• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

किन र कहिले हुन्छ बिर्सने रोग

February 11th, 2018 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
किन र कहिले हुन्छ बिर्सने रोग

डा. शंकर राई,

डिमेसिया रोग बुढेसकालको सबैभन्दा ठूलो स्वास्थ्य र सामाजिक समस्याको रूपमा विश्वभरि नै छरिएको छ । हाल विश्वभरि करिब चार करोड जति मानिस डिमेसिया रोगबाट ग्रसित छन् । हालको तथ्यांकअनुसार डिमेसियाको करिब ६० प्रतिशत चाप हाम्रोजस्तो निम्न तथा मध्यम आय भएका मुलुकहरूमा देखिन्छ ।

के हो त अलजाइमर्स डिमेसिया ?

१. डिमेसिया मस्तिष्कमा लाग्ने रोग हो, जसले गर्दा मानसिक क्षमतामा ह्रास भएर व्यक्तिको स्मरणशक्ति, चिन्तन शक्ति, वरिपरि भइरहेका गतिविधिहरू प्रतिको जागरुकता घट्दै जान्छ । यसका अलवा हिसाबकिताब राख्ने, नयाँ कुरा सिक्ने क्षमता, आत्मविश्वासमा कमी आउनुका साथसाथै बानी व्यवहार परिवर्तन हुँदै जान्छ ।

२. यस्तो रोगको सुरुवात सानोतिनो कुराहरू बिर्सनेबाट हुन्छ ।

कसरी चिन्ने त ?

धेरैजसो मानिसहरू यस रोगलाई बुढ्यौलीको लक्षणका रूपमा बेवास्ता गर्दछन् । तर बुढ्यौलीको कारण बिर्सनु र रोगका कारण बिर्सनु फरक कुरा हुन् । जस्तै

सामान्य (बुढ्यौलीमा)

१. बार थाहा नपाउनु– आइतबार अथवा मंगलबार

२. अर्को कोठामा जानुको कारण बिर्सनु

३. चाबी राखेको ठाउँ बिर्सनु

असामान्य (अलजाइमर्स डिमेसिया)

१. खाना खाएको बिर्सनु

२.सधैं घर जाने बाटो भुल्नु

३.आफ्नो बालबच्चा र श्रीमान्÷श्रीमतीको नामसमेत भुल्नु

४. आफ्नै घर छिमेकीलाई पनि नचिन्नु ।

यसका रोगीहरूमा निम्न लक्षणहरू देखा पर्दछन् ।

(क) साह्रै भुलक्कड भई दैनिक जीवनयापनमा कठिनाइ, खासगरी भर्खरैको घटनाहरू र व्यक्तिका नामहरूसमेत बिर्सनु ।

(ख) आफ्ना परिवारजनसँग शंकालु हुने, झर्को मान्ने तथा सामान्य कुरामा झगडा गर्नु ।

(ग) सामान्य कुरामा अनावश्यक रूपमा डराउनु ।

(ग) पहिला जानेका भाषा बोल्न, बुझ्न र सामान चिन्न गाह्रो हुनु ।

(ड) सधैं गरेका घरायसी, व्यावसायिक अथवा सामान्य काम गर्न पनि असमर्थ हुनु ।

(च) समय तथा स्थानको ज्ञान हराउनु ।

(छ) व्यक्तिको मुड तथा व्यक्तित्वमा परिवर्तन हुनु ।

(ज) अन्तिम चरणहरूमा रोगी पूर्णतया आफूलाई पनि नचिन्ने, दिसापिसाब पनि गर्न जान नसक्ने अवस्थामा पुग्न सक्छ ।

डिमेसिया किन र कहिले हुन्छ ?

यो रोगको कारणबारे बुझ्न अझै बाँकी नै छ तर निम्न कारणहरू पाइएका छन् ः

१. वंशाणुगत दोष,

२. मस्तिष्कमा हुने विभिन्न स्नायु रसायन (एसिटाइलकोलिन) को गडबडी ।

६०–६५ वर्ष आयु भएका मानिसमा यो रोग तीन प्रतिशतले पाइएको छ । त्योभन्दा पाँच वर्ष आयु बढी भएकामा दोब्बर तवरले यो रोगको प्रभाव देखिन्छ । रोग सुरु भएर मस्तिष्कका तन्तुलाई स्थायी क्षति नपु¥याएको अवस्थामा उपचार गर्न सके ५–१० प्रतिशत रोगी पुनः ठीक पनि हुन सक्छन् । स्थायी क्षति भएको समयदेखि रोगी सालाखाला थप आठ वर्ष बाँच्छन् ।

कसरी उपचार गर्ने ?

औषधि : थोरै र मध्यम लक्षणहरू भएका अवस्थामा एसिटाइलकोलिन बढाउने डोनेपेजिल, रिभास्टिगमिन, टाक्रिन आदिको प्रयोग गर्न सकिन्छ । व्यवहार, निद्रा आदि गडबडी भएमा लक्षणअनुसार साइकोसिस कम गर्ने र अनिँदो÷बेचैनी कम गर्ने औषधि पनि दिइन्छ ।

मनोसामाजिक उपाय

व्यक्तिका मानसिक क्षमताहरू हराउँदै जाँदा अनेकौं अरू मानसिक तनाव पैदा हुन्छन । माथि उल्लेख गरेझैं अन्य मानसिक रोगका लक्षणहरू प्रायः आउँछन र रोगी झन् बढी विचलित हुन्छन् । अतः उसलाई र परिवारजनलाई निरन्तर सहारा, हौसला र रोगको अवस्थाबारे शिक्षाको निकै आवश्यकता पर्दछ । रोगीलाई सजिलो पार्ने हिसाबले उसमा भएको क्षमता अनुरूप व्यवहार गराउन सक्ने गरी वातावरण सरल गर्नुपर्छ । जस्तै शौचालय चिन्न विशेष रङ वा बोर्ड झुन्डयाउने, सम्पर्कमा आउने मान्छे, ठाउँ आदि हेरफेर नगर्ने, दिमाग लगाउनुपर्ने कार्य गर्न नलगाउने आदि ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मेलानको राष्ट्रिय सम्मेलन फागुन २४ देखि २६ सम्म राजधानीमा हुने
Next article डा.पौडेल पनि पुगे अदालतको शरणमा

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132669
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

13
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web