• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

December 25th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक


हेल्थ टुडे,

काठमाडौं, १० पुष : नेपाल चिकित्सक संघको अगामी नेतृत्वका लागि चुनावी मैदानमा ओर्लिएको डा. बद्री रिजाल नेतृत्वको टीमले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि आफ्नो टीमको प्रतिवद्धता सार्वजनिक गरेको छ ।
चिकित्सकको दरबन्दी, पारिश्रमिक तथा सेवा सुविधा, सुरक्षा, रेपिड रेस्पोन्स टीम,ड्युटी आवर र मानसिक स्वास्थ्य, शैक्षिक कार्यक्रम र अनुसन्धान र सबै चिकित्सक अट्ने एनएमए, सबैलाई जोड्ने एनएमए गरि ६ वटा प्रमुख प्रतिवद्धता टीम बद्रीले सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै नेपाल चिकित्सक संघ अध्यक्षका प्रत्यासी डा. बद्री रिजालले चिकित्सकको हक हित मात्र नभएर गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितताका लागि आफुले नेतृत्व गरेको टीम विजय हुनु पर्ने आवश्यकता रहेको बताए । चिकित्सा पेसा, पेसाकर्मी र समग्र स्वास्थ्य सेवा सुधार गर्ने हुटहुटीले आफु ट्रमा सेन्टरको निर्देशकको पदबाट राजिनामा दिएर चुनावी मैदानमा ओर्लिको डा.रिजालले बताए । पत्रकारहरुका प्रश्नको जवाफ दिदै डा. रिजालले नेपालको स्वास्थ्य सेवा सुधारका लागि चिकित्सक, सरकार, नागरिक समाज र पत्रकार सबै मिलेर लाग्नु पर्ने आवश्यकता रहेकोमा जोड दिए ।
कार्यक्रममा चिकित्सक संघका वर्तमान कोषाध्यक्ष एवं उपाध्यक्षका उम्मेदवार डा. प्रमोद जोशीले संघको नेतृत्व गर्ने टीम अनुभवी र सक्षम हुनु पर्नेमा जोड दिदै टीम बद्रीका उम्मेदवार अनुभवी र सक्षम दुबै भएकाले यही टीमले संघको भावी नेतृत्व गर्ने दावी गरे । संघका महासचिव एवं टीम बद्रीबाट बरिष्ठ उपाध्यक्षका उम्मेदवार डा. संजिव तिवारीले चिकित्सकहरुको हक र हितका पक्षमा आफुहरुले बिगत देखि नै काम गर्दै आएकोले यो पटक पनि आफूहरुलाई देश भरिका चिकित्सकहरुले नेतृत्व गर्ने अवसर प्रदान गर्ने बताए । नेपाल चिकित्सक संघको भावी नेतृत्वका लागि आउदो माघ २ र ३ गते काठमाडौं उपत्यका बाहिर र माघ १५, १६ र १७ गते काठमाडौं उपत्यका भित्र निर्वाचन हुने छ । भावी नेतृत्वका लागि मुख्य गरि डा. बद्री रिजाल र डा. मंगल रावलबिच प्रतिस्पर्धा हुने देखिएको छ । संघमा देश भरिका १६ हजार बढी चिकित्सक सदस्य रहेका छन् ।
टीम बद्रीको वरिष्ठ उपाध्यक्षमा डा. संवीव तिवारी, महासचिवमा डा. विश्वराज दवाडी, उपाध्यक्षहरुमा डा. रोसन खड्का, डा. अमित रञ्जन मिश्र, डा. सुवास भट्टराई, डा. नवराज लम्साल, डा. नन्दा गुरुड र डा. प्रमोद जोशी रहेका छन् । त्यसैगरि कोषाध्यक्षमा डा. संयुक्त आचार्य, सह सचिवमा डा. हुलास अग्रवाल र सहकोषाध्यक्षमा डा. तेज्सुसिंह मल्ल रहेका छन् । सदस्यहरुमा डा. सुमेध मिश्र, डा. परसुराम घिमिरे, डा. राकेश शाह, डा. विना श्रेष्ठ, डा. हिमलाल भण्डारी र डा. सुस्मित काफ्ले रहेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस
Next article एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133114
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web