• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

यसरि हुन्छ फुड पोइजनिङ

December 18th, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यसरि  हुन्छ फुड पोइजनिङ

 

लोकराज भट्ट,
हाम्रो नियमित खानामा पनि रोगका जीवाणुहरू वृद्धि हुन्छन् । ती जीवाणु र तिनले उत्पादन गरेका विभिन्न रसायनले झाडापखाला लगाउने, बान्ता गराउने, पेट दुखाउने तथा खानाको विषाक्तता गराउँछ । हामीले प्रदूषित खाना वा पानी खाएमा यसमा भएको ब्याक्टेरिया, परजीवी, भाइरस तथा विषादीहरूले खानाको विषाक्तता हुन्छ । खानाको विषाक्ततामा प्रदूषित खाना, पानी खाएको ४८ घन्टाभित्रमा वाकवाकी लाग्ने, बान्ता हुने पेट दुख्ने र दिसा लाग्नेजस्ता समस्याहरू देखिन सक्छ । यी लक्षणहरू उही खानेकुराहरू खाएका सबैमा वा कुनै एक व्यक्तिमा पनि देखिन सक्छ । प्रायः खानाको विषाक्तता भोजभतेर, विद्यालय, सामाजिक कार्यक्रमहरू तथा रेस्टुरामा खाँदा हुन्छ । यसरी समूहमा खाँदा एक वा केही व्यक्तिहरूमा यो समस्या देखा पर्न सक्छ ।कतिपय खानाको विषाक्तताका लक्ष्यहरू सामान्य मात्रामा देखिन र छिटो निको हुने भएकोले खानाको विषाक्तता भएको थाहा नहुने गर्दछ । खानाको विषाक्तता गराउने कारणलाई मुख्य दुई भागमा विभाजित गरिएको छ र ती निम्न प्रकारका हुन् ।

  • इन्फेक्सिइस एजेन्ट स् यसअन्तर्गत भाइरस, ब्याक्टेरिया र परजीवीहरूले गराउने खानाको विषाक्तता पर्दछ ।
  • टोक्सिक एजेन्ट स् यसअन्तर्गत विषालु च्याउ, राम्ररी नपाकेको खानेकुराहरू अथवा फलफूल तथा तरकारीमा हुने विषादीहरूले गराउने खानाको विषाक्तता पर्दछ ।

खानेकुराहरू प्रदूषित हुनुको मुख्य कारणहरू फोहोर ठाउँमा खानाहरू राख्ने, राम्रोसँग नपकाउने वा आफू स्वयंले सरसफाइमा ध्यान नदिनु नै हो राम्रोसँग प्याक नगरेको खाद्यान्नको प्रयोग र उचित तापक्रममा खानेकुराहरू नराख्नाले पनि खानाको विषाक्तता हुन सक्छ । खानाको विषाक्तता ब्याक्टेरिया, भाइरस परजीवी र विषादीका संक्रमणले गर्दा हुन्छ । ब्याक्टेरियाको प्रवेश खानेकुरामा निम्न कारणले गर्दा हुन्छ ।

  • मासु प्रशोधन गर्दा इन्टेस्टिनल ब्याक्टेरियाको प्रवेश हुन सक्छ ।
  • खेतीबारी तथा सिँचाइको लागि प्रयोग भएको पानीमा जैविक मल मिसिएको हुन सक्छ, जसले गर्दा पानी प्रदूषित हुन सक्छ ।
  • खानेकुराहरू सही तरिकाले नराख्दा वा नबनाउँदा पनि ब्याक्टेरियाको संक्रमण हुन सक्छ ।

किन हुन्छ फुड पोइजनिङ ?

  • राम्रोसँग हात नधोई खाना बनाएमा,
  • खाना बनाउँदा प्रयोग हुने सामानहरू सफा नभएमा,
  • लामो समयसम्म बाहिर राखेको डेरी पदार्थहरूको प्रयोग गरेमा,
  • प्रशोधन नगरेको माछाको प्रयोग गरेमा,
  • राम्रोसँग नपखाली फलफूल वा तरकारीहरूको प्रयोग गरेमा,
  • राम्ररी नपाकेको अन्डा, माछा तथा मासुको प्रयोग गरेमा,
  • इनार तथा कुँवाको पानीहरू वा सहर बजारका पानीहरू प्रशोधन नगरी प्रयोग गरेमा ।

विशेषगरी गर्भवती वा दूध खुवाउने आमाहरूले खानाको विषाक्तताको रोकथाम गर्नुपर्दछ । खानाको विषाक्तताको जोखिम प्रायः बूढाबूढी र बच्चाहरूमा हुने गर्दछ । यदि हामीमा गम्भीर स्वास्थ्यस्थिति जस्तैः मिर्गौलासम्बन्धी रोग, मधुमेह र कम प्रतिरोधात्मक क्षमता छ भने खानाको विषाक्तताको जोखिम हामीमा पनि हुन सक्छ ।

कस्ता लक्षणहरु देखापर्छ ?

खानाको विषाक्तताको लक्षण प्रदूषित खाने कुराको मात्रा र संक्रमित ब्याक्टेरियाको प्रकारमा निर्भर हुन्छ । यसका लक्षणहरू ३० मिनेटभित्र वा विस्तारै केही दिन वा हप्तामा देखिन सक्छ । यसको मुख्य लक्षणहरू यस प्रकारका छन् ।

  • वाकवाक लाग्नु
  • दिसा लाग्नु
  • बान्ता हुनु
  • पेट दुख्नु
  • ज्वरो आउनु

सामान्यतया खानाको विषाक्ततामा घातक हुँदैनन् र २४ देखि ४८ घन्टाभित्रमा निको हुने गर्दछ । ब्याक्टेरियाले दुई फरक तरिकबाट खानाको विषाक्तता गराउन सक्छ । केही ब्याक्टेरियाले पेटमा असर गरी खाना अपच तथा दिसा लाग्ने गराउँंछ र अन्य प्रकारका ब्याक्टेरियाले खानामा रसायन उत्पादन गर्दछ जुन मान्छेको पाचन प्रणालीको लागि विषादी हुन्छ ।

धेरैजससो खानाको विषाक्तताको समस्याहरू विभिन्न भाइरसको संक्रमणले गर्दा हुने गर्दछ ।

  • यो नोरोभाइसले स्टोम्याच फ्लु गराउँछ जसले गर्दा वाकवाक लाग्ने, बान्ता हुने, पेट दुख्ने, दिसा लाग्ने टाउको दुख्ने र सामान्य ज्वरो आउने गर्दछ ।
  • यो रोटाभाइरसले साधारणदेखि घातक बिरामी पार्दछ जसले वाकवाक लाग्ने बान्ता, पानीजस्तो दिसा हुने र ज्वरो आउने हुन्छ । बच्चाहरूमा खानाको विषाक्तता हुनुको मुख्य कारण रोटाभाइरस नै हो र यो तुरुन्तै एक व्यक्तिबाट अर्को व्यक्तिमा दिसाको माध्यमबाट सर्छ ।

परजीवीहरूले खानाको विषाक्तता धेरै कम मात्रामा गराउँछ । प्रशोधन नगरेको पानी वा फोहोर पानीको प्रयोग गर्दा परजीवी पनि हाम्रो शरीरमा प्रवेश गर्छ र लामो समयसम्म यसको लक्षणहरू देखाउँछ ।

टोक्सिक एजेन्ट विषादीबाट धेरै कम मात्रामा खानाको विषाक्तता हुने गर्दछ । यसले गर्दा हुने खानाको विषाक्तता प्रायः गलत खाद्यान्नको प्रयोगले हुन गर्दछ । जस्तै च्याउ दुई प्रकारको हुन्छ । एउटा विषादी च्याउ हुन्छ भने अर्को खाने च्याउ ।

विषालु च्याउको प्रयोगले गर्दा वाकवाक लाग्ने, दिसा लाग्ने, बान्ता हुने, पसिना आउने, काप्ने र अचेतसमेत हुसक्छ । यसरी विषालु च्याउको प्रयोगले मानिसको ज्यान नै जोखिममा पार्न सक्छ ।

साइन एन्ड टेस्ट स्वास्थ्य परीक्षकले खानाको विषाक्तताको लक्षण पेट दुखेको र शरीरमा पानीको मात्र कम भएको आधारमा पत्ता लगाउँछन् । स्वास्थ्य परीक्षकले रगत, दिसा, बान्ता अथवा खाएको खानेकुराको परीक्षण गरेर खानाको विषाक्तताको प्रमाणित गर्छन् । तर यो परीक्षणले खानाको विषाक्तता भएको प्रमाणित नहुन पनि सक्छ ।

फुड पोइजनिङको उपचार के त ?

प्रायजसो खानाको विषाक्तता दुई दिनपछि आफैँ निको हुने गर्दछ । उपचारको मुख्य उद्देश्य शरीरमा पानीको मात्रा कम हुन नदिनु हो ।

दिसा हुन्जेल ठोस खानेकुराहरू नखाने, दुग्ध पदार्थहरूबाहेक अन्य तरल पदार्थ प्रशस्त मात्रामा खाने, बच्चाहरूलाई जीवनजल खुवाउने, यदि विषादी खानेकुराहरू (च्याउ/माछा) खाइएको छ भने तुरुन्त चिकित्सालाई देखाउनुपर्दछ ।

चिकित्सकले विभिन्न उपायहरू अपनाएर शरीरमा भएको विषादीलाई तुरुन्त बाहिर निकाल्नुपर्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पोषणसम्बन्धी सचेतना अभियान शुरु
Next article महिनावारीमा स्वच्छताप्रति गम्भीर नहुँदा बाँझोपन

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132704
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web