हेल्थ टुडे
काठमाडौँ, १३ माघ : बसुन्धरास्थित बीपी स्मृति सामुदायिक अस्पताल आफ्नै भवनमा सरेको छ । स्थापनाको १० वर्षपछि अस्पतालले आफ्नै भवन बनाएर त्यहीबाट सेवा सुरु गर्न थालेको हो । यसअघि सो अस्पतालले भवन भाडामा लिएर स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको थियो । नयाँ भवन बसुन्धरा प्रहरीचौकीको नजिकै चक्रपथ भित्रपट्टी रहेको छ । अस्पतालको १० औं साधारण सभाको अवसर पारेर शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ भवनको उद्घाटन गरे । कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले सहकारीको माध्यमबाट जनतालाई सुलभ रुपमा गुणस्तरीय सेवा पुरयाएकोमा सेयर सदस्य तथा अस्पताल प्रशासनको प्रशंंसा गरे ।
नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष एवं अस्पतालका अध्यक्ष डा. केदार नरसिंह केसीले महामानव विपी कोइरालाको नामबाट स्थापना गरेर आम सर्वसाधारणलाई शुलभ र गुणस्तरीय स्वास्थ्य सेवा दिन सफल भएको दावी गरे । उनले सहकारीका माध्यमबाट सञ्चालित सामुदायिक अस्पताललाई साधनस्रोत सम्पन्न गराई थप सेवा उपलव्ध गराउने लक्ष्य रहेको बताए । अस्पतालका कार्यकारी निर्देशक डा. धनबहादुर रानाले अस्पतालको विगत बर्तमान र भविस्यको योजनाबारेमा बताएका थिए । सो अस्पतालमा अहिले ४९५ सेयर सदस्य रहेका छन ।
Leave a Reply