हेल्थ टुडे,
काठमाडौं : युवा चिकित्सक संघ लगायत अन्य पेशागत संघ संगठनले नेपाल मेडिकल काउन्सिल घेराउ गरेका छन् । नेपाल मेडिकल काउन्सिलले ल्याएको नयाँ बिभेदकारी नियमको बिरोधमा बासबारी स्थित युवा चिकित्सक संघ तथा अन्य चिकित्सा पेशागत संघ संगठनले काउन्सिल घेराउ गरेका हुन ।
उनीहरुले नयाँ नियम विरुद्ध काउन्सिलका अध्यक्ष डा धर्मकान्त वास्कोटा समक्ष विरोधपत्र पेश गरेका छन । उक्त विरोधपत्रमा लाईसेन्स परीक्षामा एकरुपता हुनुपर्ने, स्नातक र स्नातकोत्तरका थप कार्यक्रम ल्याउनु पर्ने, पिजी र युजीको नम्बरको दुरि कम गर्न र अनलाइनमा आधारित परीक्षाहरु सञ्चालन हुनु पर्ने, सयुक्त प्रवेश परीक्षा, संयुक्त क्यालेण्डर र संयुक्त विषयसूचिका बिषय संलग्न भएको युवा चिकित्सक संघका अध्यक्ष डा .चेतन बस्नेतले जानकारी दिए ।
यस बिषयमा काउन्सिलका अध्यक्ष डा. बास्कोटासंग छलफल भएको थियो । घेराउमा नेपाल चिकित्सक संघ, नेपाल डेण्टल एसोसियसन, डक्टर्स सोसाइटी अफ नेपाल ,सरकारी चिकित्सक संघ, नेपाल मधेश डाक्टर चिकित्सक संघ नेपाल ,गैर सरकारी चिकित्सक संघ नेपालका प्रतिनिधिको सहभागीता थियो ।
Leave a Reply