• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 20th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

किड्नी जोगाउन डा.काफ्लेको प्रिस्कृप्सन

March 8th, 2017 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
किड्नी जोगाउन डा.काफ्लेको प्रिस्कृप्सन

किड्नीले हामीलाई बचाएको हुन्छ । त्यसैले हामीले किड्नी बचाउन जान्नुपर्छ । किड्नी बिग्रिसकेपछि यसको उपचार सहज हुँदैन । कि त प्रत्यारोपण गर्नुपर्छ नभए डाइलासिस गर्नुपर्छ । यी दुवै सजिलो काम होइन । किड्नी बिग्रिसकेपछि उपचारमा जानुभन्दा किड्नी बिग्रिनै नदिने उपाय अपनाउनुपर्छ । प्रत्येक नागरिकले अरू दिन भ्याइँदैन भने पनि आफ्नो जन्मदिनका दिन मिर्गौला परीक्षण गरौं । त्यो महँगो छैन । एक सय ५० रुपैयाँमा जाँच गर्न सकिन्छ । अहिले ९० प्रतिशत नेपालीलाई आफ्नो किड्नीका विषयमा जानकारी छैन । पहिलेको तुलनामा यसको उपचार केही सहज भएको छ । अहिले स्वदेशमै किड्नी प्रत्यारोपण गर्ने सुविधा छ । किड्नीमा समस्या देखियो भने जिन्दगी सकियो भन्थे । धनीमानी बाहेकको पहुँचमा थिएन उपचार सेवा । उपचार महँगो थियो । प्रत्यारोपण त झन् महँगो । तर हामीले हरेस खाएनौं । लागिरह्यौं । अहिले सरकारले डाइलासिस निःशुल्क गर्यो । गरिब जनताको पनि उपचारसम्म पहुँच बढेको छ । तर बिरामीको संख्या भने तीव्र गतिमा बढेको छ । २६ लाख किड्नीका बिरामी छन् । हरेक वर्ष १० हजार नयाँ मिर्गौलाका बिरामी थपिने गरेका छन् ।
सरकारले डाइलासिस निःशुल्क गरिदियो । यतिले मात्र पुग्छ त ? के डाइलासिस गराउनु राम्रो हो ? प्रश्न उब्जेको छ, ‘के हामी अब डायलासिस गरेर मात्र बस्छौं त अब ?’
अब हामीले किड्नी प्रत्यारोपण र डाइलासिसतिर मात्र ध्यान केन्द्रित गर्ने होइन । किड्नी बचाउनतिर लाग्नु आवश्यक छ । सरकारले डायलासिस निःशुल्क दिएकै त छ नि भनेर किड्नी बचाउनतिर नलाग्ने हो भने भविष्यमा यसले भयावह स्थिति ल्याउने निश्चित छ । किड्नीका रोगीको संख्या लाखौं हुन थालेपछि सरकारले निःशुल्क डाइलासिस सेवा उपलब्ध गराउन सक्ला त ? यहाँ पनि शंका छ । सरकारले यसका विषयमा व्यापक जनचेतना विस्तार गर्नु आवश्यक छ । उपचार गराउनुभन्दा रोगै लाग्न नदिने अवस्था सिर्जना गर्नुपर्छ ।
प्रत्येक नागरिकले अरू दिन भ्याइँदैन भने पनि आफ्नो जन्मदिनका दिन किड्नी परीक्षण गरांै । त्यो महँगो छैन । एक सय ५० रुपैयाँमा जाँच गर्न सकिन्छ । अहिले ९० प्रतिशतलाई आफ्नो मिर्गौला कस्तो अवस्थामा छ भन्ने थाहा छैन । किड्नीले तपाईंलाई बचाएको छ । त्यसलाई तपाईंले नै बचाउनु पर्छ । ( डा. ऋषिकुमार काफ्ले, वरिष्ठ किड्नी विज्ञ हुन । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ख्यालख्यालमै बसेको पिरती
Next article हरेक अञ्चल अस्पतालमा डाइलासिस सेवा

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133126
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

37
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web