• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 27th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

December 21st, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

हेल्थ टुडे,
काठमाडौं, ६ पुष : आर्ट अफ लिभिङ नेपालले डिसेम्बर २१ मा मनाइने दोस्रो विश्व ध्यान दिवसका अवसरमा देशव्यापी रूपमा आयोजना गरिएको कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । उत्सव सप्ताहभर नेपालका विभिन्न भागमा सञ्चालन गरिएका ध्यान सत्रहरूमा ५० हजारभन्दा बढी व्यक्तिको सहभागिता रह्यो, जसले शान्ति, मानसिक स्वास्थ्य र सामूहिक सद्भावतर्फ बढ्दो प्रतिबद्धता झल्काएको छ ।
यसका अतिरिक्त, १,००० भन्दा बढी सहभागीले ७ दिने निर्देशित ध्यान यात्रालाई सफलतापूर्वक पूरा गरे, जसअन्तर्गत उनीहरूले विश्व ध्यान दिवससम्म दैनिक रूपमा ध्यान अभ्यास गरे। ध्यान सत्रहरू विद्यालय, कलेज तथा अन्य शैक्षिक संस्था, सरकारी कार्यालय, निजी संस्थान, प्रहरी र सेनाका इकाइहरू, साथै सामुदायिक केन्द्रहरूमा सञ्चालन गरिएका थिए, जसले यो अभियानलाई समावेशी र राष्ट्रव्यापी बनाएको छ।

उत्सव सप्ताहभर सञ्चालन गरिएका ध्यान सत्रहरू प्रशिक्षित आर्ट अफ लिभिङका शिक्षकहरूको नेतृत्वमा र समर्पित स्वयंसेवकहरूको सहयोगमा सम्पन्न भएका थिए, जसले कार्यक्रमको गुणस्तर र व्यवस्थापनलाई प्रभावकारी बनायो।
मुख्य राष्ट्रिय कार्यक्रम काठमाडौंको शंखमूलस्थित आर्ट अफ लिभिङ केन्द्रमा सम्पन्न भयो। उक्त कार्यक्रममा नेपाल सरकारकी स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय डा. सुधा शर्मा गौतम प्रमुख अतिथिका रूपमा सहभागी हुनुका साथै आर्ट अफ लिभिङको एपेक्स बडीका सदस्यहरू, वरिष्ठ शिक्षकहरू र विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
संयुक्त राष्ट्रसंघद्वारा औपचारिक रूपमा घोषणा गरिएको र हरेक वर्ष डिसेम्बर २१ मा विश्वव्यापी रूपमा मनाइने विश्व ध्यान दिवस ध्यानलाई आन्तरिक शान्ति, भावनात्मक सन्तुलन र सामाजिक सद्भाव प्रवद्र्धन गर्ने शक्तिशाली माध्यमका रूपमा चिनाउने उद्देश्यले मनाइन्छ। सन् २०२५ को यो अवसर विश्व ध्यान दिवसको दोस्रो विश्वव्यापी उत्सव हो।
यी देशव्यापी पहलहरूमार्फत आर्ट अफ लिभिङ नेपालले गुरुदेव श्री श्री रवि शंकरको “तनावमुक्त र हिंसामुक्त समाज निर्माण” गर्ने दृष्टिकोणलाई पुनः पुष्टि गरेको छ, जहाँ व्यक्तिहरूलाई आन्तरिक रूपान्तरणका व्यावहारिक उपायहरू प्रदान गरिन्छ।
आर्ट अफ लिभिङ नेपालले देशभर ध्यान सत्र आयोजना गर्न सहयोग पु¥याउने सरकारी निकायहरू, शैक्षिक संस्था, सुरक्षा निकाय, विभिन्न संगठनहरू तथा सामुदायिक साझेदारहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ। आयोजकहरूका अनुसार, यस व्यापक सहभागिताले शान्ति, सद्भाव र समग्र कल्याणप्रतिको नेपालको बढ्दो प्रतिबद्धता प्रतिबिम्बित गर्दछ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड
Next article चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133154
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web