• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

तत्काल मेडिकल कलेजको शुल्क घटाउन शिक्षा तथा स्वास्थ्य समितिको निर्देशन

August 10th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
तत्काल मेडिकल कलेजको शुल्क घटाउन शिक्षा तथा स्वास्थ्य समितिको निर्देशन

हेल्थ टुडे,
काठमाडौ,२५ साउनः प्रतिनिधिसभा अन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिले तत्काल मेडिकल कलेजहरुको शुल्क घटाउन सरकारलाई निर्देशन दिएको छ । समितिले मेडिकल कलेजहरुको शुल्कसम्बन्धि विवाद समाधान गर्न गठित उपसमितिले दिएको सुझावको आधारमा तत्काल शुल्क घटाउन सरकारलाई निर्देशन दिएको हो । समितिले मेडिकल कलेजहरुको पाठ्यक्रम र शैक्षिक क्यालेन्डरमा एक रुपता ल्याउन समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

त्यसैगरी गरिव, जेहेन्दार, द्वन्द्व पीडित परिवारका सदस्यलाई चिकित्सा शिक्षा अध्ययनका लागि ऋण उपलब्ध गराउने विशेष व्यवस्था गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ । बैठकमा उपसमितिले जेहेन्दार विद्यार्थीहरु खर्चको अभावमा चिकित्सा शिक्षा अध्ययन गर्नबाट बञ्चित हुने गरेकाले उनीहरुलाई ऋण उपलब्ध गराएर भएपनि सरकारले अध्ययन गर्ने विशेष व्यवस्था गर्नुपर्ने प्रस्ताव पेश गरेको थियो ।

बैठकमा समितिका सदस्यहरुले राष्ट्रिय चिकित्सा शिक्षा आयोग गठन गर्न ढिलाइ नगर्न सरकारलाई सचेत गराएका छन् । समितिका सदस्य एवम् पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले आयोग गठन गरी चिकित्सा शिक्षा अध्ययनमा सबैको पहुँच पुर्याउने काममा सरकारले ढिलाइ गर्न नहुने बताए । यस्तै, समितिले सबै मेडिकल कलेजहरुको भर्ना प्रक्रियालाई समान ढंगले अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

यसैबीच, समितिले एमबिबिएसका विद्यार्थीलाई समान शुल्क कायम गर्न सरकारलाई निर्देशन दिएको छ । शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षामा विश्वविद्यालय–प्रतिष्ठानबीच समान शुल्क कायम गर्न संसदीय समितिले सरोकारवालालाई निर्देशन दिएको हो । शुक्रबार बसेको समितिको बैठकले शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय र चिकित्सा शिक्षा आयोगलाई चिकित्सा शिक्षाको शुल्क, पाठ्यक्रम, क्यालेन्डर र प्रवेश परीक्षामा देखिएका विसंगति हटाएर समान नीतिगत व्यवस्था लागू गर्न निर्देशन दिने निर्णय गरेको हो ।

निर्देशनपत्र सम्बन्धित निकायमा आइतबार पठाइने समिति सचिवालयले जनाएको छ । शुल्क, सिटसंख्या र छात्रवृत्ति तोक्ने चिकित्सा शिक्षा आयोगले पूर्णता नपाउँदै मेडिकल कलेजले भने भर्ना प्रक्रिया सुरु गरिसकेका छन् । सार्वजनिक मेडिकल कलेजले ७५ प्रतिशत विद्यार्थीलाई निःशुल्क पढाउनुपर्छ, तोकिएको शुल्कभन्दा बढी लिन पाइँदैन । तर, त्यसलाई छलेर मेडिकल कलेजले भर्ना खुलाउन थालेपछि समितिले शुल्क नियन्त्रण गर्न सरकारलाई निर्देशन दिन लागेको हो ।

२८ असोज ०७५ को मन्त्रिपरिषद् बैठकले एमबिबिएस तहका लागि काठमाडौं उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार रकम तोकेको थियो । मन्त्रालयका अनुसार अहिले देशैभरि २२ वटा मेडिकल कलेजमा एमबिबिएस कार्यक्रम सञ्चालनमा छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डेङ्गु नियन्त्रणको लागि हेटौडामा ‘खोज र नस्ट गर’ अभियान सुरु
Next article संखुवासभाको होक्सेमा झाडापखालाको प्रकोप, २८ जना बिरामी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134422
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

33
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web