• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 21st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home

जुम्लामा सम्पन्न आँखा शिविरमा १७६ जनाको शल्यक्रिया

November 14th, 2017 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जुम्लामा सम्पन्न आँखा शिविरमा १७६ जनाको शल्यक्रिया

जुम्ला, २८ कात्तिक : यही कात्तिक २४ देखि २७ गतेसम्म जुम्ला खलंगामा सञ्चालन भएको चारदिने आँखा शिविरमा १७६ जना आँखाका रोगीको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ ।

स्वास्थ्य मन्त्रालय र नेपाल नेत्र ज्योति संघको आर्थिक सहयोग तथा हिमालयन आँखा अस्पताल पोखराको आयोजनामा १७६ जना मोतिबिन्दुका रोगीको शल्यक्रिया गरिएको हो ।

आँखा अस्पताल, पोखराका मेडिकल निर्देशक डा इन्द्रमान महर्जनको नेतृत्वको छजनाको टोलीले शल्यक्रियामा सहयोग पु¥याएको आँखा उपचार केन्द्र जुम्लाका केन्द्र प्रमुख कालीबहादुर रावतले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिविर सञ्चालनका क्रममा ७९७ जनाले आँखाको उपचार सेवा लिएका छन् । शिविरबाट संसार देखाउने आँखाको उपचार सजिलै जुम्लामै लिन पाउँदा आफू निकै खुशी भएको तिला गाउँपालिका–७ का प्याउरी रोकायाले बताउनुभयो ।

यता पातारासी गाउँपालिका–७ का अमरसिंह सुनारले हामी ज्येष्ठ नागरिकका लागि यो शिविर भगवान् नै सावित भएको जनाउनुभयो । तिलागुफा नगरपालिका–१ फोइमहादेवगाउँ कालीकोटका सिंहबहादुर महताराले शिविर आफ्ना निम्ति वरदान भएको प्रतिक्रिया दिनुभयो ।

हिमालय आँखा अस्पताल पोखराका मेडिकल निर्देशक डा महर्जनले दुर्गम कर्णालीका नागरिकलाई आँखा उपचारमा सेवा पु¥याउने ध्येयले वर्षैपिच्छे एकपटक भएपनि शिविर सञ्चालन गर्दै आएको बताउनुभयो ।

नेत्र ज्योति संघ, जुम्लाका सभापति धनबहादुर बस्नेतले शिविरबाट ज्येष्ठ नागरिक बढी लाभान्वित भएको जनाउनुभयो । त्यसका साथै आँखाका ३३० रोगीलाई चस्मा वितरण गरेको उहाँले बताउनुभयो ।

शिविरमा शल्यक्रिया गरेका ६० जनालाई लायन्स क्लब, पोखराले लत्ताकपडा र २१ बिरामीलाई साईराम समूह जुम्लाले कम्बल वितरण गरेको आइवर्कर सुपरभाइजर दलबहादुर महताराले जनाउनुभयो । शिविरबाट मुगु, कालीकोट, डोल्पा र जाजरकोटका नागरिकले सेवा लिएको आँखा उपचार केन्द्र जुम्लाले जनाएको छ ।

नेत्र ज्योति संघ, पोखराका सदस्यहरु प्राध्यापक डा द्वय दिलबहादुर क्षेत्री र ज्ञानबहादुर कार्की तथा संघका सदस्य गणेश ढकाल, मुगाली बौद्धमार्गी समाजले शिविरमा सहयोग गरेका थिए भने स्व मोहनसिंह कठायतको सम्झनामा उहाँका आमा सत्यदेवी कठायत, सन्ध्या फाउण्डेसन र प्रदेश क्षेत्र नं (क) का उम्मेदवार राजुसिंह कठायत र व्यापारी मीनबहादुर कठायतले बिरामीको खानामा सहयोग गरेको बताइएको छ । रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article साधन प्रयोग गर्नेमा नपढेका बढी
Next article ३० प्रतिशतमा मधुमेहको समस्या

Health Today Nepal

Leave a Reply Cancel reply

Timeline
Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132234
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web