• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

तपाईको हातखुट्टामा पनि छ मुसा ? छ भने यसो गरौ

February 10th, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
तपाईको हातखुट्टामा पनि छ मुसा ? छ भने यसो गरौ

डा.ललितकुमार मिश्र,

जन्मिएपछि देखापर्ने मुसाको मुख्य कारण इन्फेक्सन हो । यी मुसाहरू शरीरमा आउनुको कारण एक प्रकारको ह्युमन पेपिलोमा नामक भाइरस हो । छालामा पेपिलोमा भाइरसको कारण ससाना, खस्रो, कडा खालको दर्दरहित दानाजस्तो छालामा पलाउँदछ । केही प्रकारका मुसाहरू शारीरिक सम्पर्कको माध्यमले पनि फैलिन्छ । मुसा तोरीको दानादेखि अंगुरको आकार जत्रो पनि हुनसक्छ । मुसा शरीरको एक ठाउँबाट अर्को ठाउँमा सर्दै जान्छ । यो एक किसिमको छालाको रोग हो । जसलाई मुसा (वार्टस) भनिन्छ । सामान्यतया शरीरमा देखिने मुसाहरू कालो, खैरो, सेतो, रातो किसिमको देखिन्छ भने कहिलेकाहीँ छालाको रङजस्तो पनि हुन्छ । जसले गर्दा मानिसहरूलाई यी मुसाहरू आएको थाहा नै हुँदैन । यसकारण मानिसहरू यसको बारेमा ध्यान दिँदैनन् ।
लक्षणहरू
धेरैजसो मुसाहरू छालाको सतहभन्दा आलिक माथि उठेको खस्रो सतह भएको हुन्छ । आकारमा यो गोलो, अन्डाकार, च्याप्टो हुन्छ भने केही चिल्लो मुलायम र चेप्टो सतह भएको हुन्छ । कुनै मुसा पेन्डुलम किसिमको हुन्छ यताउति हल्लिने खालको पनि हुन्छ । केही मुसा भने छुँदा दुख्ने खालको पनि हुन्छ । कुनै अजेरु पलाएको जस्तै हुन्छ । पानीले धुँदा वा नुहाउँदा ढाडिएर फुलेर आउँछ । हेर्दा घिनलाग्दो देखिन्छ, यस्ता मुसाहरू विशेषगरी हात र खुट्टामा देखिन्छन् ।
मुसामा प्रकारहरू
(१) साधारण देखिने मुसाहरूलाई कमन वार्टस भनिन्छ । यस्ता मुसा हात, खुट्टा, मुख वा कपडाले नढाकिने शरीरका विभिन्न स्थानहरूमा बढी देखिन्छ । यी मुसा सानार ठूला पनि हुनसक्छन् । यो मुसा हेर्दा खस्रो देखिने, सारो र पानी पर्दा फुल्ने खालको हुन्छ । बच्चा र बूढा सबैलाई यस प्रकारको मुसा आउँछ । (२) चेप्टो खालको मुसा (फ्ल्याट वार्टस) बच्चा र वयस्क व्यक्तिमा बढी देखिन्छ । विशेष गरेर केटाकेटीहरूको अनुहार, निधार, हात र खुट्टामा देखिन्छ । यो अन्य मुसाजस्तो सजिलै थाहा पाउन सकिन्न । यस्ता मुसा ससाना थोप्लाजस्ता देखिन्छन् र यसको टुप्पो पनि समथर हुन्छ ।
यो दाह्रीजुँगा भएको ठाउँमा बढी आउँछ । यस प्रकारको मुसा बच्चाको हातमा पनि देखिन्छ । (३) जेनिटल वार्टस (कन्डिलोमा) अर्थात् प्राइभेट पाटर््समा देखिने यो मुसा सामान्यतया गुप्तांग क्षेत्र वरिपरि र तिघ्राको बीचमा तथा महिलाको योनिका साथै मलद्वारमा पनि देखिन्छ । यी मुसा यौनसम्पर्कबाट सर्दछ । यीमुसाहरू आकारमा अंगुरका झुप्पाजस्ता ससाना दानादेखि ठूलाठूला झुप्पाजस्ता पनि हुनसक्छन् । (४) हत्केला र खुट्टामा देखिने मुसालाई प्लामो प्लान्टर वार्टस भनिन्छ । हत्केला र खुट्टाको पंैतालामा हुने यस प्रकारका मुसाहरू दुख्ने र सारो हुनुको साथै बीच भागमा केही खाल्डोयुक्त हुन्छ । यसले गर्दा व्यक्तिलाई हिँडडुल गर्न पनि अप्ठ्यारो हुन्छ । नङको जरा वा वरिपरि यस्तो मुसा आउँदा अत्यन्तै दुख्छ । (५) यस्तै अर्को प्रकारको मुसा जुन प्राय (बुचर) कसाई (मासु काटी रहने मान्छे) को हातमा देखिन्छ । यस प्रकारको मुसालाई बुचर वार्टस भनिन्छ । यो साह्रै कडा हुन्छ र हेर्दा काउलीजस्तो देखिन्छ ।
क्यान्सरकारक पनि हुन्छ मुसा
यदि तपाईंलाई जन्मिँदादेखिने कुनै मुसा छ भने यो हानिकारक हुँदैन । तर, मुसा जन्मेपछि या ठूलो भएपछि देखिएको हो भने समय बित्दै जाँदा यसले क्यान्सरको रूप धारण पनि गर्न सक्छ । यदि कुनै व्यक्तिमा तीस वर्षको उमेरपछि मुसा पलाएको छ भने त्यसमा क्यान्सर हुने खतरा बढी रहन्छ ।

खतरानाक अवस्थाका मुसा
यदि शरीरमा भएको कुनै मुसाबाट रगत आएमा, यसलाई नजरअन्दाज गर्नु हुँदैन । यदि मुसा भएको ठाउँ चिलाउँछ भने पनि यसलाई हलुका ढंगले लिनु हुँदैन । तुरुन्तै चिकित्सकसँग सल्लाह गर्नुपर्छ । उपचार हुन त मुसा ६ महिनादेखि वर्ष दिनभित्र आपंmै हराएर जान थाल्छ । त्यसको लागि कुनै विशेष उपचार गरिरहनु पर्दैन । शरीरका विभिन्न भागमा रहेका मुसाहरूको उपचार विभिन्न प्रकारको विधिबाट गरिन्छ । जस्तै, भौतिक रूपले नष्ट गर्ने । करेन्टले डामेर वा लेजर प्रविधिबाट मुसालाई हटाउने आदि इत्यादि । यी विधिका आफ्नै जटिलता र धेरै साइड इफेक्टहरू पनि छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कब्जियत हटाउँछ तीते करेलाले
Next article श्रीमती यौनसम्पर्कवाट सन्तुष्ट भएको कसरी थाहा पाउने ?

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132581
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web