• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
यौन स्वास्थ्य

यौनाङ्गको आकार र यौन सन्तुष्टिबिचको सम्बन्ध   

December 10th, 2017 यौन स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यौनाङ्गको आकार र यौन सन्तुष्टिबिचको सम्बन्ध   

डा. खेम कार्की

हरेक मानिसमा लिङ्गको आकार फरक फरक हुन्छ । लिङ्गको लम्बार्ईको कारणले यौन साथीलाई सन्तुष्टि दिन नसक्नु भन्नु केवल एक मानसिक धारणा वा भ्रम मात्र हो । किनकि महिलाको योनीलाई तीन भागमा बाँड्दा अगाडिको एक भागमा मात्र ज्ञानेन्दि«य स्नायु रहेको हुन्छ जसले महिलालाई यौन आनन्द महसुस गराउँदछ र त्यसै भागमा लिङ्गको घर्षण धेरै हुन्छ । त्यसैले छोटो भन्दा छोटो (२ इन्च वा सो भन्दा माथिको) उत्तेजित लिङ्गले पनि त्यसै भागमा घर्षण भई महिलालाई यौन आनन्द दिन सक्छ । अर्को कुरा लिङ्गको लम्बाइ योनीको लम्बाइ भन्दा धेरै भयो भने पनि यौन सम्पर्कमा केही फरक पार्दैन किनकि योनीको लम्बाइ भन्दा लिङ्गको लम्बाइ जतिसुकै धेरै छ भने पनि त्यो धेरै भएको भाग योनीमार्ग हुँदै पाठेघरको मुखको पछाडिपट्टि रहेको खाली ठाउँ जसलाई पच अफ डग्लस भनिन्छ, त्यहाँ छिर्दछ । त्यसैले सामान्यतया यौन सम्पर्कमा लिङ्गको लम्बाइले केही असर गर्दैन ।

यौन सम्पर्कका बेला छिटो वीर्य स्खलनले भने यौनआनन्दमा समस्या सिर्जना गर्छ । पुरुषहरूमा यौन सम्पर्कको एक मिनेट वा सो भन्दा अघि नै वीर्य स्खलन भएमा त्यसलाई शीघ्र स्खलन मानिन्छ । शीघ्र स्खलन विभिन्न कारणले गर्दा हुन सक्छ । प्रायजसो चिनी रोग, मृगौला सम्बन्धी रोग लागेका लामो समयदेखि विभिन्न औषधी सेवन गरिराखेका र अन्य दीर्घकालीन रोग लागेका मानिसमा शीघ्र स्खलन हुने पाईएको छ । तर यस्तो कारणबाहेक शीघ्र स्खलनको मानसिक कारणहरू हुनसक्दछन् जस्तै प्रथम पटकको यौन सम्पर्क, धेरै समयको अन्तरालमा भएको यौन सम्पर्क, नयाँ साथीसँगको यौन सम्पर्क, तनावपूर्ण वातावरणमा भएको यौन सम्पर्क (जस्तैःअनुपयुक्त स्थान, समय) डर, लाजको वातावरणमा भएको यौन सम्पर्क आदि । यीनै कारणले गर्दा लिङ्ग उत्तेजना नहुने समस्या पनि हुनसक्छ । त्यसैले किशोरावस्थामा हुने शीघ्र स्खलन र लिङ्ग उत्तेजना नहुने समस्याबाट बच्न उपयुक्त वातावरणमा, तनाव मुक्त अवस्थामा, दुवै साथीको सहमतिमा यौन सम्पर्क राख्नु पर्दछ । यसको अलावा रक्सी, चुरोट, खैनी, गाँजा जस्ता अन्य सुर्तीजन्य पदार्थको प्रयोग नगरेमा यो समस्या हट्नसक्छ । यदि यस पछि पनि यस्तो समस्या रह्यो भने चिकित्सकको सल्लाहअनुसार औषधी उपचार गर्न सकिन्छ ।

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article रोग पत्ता नलागेपछि दिल्ली 
Next article लगातारको यौन सम्पर्कले समेत गर्भ रहेन भने.......

Health Today Nepal

Related Posts

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

यसरि हुन सक्छ पुरुषमा  बाँझोपन

यसरि हुन सक्छ पुरुषमा बाँझोपन

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132856
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web