• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

निन्द्रा लाग्दैन भने यसो गर्नुहोस्

November 23rd, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
निन्द्रा लाग्दैन भने यसो गर्नुहोस्

डा. राममणि भण्डारी

आयुर्वेद चिकित्सक
आधुनिक जीवनशैलीको कारण बढिरहेको समस्यामध्ये अनिन्द्रा पनि एक हो । हिजोआज धेरैलाई हुने समस्या हो अनिन्द्रा, जुन नाडी संस्थानसँग सम्बन्धित छ । स्वस्थ्य शरीरको निम्ति कम्तीमा ७–८ घन्टा राम्रो निद्रा आवश्यक हुन्छ । यदि विभिन्न कारणले पर्याप्त निद्रा पुगेन भने अनेकौंं समस्याहरू उत्पन्न हुन्छन् । स्वस्थ्य जीवनयापनको निम्ति आहार, बिहार र निद्राको सन्तुलन जरुरी छ । स्वस्थ्य आहार, बिहार र पर्याप्त आराम स्वस्थ्य जीवनको पर्याय नै हुन् । दिनको समय दैनिक व्यवसाय, कर्मको लागि र रातको समय भनेको शरीरलाई आराम गर्नको लागि हो । यदि रातको समयमा निदाउन नसक्नु, बीचमा बिउँझनु अथवा पूरा निद्रा नपर्नु समग्र अनिद्रा भएको बुझिन्छ । अनिद्रा मानसिक समस्या हो, तर कहिलेकाहीँ शारीरिक कारणले पनि हुन सक्दछ । अनिद्रा अनेकौं रोगको लक्षणको रूपमा प्रकट हुन्छ अथवा यदि समयमा नै ख्याल नगरेमा दीर्घ समस्या बन्ने गर्दछ ।

कारण

  • शारीरिक एवं मानसिक तनाव तथा पीडा हुनु,
  • डर, चिन्ता, रिस, राग आदिले ग्रस्त हुनु,
  • कब्जियत, अपचजस्ता पेटको समस्या हुनु,
  • सुत्ने समय नमिल्नु,
  • सुत्ने वातावरण प्रतिकूल हुनु,
  • नयाँ ठाउँमा सुत्नु,
  • मल, मूत्रादी बेग धारण गर्नु,
  • सुत्ने कोठामा प्रकाश र शुद्ध वायुको प्रबन्ध नहुनु,
  • चिया, कफी, मदिरा सेवन र धूमपान ज्यादा गर्नु,
  • सुत्नुअघि ज्यादा तथा भारी भोजन गर्नु आदि ।

लक्षण

  • आवश्यकताभन्दा कम निद्रा लाग्नु,
  •  हाई आउनु, टाउको दुख्नु, आलस्य हुनु, झर्को लाग्नु,
  • राति धेरै पटक बिउँझनु,
  • कार्य क्षमता घट्दै जानु,
  • भोक कम लाग्दछ,
  • रक्तसञ्चारमा शिथिलता र रक्तचापको समस्या हुन सक्दछ,
  • एकाग्रता र स्मरण शक्ति कम हुनु,
  • दिनमा थकान, बेचेनी लाग्नु आदि

के खाने

  • सादा, ताजा, सुपाच्य, पौष्टिक आधार सेवन गर्ने,
  • भिटामिन   युक्त आहार सेवन गर्ने,
  • माया, मासु, अन्डा, दूध, दही, बदाम, हरिया तरकारी आवश्यकताअनुसार भोजनमा समावेश गर्ने
  •  चोकरसहितको आँटा रोटी खानामा समावेश गर्ने ।

के नखाने

  •  बासी, भारी, मसलादार, चिल्लो आदि सेवन नगर्ने,
  •  प्रोटिनयुक्त भोजन, चिया, कफी, मदिरा, नशालु पदार्थ सेवन नगर्ने,
  •  क्षमताभन्दा ज्यादा, बिना भोक र पहिले खाएको अपची पुनः भोजन नगर्ने ।

बच्ने उपाय

  • मानसिक तनाव र चिन्ताको विषय पत्ता लगाई प्राकृतिक व्यवस्थापनमा लाग्नुपर्दछ,
  •  आहार, बिहार, व्यायामको सन्तुलन कायम गर्ने,
  •  ज्यादा भोजन वा खाली पेट नबस्ने,
  •  घरेलु, प्रेम, सम्बन्धमा सुधार,
  •  पर्याप्त आराम गर्ने र समयमा सुत्ने बानी गर्ने,
  •  बेलुकी समयमा भारी खाने कुरा र मद्यपान, धूमपान, कफी सेवन आदि नगर्ने,
  •  रात्रिभोजन र सुत्ने समयमा कम्तीमा दुई घन्टाको अन्तरमा राख्ने,
  •  सुत्नको लागि बेलुका ९ देखि १०ः३० को समय उत्तम मानिन्छ । यसपश्चात सेरोटोनिन नामक निद्राजन्य हर्मोनको मात्रा कम हुँदै जान्छ र निद्रा लाग्दैन । आयुर्वेद अनुसार १० बजेपश्चात पित्तकाल सुरु हुने हुँदा पनि निद्रामा समस्या आउँछ ।
Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article उच्च रक्तचाप भएकाले खानु हुदैन च्याउ 
Next article मिर्गौंला कसरी जोगाउने ?

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134421
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web