• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बैतडीको सुर्नयामा वृहत निःशुल्क स्वास्थ्य सिविर हुने

January 30th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बैतडीको सुर्नयामा वृहत निःशुल्क स्वास्थ्य सिविर हुने

हेल्थ टुडे

काठमाडौं, १६ माघ : बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर–५ रौलेश्वरमा यही माघ २२ र २३ गते वृहत निःशुल्क स्वास्थ्य सिविर हुने भएको छ । रौलेश्वर पूर्व विद्यार्थी समाज, सुर्नया गाउँपालिका र शुक्रपथ फाउण्डेसन, काठमाडौको सहयोगमा रौलाकेदार निःशुल्क स्वास्थ्य सिविर हुन लागेको हो । ‘हाम्रो सुर्नया हाम्रो पहिचान, स्वास्थ्य र समृद्घि हाम्रो अभियान’ मूल नाराका साथ हुन लागेको उक्त निःशुल्क सिविरमा जनरल फिजिसियन, स्त्री तथा प्रसूति रोग, बालरोग, हाडजार्नी, नाक, कान, घाटी, दन्तरोग र समान्य ल्याव परिक्षण लगायतका सेवा उपलब्ध हुने सिविर संयोजक रिजन मडैले जानकारी दिएका छन् ।

स्वास्थ्य सिविर रौलेश्वर माविको रामकी बराइलमा हुनेछ । सिविरमा सम्बन्धित बिषयका विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीले स्वास्थ्य जाच गर्ने छन् । सिविरको तयारी अन्तिम अवस्थामा पुगेको आयोजकले जनाएको छ । ग्रामिण क्षेत्रका वासिन्दालाई विभिन्न रोगको संक्रमण भए पनि विशेषज्ञ उपचार सेवाको अभावमा रोग लुकाएर बस्नु परेको अवस्थालाई केही हदसम्म कम गर्न सिविर फलदायी हुने मडैले बताए । सिविरबाट स्वास्थ्य परिक्षण सहित लाभ लिन आयोजकले सुर्नयाका वासिन्दालाई आव्हान गरेको छ ।

 

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पाँच वर्षमा ३ सय ९२ को मिर्गौला प्रत्यारोपण
Next article दुर्गम क्षेत्रका जिल्ला अस्पतालमा हुने शल्यक्रियाको अवस्था दयनिय

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134312
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

16
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web