरमा क्याल्सियम, पोटासियम, भिटामिन डी र प्रोटिनको आपूर्ति गर्छ । यो खाद्य समूहमा दूध, चिज, दही, मोही, खीर, पेडा, बर्फी, आइसक्रिमलगायत पर्छन् । तर, बढी चिल्लो पदार्थ भएको दूधबाट बनेका परिकारको प्रयोग सकेसम्म कम गर्नुपर्छ । बढी चिनी भएको खानेकुरा पनि कम गर्नुपर्छ । गेडागुडी, बदामलगायत प्रोटिन, आइरन, भिटामिन ई, जिंक, म्याग्नेसियम र भिटामिन ‘बी’ को राम्रो स्रोत मानिन्छ । खाजामा यस्ता खानेकुरा लैजान पनि सजिलो हुन्छ ।
स्कुले विद्यार्थीहरू प्रायः स्कुल नजिकै चना–चटचपटे किनेर खाने गर्छन् । त्यसमा प्रयोग गर्ने भनिएको कागतीको रस या टमाटरको सस अखाद्य हुन सक्छ । अचेल एउटै कागतीको मूल्य १० रुपैया पर्न थालिसक्यो । १० रुपैयाँको चनाचटपटेमा त्यतिनै मूल्यको कागती मिसाएर व्यापारीलाई कसरी नाफा हुन्छ ? त्यसैले उसले चटपटेमा कुहिएको अखाद्य सामग्री प्रयोग गरेको हुन सक्छ । बालबालिकाका लागि चिल्लो पदार्थ पनि आवश्यक पर्छ । तर, बढी प्रयोग गर्नु हितकर हुँदैन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख
Next article एमबिबिएस प्रवेश परीक्षामा चिट चोराउने छुटे

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132568
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web