• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 26th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

March 31st, 2014 परिवार स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

पैसामुखी र पद मुखी भएकाले उच्च रक्तचापको समस्या बढ्दै गएको पाइएको छ । पद र पैसा कमाउनमा राजनीतिक दलहरुका नेता अरुभन्दा अगाडि देखिए पनि समाजका अन्य व्यक्त पनि कम्ति भने नभएको विज्ञहरु बताउछन । महिनामा एक पटक सुगर, उच्च रक्तचाप र रगतको जाच गराउनु आवश्यक रहेको वरिष्ठ मुटु रोग विज्ञ डा.अवनिभूषण उपाध्याय बताउछन । उच्च रक्तचापकै कारण मुटु रोग हुने भएकाले उच्च रक्तचाप नियन्त्रण गर्न लाग्नु पर्ने बताउछन । उनले भने, धेरै पद ओगटेरमात्र भएन। थोरै पदमा रहेर समेत राम्रो काम गर्न सकिन्छ । कुर्शीमात्र ओगटेरमात्र हुदैन । उच्च रक्तचापले हृदयघात हुने, मस्तिस्कघात, मुटु फेल हुने, मिर्गौला बिग्रने र आखाको ज्योति समेत जाने हुन्छ । गंगालालका मुटुरोग विज्ञ डा. दीवाकर शर्माका अनुसार एकसय २० वाई असी लाई उपयुक्त रक्तचाप भनिन्छ । नेपालमा आधाभन्दा कमलाई अर्थात ४१ प्रतिसतलाई मात्र आफूलाई उच्च रक्तचापको समस्या भन्ने कुरा थाहा छ, धेरैलाई थाहा नै छैन, डा. शर्माले भने । ललितपुरको धापाखेलमा गरिएको अध्ययन अनुसार २६ प्रतिसतले मात्र उच्च रक्तचापको उपचार गरिरहेको पाइएको छ । त्यसैगरि ६ प्रतिसतको रक्तचाप मात्र सन्तुलीत अवस्थामा रहेको पाइएको छ । उच्च रक्तचापकै कारण नेपालमा बर्षेनी मुटुरोगीको संख्या बढीरहेको पाइएको छ । डा. शर्माले भने, मुटुरोगबाट बच्नका लागि उच्च रक्तचाप नियन्त्रण गर्नै पर्छ । धुमपान सेवन, मध्यपान, तनाव नियन्त्रण, नुन कम खाने, खानपानमा नियन्त्रण र हरेक दिन कम्तिमा पनि आधा घण्टा हिड्ने बानी बसाल्ने सके उच्च रक्तचापबाट बच्न सकिने र यसले मुटुरोगबाट बच्न समेत सकिने विज्ञहरुको भनाई छ । हरेक दिन पाँंच ग्राम भन्दा बढी नुन सेवन गर्न नहुने उनको सुजmाव छ । आधा लिटर तेल महिनामा सेवन गर्नु उपयुक्त हुन्छ । उच्च रक्तचापको समस्या भए औषधि सेवन गर्नु राम्रो हुन्छ । म आफै दश वर्षदेखि उच्च रक्तचापको औषधि सेवन गरिरहेको डा. शर्माले बताए । उच्च रक्तचाप नाप्ने अटोमेटिक डिभाइस घरमै किनेर पनि प्रयोग गर्न सकिन्छ । डा. उपाध्यायले भने, मुटुरोगको रोकथाममा ध्यान दिन नसके डाक्टर र औषधिले मात्र बचाउन सकिदैन । 

नेपालमा हाल पन्ध्र प्रतिसत अर्थात चालिस लाख जनता कुनै न कुनै प्रकारको मुटुरोगबाट पिडित छन । मुटुरोगीको संख्या बिगत दश वर्षयता पाँंच गुनाले बढेको छ । काठमाडौंका अस्पतालमा भर्ना भएका विरामीमध्ये ४० प्रतिसतलाई कोरोनरी मुटुको रोग, २८ प्रतिसतलाई बाथ मुटुको रोग र १९ प्रतिसतलाई उच्च रक्तचापको भेटिएको छ । अस्वस्थकर खाना, मानसिक तनाव, व्यायामको कमि, धुमपान र मध्यपानको अधिक प्रयोग, चिल्लोको प्रयोगका कारण मुटुको रोग बढेको डा. प्रकाशराज रेग्मी बताउछन । बालबालिकालार्इृ धैरे खुवाएर मोटो बनाउने, जड फुड खुवाउने प्रवृतिले समेत समस्या थपेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article विरामी र डाक्टर : अविश्वासको खाडल
Next article पाठेघर खस्ने समस्या

Related Posts

पाठेघर खस्ने समस्या

पाठेघर खस्ने समस्या

पाठेघर झर्ने समस्या

पाठेघर झर्ने समस्या

कसरी जान्छ गर्भ खेर ?

कसरी जान्छ गर्भ खेर ?

Leave a Reply Cancel reply

Timeline
Jul 25th 7:19 AM
समाचार

चर्को विरोधपछि डा.गोविन्द केसी अनसन छोडेर सेती प्रादेशिक अस्पताल भर्ना

Jul 24th 7:43 AM
समाचार

डा. केसीविरुद्ध सुदूरपश्चिममा विरोध चर्कियो, संघर्ष समितिले दियो प्रतिअनशनको चेतावनी

Jul 23rd 10:28 AM
समाचार

५ बुँदे माग राख्दै धनगढीबाट डा. गोविन्द केसीले सुरु गरे अनसन

Jul 21st 6:22 AM
समाचार

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार

Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133559
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

120
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

102
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web