• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

यसरी कम गर्न सकिन्छ कपाल झर्न

November 25th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यसरी कम गर्न सकिन्छ कपाल झर्न

डा. अपर्णा कर्ण

कपाल झर्न कम गर्न सकिन्छ । कपाल झर्ने अवस्था आउन नदिन पनि सकिन्छ । एकदम जोडले बुरुस लगाउने वा मालिस गराउने इत्यादि प्रक्रियाले झन् कपाल झर्छ । दिनहुँ नुहाउनाने कपाल झर्छ भन्नु ठीक होइन । कपाल फोहोर भयो भने कपाल झर्छ । त्यसैले कपाल दिनहुँ सफा गर्नु नै उपयुक्त हुन्छ । स्याम्पु वा साबुन बदलीबदली लगाउनुभन्दा एकै किसिमको उपयुक्त हुने साबुन वा स्याम्पु प्रयोग गर्नुपर्दछ । कपालमा जुम्रा पर्न दिनु हुँदैन । एक त जुम्राले कपालको जरालाई कमजोर बनाइदिन्छ भने अर्को कपाल धेरै कन्याउँदा घर्षणले गर्दा पनि कपालको जरा कमजोर हुन जान्छ । त्यस्तै कपालमा चाया पर्न दिनु हुँदैन ।

कपालमा चाया परेमा सेलसन स्याम्पुले दिनमा एक चोटी कपाल नुहाउनुपर्दछ । अर्काको काइँयो प्रयोग गर्नु हुँदैन । डन्डीफोर, चाया र कपाल झर्ने प्रक्रिया साधारणतया तीनवटै सँगसँगै देखिने गरेको छ । यी रोगको चिकित्सा एकैसाथ गर्नुपर्दछ । कपाल सफा गरेर तोरीको तेल वा नरिवलको तेल लगाउने अभ्यासबाट पनि धेरैलाई फाइदा भएको देखिएको छ । दुई तीन चोटी १५–१५ दिनको अन्तरमा कपाल खौरिएर लाभान्वित हुनेहरू पनि धेरै देखिएका छन् । यसो गर्दा नयाँ कपालको जरा बलियो हुन्छ । तर, त्यो समयको अन्तरालमा पौष्टिक आहारको भने कमी हुन दिनु हुन्न । कपालको स्वास्थ्यको लागि पौष्टिक आहाराको ठूलो भूमिका रहेको हुन्छ ।

पौष्टिक तत्वको कमीले पनि कपाल कमजोर हुने, एउटा कपाल दुई भागमा छुट्टिन सक्ने इत्यादि हुन्छ । प्रोटिन, भिटामिन तथा फलामजस्ता तत्वहरू कपालको स्वास्थ्यको लागि महत्वपूर्ण हुन आउँछ । कपाल धेरै चलाउने वा चिन्ताले कपाल तान्ने बानी छोडनु पर्दछ । केटाकेटीको कपाल तानातानको खेललाई पनि प्रश्रय दिनु हुँदैन । कुन रोगबाट कपाल झर्न थालेको हो भन्ने कुरा पत्ता लगाउन सकिएमा उपचार हुन सक्ने हुनाले चिकित्सकको सल्लाह लिनु आवश्यक देखिन्छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कब्जियत हटाउछ तिते करेलाले
Next article डा. भुसालले पत्ता लगाए नक्कली मेडिकल कलेज

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134091
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

135
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

134
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web