• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

धेरै टाउको दुख्छ ? यसो भएको हुन सक्छ

January 22nd, 2018 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
धेरै टाउको दुख्छ ? यसो भएको हुन सक्छ

हिजोआज प्राय मानिसलाई हुलमुलमा जाँदा, धेरै कलरहरु झल्याकझुलुक्क देखिरहँदा वा टिभी हेरिरहँदा अत्यधिक टाउको दुख्ने समस्या देखिन थालेको छ । यसरी अत्यधिक टाउनको दुख्ने समस्या तपाईंमा पनि छ भने तुरुन्तै उपचार गर्न सुझाएका छन्, ब्लु लोटस अस्पतालका अकुपन्चरिष्ट डा. बिशाल श्रैष्ठले । उनका अनुसार सबै टाउको दुखाइमा माइग्रेन नहुन सक्छ तर टाउको दुखाइको अन्य कारण भेटिएन भने त्यो माइग्रेन हुनसक्छ ।
माइग्रेन भएका बिरामीको परीक्षणका क्रममा रिपोर्टहरु सामान्य आउने श्रेष्ठको भनाइ छ । सिटी स्क्यान होस् या रगत परीक्षणमा नै किन नहोस्, रिपोर्ट सामान्य नै आउँछ । उनले भने, ‘अन्य रेडियोलोजिकल जाँचको रिपोर्टले सामान्य अवस्था देखाए पनि बिरामीको टाउको दुखाइ कम हुँदैन । कतिपय अवस्थामा घरपरिवारका सदस्यसमेत उल्टै बिरामीलाई शंका गरिरहेका हुन सक्छन् ।’
सबैतिर लगियो । केही रोग देखिँदैन । कतै नाटक त होइन ! भनेर शंका समेत गर्ने गरेको पाइन्छ । यसले बिरामीलाई पीडामाथि थप पीडा दिन्छ । डा. श्रेष्ठका अनुसार माइग्रेनका लक्षणहरु निम्न हुन सक्छन् ।
माइग्रेन भएका बिरामीको टाउको दुखाइ नियमित हुँदैन । केही दिन बिराएर टाउको दुख्न थाल्छ । यसलाई अर्को भाषामा ‘इपिसोडिक हेडेक’ पनि भनिन्छ । कसैलाई हप्तामा एक पटक दुख्न सक्छ, कसैलाई दुई पटक । कसैलाई दुई महिना र कसैलाई वर्षको अन्तरमा पनि दुख्न सक्छ । जतिबेला टाउको दुख्छ, त्यतिबेला असह्य पीडा हुन्छ । कतिपय ठाउँमा आधा टाउको दुख्ने रोग (अधाहा) भनेर पनि चिनिन्छ । कसैलाई पछाडि त कसैलाई अगाडिको भागमा दुख्ने हुन्छ । केहीलाई भने पूरै टाउको दुख्ने समस्या देखा पर्न सक्छ । यो समस्या पुरुषको तुलनामा महिलामा बढी देखिन सक्छ ।
कडा टाउको दुख्दा बिरामीलाई वाकवाकी लाग्ने, कसैलाई बान्तासमेत हुने र कसैलाई बान्ता भएपछि आराम भएजस्तो हुने लक्षण देखिन्छ । प्रकाश र उज्यालो हेर्न मन नहुने, भिडभाड मन नपराउने र वरपरका मानिससँग झर्को लाग्ने लक्षण देखा पर्न सक्छ । बिरामीलाई आवाजको एलर्जी हुन्छ, जसलाई ‘फोनोफोबिया’ भनिन्छ।

माइग्रेन दुई प्रकारको हुन्छ— विथ औरा र विद्आउट औरा ।
२०–३० प्रतिशतलाई माइग्रेनको पूर्वसंकेत मिल्छ, त्यो बेला यसको संकेत शरीरले पाउँछ । दृष्टि प्रस्ट नहुने, आँखालाई असहज हुने लक्षण देखियो भने यसलाई औरा भनिन्छ । कतिपयलाई कुनै पूर्वसंकेत बिनै पनि माइग्रेन हुन्छ ।
कतिपय बिरामीलाई कुनै गन्धका कारण टाउको दुख्न थाल्छ । सडाइएको वा अमिल्याएको परिकार खाँदा बिरामीको टाउको दुख्छ । उज्यालो हेर्न मन नलाग्ने भएकाले कतिपय बिरामी बत्ती निभाएर एकान्तमा वा अँध्यारोमा बस्न रुचाउँछन् । बिरामीलाई टाउको दुख्दा दुई घन्टादेखि ७२ घन्टासम्म त्यसको असर रहन्छ । यो माइग्रेनको खास लक्षण हो । कतिपय अवस्थामा दुखाइ कम गर्ने औषधिले पनि काम गर्दैन ।
उपचार
खाने र लगाउने औषधि मात्रै होइन पारिवारिक वातावरणले पनि माइग्रेनको समस्या समाधान गर्न सघाउ पुर्याउँछ । परिवारका सदस्यले बिरामीको समस्या बुझेनन् भने तनाव झनै बढेर जाने भएकाले शान्त वातावरण सिर्जना गरिदिनुपर्छ । खाद्यान्न, पोषणजस्ता कुराले पनि यो समस्या निराकरणमा भूमिका खेल्छ । ‘फर्मेन्टेड’ खाना जस्तैः दही, मही, पनीर, आइसक्रिम आदि सकेसम्म खानु हुँदैन । माछा–मासु नखाँदा राम्रो । अमिलो, पिरो राखेका खानेकुरा तथा कफी, चिसोजस्ता पेय पदार्थ नपिए माइग्रेनको उपचारमा सहयोग मिल्छ । जंकफुडहरू खानु हुँदैन । तनाव व्यवस्थापन सबैभन्दा महत्वपूर्ण हो । मानसिक समस्याका लागि औषधिसहित ध्यान र योग गर्नुपर्छ ।
बिरामीले उपचार विधिको अनुशासन पालना गर्ने हो भने माइग्रेन पूर्णतः निको हुन्छ ।शुक्रबारबाट

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article महिनावारीका बेला यौन सम्पर्क गर्दा के हुन्छ ?
Next article डिप्रेशनबाट बच्न दही सेवन

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134333
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web