• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

निजीमा काम गर्ने सरकारी डाक्टरलाई कडाई

January 19th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
निजीमा काम गर्ने सरकारी डाक्टरलाई कडाई

हेल्थ टुडे
स्वास्थ्य मन्त्रालयले निजी अस्पतालमा काम गर्ने सरकारी डाक्टरलाई कडाई गर्ने भएको छ । सरकारी स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीले निजि स्वास्थ्य संस्थाहरुमा काम गर्न अवदेखि अनिवार्य स्विकृति लिनु पर्ने भएको छ । उनीहरुले कार्यालय समय बाहिरको समयमा आफू कार्यरत स्वास्थ्य संस्थाको काममा बाधा नपुग्ने गरी निजी प्राक्टिस गर्न आगामी फाल्गुन मसान्त भित्र स्वीकृतिका लागि स्वास्थ्य मन्त्रालयमा निवेदन दिई सक्नुपर्ने भएको छ । यस अघि यस्तो स्वीकृति प्राप्त गरेका वा नगरेका सबैले सोही अबधिभित्र निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।
निजी स्वास्थ्य संस्थाहरुले पनि सरकारी सेवामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई काममा लगाउँदा मन्त्रालयको अनिवार्य स्वीकृति लिनुपर्ने भएको छ । स्वीकृति नलिई सरकारी सेवामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई काममा लगाएको पाइएमा त्यस्ता संस्थाहरुको अनुमति नविकरण नहुने र कानून बमोजिम अन्य कारवाहि समेत हुने मन्त्रालयले बनाएको नयाँ निर्देशिकामा उल्लेख छ ।
सरकारी स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुले अनिवार्य पालना गर्नुपर्ने सेवा शर्त सम्बन्धी निर्देशन, २०७३ बिहीबार मन्त्रीपरिषद्बाट पारित भएकाले कर्मचारीले सरकारको पूर्वस्वीकृति नलिई काम गर्न नपाउने भएका हुन् ।
नियमित कार्यालय समय भन्दा अतिरिक्त सेवा गर्नुपर्ने चिकित्सक, नर्स एवं स्वास्थ्यकर्र्मीलाई अतिरिक्त सेवा सुबिधा प्रदान गरी स्वास्थ्य सेवा प्रवाहलाई थप गुणस्तरीय बनाउने उद्धेश्यले यस्तो व्यवस्था गरिएको स्वास्थ्य मन्त्री गगनकुमार थापाले बताउनु भयो ।
स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ५२ मा कर्मचारीले सरकारबाट निधारित समयमा नियमित रुपले कार्यालयमा हाजिर हुनु पर्दछ र बिदाको स्वीकृति नलिई कामबाट अनुपस्थित हुनुहुँदैन भन्ने कानुनी व्यवस्था रहेको छ ।
सो व्यवस्था बमोजिम स्वास्थ्य क्षेत्र विशेष एवं संवेदनशील क्षेत्र भएकाले स्वास्थ्य संस्थाहरुले विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सेवा प्रवाह गर्नु पर्नेछ । जसमा नियमित सेवा विहान ८ बजेदेखि दिउसो ३ बजेसम्म तोकिएको छ । स्वास्थ्य संस्थाबाट दिउसो ३ बजेदेखि कम्तिमा ५ बजेसम्म विस्तारित स्वास्थ्य सेवा वा अतिरिक्त सेवा सञ्चालन गर्नुपर्ने मन्त्रालयले जनाएको छ । अतिरिक्त सेवा गरे बापत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अतिरिक्त सेवासुविधाको पनि मन्त्रालयले व्यवस्था गरेको छ ।
जालसाझी गरी वा नक्कली विवरण पेश गरी अतिरिक्त सुविधा लिएको पाइएमा सम्बन्धित कर्मचारीलाई भुक्तान भएको सुबिधाको दोब्बर रकम जरिवाना गरी कानून बमोजिम कारवाहि हुनेछ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मिस नर्सको अडिसन सुरु
Next article स्वास्थ्य विभागको महानिर्देशकमा डा.पन्त

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132322
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

15
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web