• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 24th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

June 23rd, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल


हेल्थ टुडे,

काठमाडौं, ९ असार : तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले लामो समय पछि स्वास्थ्य क्षेत्रमा पाँच वर्षमा १२ हजार दक्ष जनशक्ति थप्ने गरी हरेक वर्ष २५ सय जनशक्ति थप्ने प्रक्रिया शुरु भएको बताएका छन् ।
स्वास्थ्य जनशक्ति अभाव भए पनि दशकौंसम्म जनशक्ति थप गर्ने गरी स्वास्थ्य क्षेत्रको सङ्गठन तथा व्यवस्थापन सर्भेक्षण गरेर प्रकृया पूरा गरी मन्त्रिपरिषदमा पेश गर्ने गरी अन्तिम चरणमा रहेको उल्लेख गरे ।
व्यवस्थापिका संसदमा मन्त्रालयको बजेटबारे छलफलमा उठेका प्रश्नको जवाफ दिंदै मन्त्री पौडेलले नयाँ आर्थिक वर्षमा ९५ अर्ब ८१ करोड विनियोजन गरिएको जानकारी दिए ।
सातै प्रदेशमा विशिष्टिकृत सेवा
बजेटमार्फत सघन जलनको उपचार, मुटु, मृगौला प्रत्यारोपण, क्यान्सर लगायतका विशिष्टकृत सेवाहरु सातै प्रदेशका एक एक संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हुने गरी व्यवस्था गरिएको मन्त्री पौडेलले बताए ।
मन्त्री पौडेलले पदभार सम्हालेलगत्तै विशिष्टिकृत उपचार सेवा प्रदेशमा पुर्याउने भन्दै सेवा थालेका थिए । यसका लागि नयाँ आर्थिक वर्षमा बजेट विनियोजन भएको छ ।
रोग लाग्न नदिन कार्यक्रम
नयाँ बजेटमार्फत म स्वास्थ्य मेरो समुदाय स्वस्थका लागि ७३६ स्थानीयतहमा जनस्वास्थ्यका कार्यक्रमको प्रभावकारी सञ्चालनका लागि एक जनस्वास्थ्य अधिकृतको व्यवस्था, आयुर्वेद, योग ध्यान तथा परम्परागत चिकित्सा पद्दति मार्फत निरोगी नागरिक बनाउन नागरिक आरोग्य कार्यक्रमलाई सबै स्थानीयतहमा विस्तार तथा मानसिक स्वास्थ्य प्रवद्र्बनजस्ता निरोधात्मक कार्यक्रम कार्यान्वयन हुने उनले बताए ।
पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा प्रजनन रुग्णता सम्बन्धी स्वास्थ्य सेवा सबै स्थानीयतहमा लागू हुने गरि विनियोजन गरिएको उनले बताए । १४ वर्ष मूनीका बालबालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्ब एच पि भी खोप लगाउने व्यवस्था मिलाईएको मन्त्री पौडेलले उल्लेख गरे ।
आधारभूत अस्पतालका लागि बजेट
निर्माण सम्पन्न भएका आधारभूत अस्पतालको तीनै तहको सहकार्यमा संघ सरकारबाट चिकित्सक सहित औजार उपकरण उपलब्ध गराई श्रावण १ गते देखि सञ्चालनमा ल्याइने मन्त्री पौडेलले बताए । उनले निर्माणाधीन आधारभूत अस्पतालको सम्पन्नता र निर्माण सुरु नभएका स्थानिय तहमा सुरुवात गर्न रणनैतिक स्थानको म्यापिङ्ग कार्य भैरहेको जानकारी समेत दिए ।
स्वास्थ्य बीमा बोर्डको सुधार
स्वास्थ्य बीमा बोर्डको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रकृया अन्तिम चरणमा पुगेको भन्दै उनले प्रविधिमा स्तरोन्नति तथा सबै किसिमका सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रम एकिकृत ढङ्गबाट बीमा मार्फत सञ्चालन गरिने बताए ।
बिमित सेवाग्राहीलाई सबै किसिमका सुविधा थैली, सेवा प्रदायक अस्पतालमा स्वास्थ्य बीमाको शोधभर्ना, भुक्तानी बाँकी रहेको बक्यौता तत्काल फरफारक गरिने मन्त्री पौडेलले बताए । स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउन सम्पूर्ण पक्षमा सुधार गरिनेछ।बीमासँग सम्बन्धित सम्पूर्ण कानूनी व्यवस्था लागू गरिने समेत मन्त्री पौडेलले बताए ।

मधेशमा मृगौला उपचार केन्द्र, काठमाडौंमा न्यूरो उपचार केन्द्र

संसदमा सम्बोधनका क्रममा स्वास्थ्य मन्त्री पौडेलले मधेश प्रदेशमा विशेष सुविधा सहितको मृगौला उपचार केन्द्र स्थापना गरिने मन्त्री पौडेलले बताए । उनले काठमाडौमा सुविधासम्पन्न राष्ट्रिय न्युरो उपचार केन्द्र स्थापनाका लागि बजेटको व्यवस्था गरिएको समेत जानकारी दिए । निर्माण सम्पन्न भक्तपुरस्थित छाती रोग अस्पताल र बुढानिलकण्ठस्थित राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योगसेवा केन्द्र सञ्चालनका लागि बजेट विनियोजन गरिएको मन्त्री पौडेलले जानकारी दिए ।
ठूला संघीय अस्पतालको पूर्वाधारका लागि बजेट
मन्त्री पौडेलले ठुला संघीय अस्पतालहरु कोशी अस्पताल, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, मानसिक अस्पताल पाटन, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, संक्रामक तथा सरुवा रोग अस्पताल टेकु, पोखरा मा आयुर्वेद योग तथा प्राकृतिक चिकित्सा सहितको अस्पताल, नरदेवी आयुर्वेद अस्पताल पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिएको जानकारी दिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई
Next article स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133138
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

42
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web