• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 26th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

रोल्पा अस्पतालमा सुविधा सम्पन्न भवन

January 19th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
रोल्पा अस्पतालमा सुविधा सम्पन्न भवन

रोल्पा, ५ माघ:जिल्ला अस्पताल, रोल्पाको नयाँ भवन एक महिना अगाडि बन्न थालेपछि यस्तो सुविधासहित उपचार गर्न पाउने आशा पलाएको हो । २०४१ सालमा निर्माण गरिएको टिनको छाना रहेको सो भवन जीर्ण रहेसँगै बिरामीले त्रासपूर्ण अवस्थामा उपचार गराइरहेका थिए । जीर्ण अवस्थामा रहेको भवनबाट स्वास्थ्य सेवा लिन बाध्य रोल्पाका बिरामी अब भने आधुनिक सुविधा सम्पन्न भवनबाट स्वास्थ्य सुविधा लिन पाउने भएका छन् ।

हाल निर्माणाधीन नयाँ भवन बनेपछि अस्पतालले ५० श्ययाको सेवा दिने जिल्ला अस्पताल सञ्चालक समितिका अध्यक्ष टीकाकुमारी बुढा थापाले जानकारी दिनुभयो । श्यया थपसँगै विशेषज्ञ सेवा पनि उपलब्ध हुने भएकाले सामान्य शल्यक्रियाका लागिसमेत जिल्ला बाहिर जानुपर्ने समस्याबाट जिल्लावासी मुक्त हुने थापाले बताउनुभयो ।

पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता रहेको सो भवनको लागत भ्याटसहित करिब रु ३५ करोड र भ्याटबाहेकको रकम करिब रु २९ करोडको रहेको अध्यक्ष थापाले बताउनुभयो ।

हाल विशेषज्ञ डाक्टर नभएको जिल्ला अस्पतालमा नयाँ भवन बनेसँगै विशेषज्ञ सेवा प्रदान गरिने जिल्ला अस्पतालका सिनियर अहेव कुलबहादुर डाँगीले जानकारी दिनुभयो । श्यया थपसँगै प्रविधि र जनशक्ति पनि थपिने भएकाले जिल्ला अस्पतालको सेवा पनि विस्तार हुने डाँगीले बताउनुभयो ।

हाल १५ श्ययाको सेवा दिइरहेको जिल्ला अस्पताल, रोल्पाको भवन २०४१ सालमा निर्माण गरिएको थियो । भवन पुरानो हुनुका साथै छाना तथा ढोकासमेत गलेका र भित्ता समेत प्वाल परेका छन् । उक्त भवनमा उपचार गराउन आउने बिरामीले असुरक्षित महसुस गर्दै आएका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article क्षयरोगीको राष्ट्रिय सर्वेक्षण शुरु
Next article ४८ आमाले पाए प्रोत्साहन भत्ता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 25th 11:56 AM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८ औं कलेजो प्रत्यारोपण सफल

Aug 25th 11:42 AM
समाचार

पाँच महिना बित्दा पनि सकिएन स्वास्थ्यमा सरुवा : नीति योजनामा डा. विवेक र क्षयरोगमा डा. गुणनीधि

Aug 22nd 2:22 PM
समाचार

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश डंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134266
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

97
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

100
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web