• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 21st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

औषधिको निर्णय फिर्ता लिन राज्यमन्त्रीलाई ज्ञापन

May 22nd, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
औषधिको निर्णय फिर्ता लिन राज्यमन्त्रीलाई  ज्ञापन

सरकारले ३५ प्रकारका औषधि आयातमा रोक लगाउने निर्णयको विरोधमा आन्दोदनरत नेपाल औषधि आयातकर्ता संघ (मियान) सहित नेपाल औषधि तथा विक्री प्रतिनिधि संघ, नेपाल औषधिगत बिक्री प्रवन्धक संघ, नेपाल खाद्य, आयुर्वेदिक न्युट्रास्विटिकल तथा कस्मास्विटिकल समाज, नेपाल भेटेनरी औषधि आयातकर्ता संघ र पशुपंछी आषधि व्यवसायी संघले राजधानीमा वृहत विरोध र्याली आयोजना गर्दै स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङलाई भेटी ज्ञापनपत्र बुझाएका छन ।

औषधि व्यवस्था विभाग बिजुलीबजारबाट सुरु भएको र्याली माइतीघरमा पुगेर कोणसभामा परिणत भएको थियो । विरोध र्यालीमा सहभागीहरुले स्वास्थ्य मन्त्री गगन थापाले औषधिमा आत्मनिर्भरका नाममा केही स्वदेशी औषधि कम्पनीको प्रलोभनमा परेर सस्तो र गुणस्तरीय औषधिको आयात बन्द गरेर एकाधिकार लाद्न खोजेकोले निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी रहने बताए । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष अञ्जन पुडासैनीले सरकारले बेलैमा निर्णय नसच्याए आन्दोलन अझ ससक्त हुने बताए । उनले भने, ‘ जनताले गुणस्तरीय औषधि सस्तोमा पाउनु पर्छ । यो या त्यो नाममा आयात बन्द गरेर जनताको अधिकार र हजारौलाई बेरोजगार पाइदैन । ’

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको अध्यक्षतामा गठन गरिएको कार्यदलले दिएको सुझाव अनुसार स्वास्थ्य मन्त्री थापाले ३५ प्रकारका औषधिको आयात रोक्ने निर्णय गरेको सूचना सार्वजनिक भएपछि औषधि आयातकर्ता आन्दोलनमा उत्रिएका हुन । उनीहरुले औषधि व्यवस्था विभागमा कालोपट्टी बाधेर धर्ना दिनेदेखि घेराउ र ज्ञापन पत्र बुझाउने कार्यक्रम सम्पन्न गरिसकेका छन । मियानका महासचिव पवन आचार्यले मन्त्री थापाले सस्तो लोकप्रियताका लागि औषधिमा २२ सय प्रतिसतसम्म मुनाफा लिने गरेको भ्रमपूर्ण सूचना सार्वजनिक गरेर बदमान गर्न खोजेको आरोप लगाए ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आयात रोक्ने निर्णय स्थगित, सँयुक्त आन्दोलन घोषणा
Next article औषधि व्यवस्था विभाग घेराउ र विरोध सभा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132235
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web