• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 21st, 2021
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

किड्नी जोगाउन डा.काफ्लेको प्रिस्कृप्सन

March 8th, 2017 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
किड्नी जोगाउन डा.काफ्लेको प्रिस्कृप्सन

किड्नीले हामीलाई बचाएको हुन्छ । त्यसैले हामीले किड्नी बचाउन जान्नुपर्छ । किड्नी बिग्रिसकेपछि यसको उपचार सहज हुँदैन । कि त प्रत्यारोपण गर्नुपर्छ नभए डाइलासिस गर्नुपर्छ । यी दुवै सजिलो काम होइन । किड्नी बिग्रिसकेपछि उपचारमा जानुभन्दा किड्नी बिग्रिनै नदिने उपाय अपनाउनुपर्छ । प्रत्येक नागरिकले अरू दिन भ्याइँदैन भने पनि आफ्नो जन्मदिनका दिन मिर्गौला परीक्षण गरौं । त्यो महँगो छैन । एक सय ५० रुपैयाँमा जाँच गर्न सकिन्छ । अहिले ९० प्रतिशत नेपालीलाई आफ्नो किड्नीका विषयमा जानकारी छैन । पहिलेको तुलनामा यसको उपचार केही सहज भएको छ । अहिले स्वदेशमै किड्नी प्रत्यारोपण गर्ने सुविधा छ । किड्नीमा समस्या देखियो भने जिन्दगी सकियो भन्थे । धनीमानी बाहेकको पहुँचमा थिएन उपचार सेवा । उपचार महँगो थियो । प्रत्यारोपण त झन् महँगो । तर हामीले हरेस खाएनौं । लागिरह्यौं । अहिले सरकारले डाइलासिस निःशुल्क गर्यो । गरिब जनताको पनि उपचारसम्म पहुँच बढेको छ । तर बिरामीको संख्या भने तीव्र गतिमा बढेको छ । २६ लाख किड्नीका बिरामी छन् । हरेक वर्ष १० हजार नयाँ मिर्गौलाका बिरामी थपिने गरेका छन् ।
सरकारले डाइलासिस निःशुल्क गरिदियो । यतिले मात्र पुग्छ त ? के डाइलासिस गराउनु राम्रो हो ? प्रश्न उब्जेको छ, ‘के हामी अब डायलासिस गरेर मात्र बस्छौं त अब ?’
अब हामीले किड्नी प्रत्यारोपण र डाइलासिसतिर मात्र ध्यान केन्द्रित गर्ने होइन । किड्नी बचाउनतिर लाग्नु आवश्यक छ । सरकारले डायलासिस निःशुल्क दिएकै त छ नि भनेर किड्नी बचाउनतिर नलाग्ने हो भने भविष्यमा यसले भयावह स्थिति ल्याउने निश्चित छ । किड्नीका रोगीको संख्या लाखौं हुन थालेपछि सरकारले निःशुल्क डाइलासिस सेवा उपलब्ध गराउन सक्ला त ? यहाँ पनि शंका छ । सरकारले यसका विषयमा व्यापक जनचेतना विस्तार गर्नु आवश्यक छ । उपचार गराउनुभन्दा रोगै लाग्न नदिने अवस्था सिर्जना गर्नुपर्छ ।
प्रत्येक नागरिकले अरू दिन भ्याइँदैन भने पनि आफ्नो जन्मदिनका दिन किड्नी परीक्षण गरांै । त्यो महँगो छैन । एक सय ५० रुपैयाँमा जाँच गर्न सकिन्छ । अहिले ९० प्रतिशतलाई आफ्नो मिर्गौला कस्तो अवस्थामा छ भन्ने थाहा छैन । किड्नीले तपाईंलाई बचाएको छ । त्यसलाई तपाईंले नै बचाउनु पर्छ । ( डा. ऋषिकुमार काफ्ले, वरिष्ठ किड्नी विज्ञ हुन । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ख्यालख्यालमै बसेको पिरती
Next article हरेक अञ्चल अस्पतालमा डाइलासिस सेवा

Health Today Nepal

Related Posts

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

Leave a Reply Cancel reply

Timeline
Feb 21st 10:49 AM
समाचार

भारतबाट किनेको १० लाख डोज कोभिड १९ विरुद्धको खोप आइपुग्यो,पालैपालो सबैलाई खोप

Feb 17th 11:42 AM
समाचार

डाक्टरको फि बढ्यो, कस्को कति ?

Feb 14th 1:22 AM
समाचार

बाग्मती प्रदेशले क्यान्सर विरामीलाई थप ५० हजार उपचार खर्च दिने

Feb 14th 1:13 AM
समाचार

ताप्लेजुङबाहेक प्रदेश १ का १३ जिल्लामा लागु भयो स्वास्थ्य विमा, विमा गराउनेको संख्या ११ लाख

Feb 10th 7:50 AM
समाचार

कोरोना चीनको प्रयोगशालाबाट फैलिएको देखिएन : डब्लूएचओ’

Jan 30th 2:30 PM
समाचार

देउराली जनताको ३० औं बार्षिकोत्सव

Jan 27th 9:23 AM
समाचार

कोरोनाविरुद्धको खोप अभियान सुरु

Jan 23rd 6:58 AM
समाचार

सिनोफार्मसँग क्लिनिकल ट्रायलको कागजात माग

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1020
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

12
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

7
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

11
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web