• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 26th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य बिमा कार्यक्रममा महिलाको बढी आकर्षण

April 9th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य बिमा कार्यक्रममा महिलाको बढी आकर्षण

हेल्थ टुडे,
काठमाडौ,२६ चैतः स्वास्थ्य सुरक्षा विकास बोर्डको पछिल्लो तथ्याङ्कले स्वास्थ्य बिमा कार्यक्रममा पुरुष भन्दा महिलाको बढी आकर्षण रहेको देखाएको छ । नेपालमा स्वास्थ्य बिमा सुरु भएको तीन वर्षमा स्वास्थ्य बिमा गराउनेमा महिलाको संख्या बढी देखिएको छ । ३ वर्षको अवधिमा ५८ प्रतिशत महिला र ४२ प्रतिशत पुरुषले सेवा लिएका हुन् ।

सरकारले सामाजिक स्वास्थ्य सुरक्षा विकास बोर्डमार्फत २०७२ साल चैत २५ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको थियो। बोर्डको तथ्याङ्क अनुसार तीन वर्षमा १५ लाख ७१ हजार ४ सय ८८ जना बिमा कार्यक्रमा आवद्ध भएका छन्। जसमध्ये ५ लाख १२ हजार ८ सय १७ जनाले सेवा लिएका छन्। यसमा अति गरिव ३ लाख २२ हजार १ सय ३४ जना रहेका छन्। बोर्डले दिएको जानकारी अनुसार पछिल्लो समयमा बिमा नविकरण गर्नेहरुको संख्या बढ्दो छ ।

स्वास्थ्य बिमा कार्यक्रम मुलुकका ४२ वटा जिल्लामा बिस्तार भइसकेको र यसलाई बढाउँदै आगामी वर्षसम्म ७७ वटै जिल्लामा बिमा कार्यक्रम बिस्तार गर्ने योजना रहेको नेपाल स्वास्थ्य बिमा वोर्डले जनाएको छ । २५ सय तिरेर बिमा सदस्य बन्ने र ५० हजार बराबरको निःशुल्क उपचार सेवा लिने व्यवस्था गरिएको थियो । अब भने ३५ सय तिरेर बिमा सदस्य बनेर १ लाख बराबरको निःशुल्क उपचार सेवा लिने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

बिमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बिमा रकम वापतको शुल्क तिरिदिने व्यवस्था गरेको छ । सरकारले अति विपन्न नागरिकलाई शतप्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरिबीको रेखा मुनी रहेकालाई ५० प्रतिशतका दरले बिमा रकम वापतको शुल्क तिरिदिने व्यवस्था गरेको छ ।

बिमा कार्यक्रममा आवद्ध भएका कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्नुका साथै सरकारले तोकेको निःशुल्क औषधी सजिलैसँग प्राप्त गर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

तर, कस्मेटिक सर्जरी, कुनै पनि झै–झगडाका कारण लागेको चोटपटक, मादक पदार्थ सेवन गरे पश्चात भएको कुनै पनि दुर्घटना वा चोटपटक, गर्भपतन गराएको खण्डमा भने यस्ता उपचार खर्चलाई बिमाले समेट्न सक्दैन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सेवाग्राही र कर्मचारीलाई कार्यालय परिसरमा सुर्तीजन्य पदार्थ बोक्न निषेध
Next article स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको पाँचौ सम्मेलन बुधबारदेखि

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132929
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

50
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

47
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

49
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web