• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सुपर स्पेसियालिटी विस्तार गर्न विपि प्रतिष्ठान र एम्सबीच सम्झौता

September 9th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुपर स्पेसियालिटी विस्तार गर्न विपि प्रतिष्ठान र एम्सबीच सम्झौता

धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुपर स्पेसियालिटी सेवा विस्तारकालागि भारतको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) संग शनिबार सम्झौता भएको छ । प्रतिष्ठानको २४ औं वार्षिक स्थापना दिवस तथा विपी कोइरालाको १०३ औं जन्म जयन्तीको अवसरमा प्रतिष्ठान र एम्सबीच सम्झौता भएको हो । प्रतिष्ठानमा सुपर स्पेसियालिटी सेवा विस्तारकालागि एम्सका निर्देशक प्रा डा रणदीप गुलेरिया र उपकुलपति प्राडा राजकुमार रौनियारले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

प्रतिष्ठानमा गत वर्षदेखि डिएम युरोलोजी, डिएम कार्डियोलोजी, डिएम न्युयोनेटोलोजीको लगायतका केही विषयमा मात्र सुपरस्पेसियालिटी सेवा सुरुवाती अवस्थामा छन् । भारतको एम्स अस्पतालकै मोडलमा सन् १९९३ मा स्थापना भएको प्रतिष्ठानमा आगामी छ महिना भित्रमा कार्यान्वयन गर्ने गरि थप सुपरस्पेसियालिटी सेवा विस्तार हुने सम्झौता भएको उपकुलपति प्राडा राजकुमार रौनियारले जानकारी दिए ।  सम्झौतापत्रमा हस्ताक्षर गर्दै एम्सका निर्देशक प्रा डा गुलेरियाले  प्रतिष्ठान र एम्सबीच सुपुरस्पेसियालिटी सेवा विस्तारकालागि सम्झौता हुनु गौरवको विषय भएको बताए । पहिलो पनि स्थापनाकाल देखि १० बर्ष सम्म भारतले फ्याकल्टी सहयोग गरेको स्मरण गर्दै सुपरस्पेशियालिटि सेवाकालागि पनि त्यस्तै सहयोग गर्ने उनले बताए । उनले प्रतिष्ठानमा सुपरस्पेसियालिटी सेवाकालागि विभिन्न तालिम, उपकरण, वैज्ञानिक स्वास्थ्य अनुसन्धान, विद्यार्थी र शिक्षकहरु आदानप्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रोस्टेट क्यान्सर प्रभावितसँग अन्तरक्रिया
Next article नेपालमा झुण्डिएर आत्महत्या गर्ने सबैभन्दा बढी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133101
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web