• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 27th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home

उम्मेदवार र कार्यकर्तालाई ‘एन्जाइटी’

November 18th, 2017 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
उम्मेदवार र कार्यकर्तालाई ‘एन्जाइटी’

हेल्थ टुडे

यही मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा जित हासिल गर्न होमिएका अधिकांश उम्मेदवार नेता र तिनका कार्यकर्तामा  तनाव भइरहने ‘एन्जाइटी’ स्वास्थ्य समस्या देखिएको छ ।  यसले मानसिक समस्याका रोगीसमेत थपिन सक्ने जोखिम बढीरहेको चिकित्सकहरु बताउँछन । विशेषज्ञहरुका अनुसार चुनावअघि, चुनावताका मात्र नभएर चुनावको परिणामपछि समेत निर्वाचनले गर्दा तनावमा अत्यधिक वृद्घि हुने गरेको छ । हालको चुनावी प्रक्रियामा संलग्न थुप्रै व्यक्तिले मानसिक तनावको सामना गरिरहनुपरेको छ । उम्मेदवार, निजका आफन्त, साथी, समर्थकलगायतमा निर्वाचन जित्ने तनावका कारण एन्जाइटीको कारण बनिरहेको वरिष्ठ मानसिक रोग विशेषज्ञ प्रा.डा. विद्यादेव शर्माले बताए । चुनावले मानसिक स्वास्थ्यमा पार्ने प्रभावबारे विकसित मुलुकमा अध्ययनहरू भए पनि नेपालमा हालसम्म यस्तो अध्ययन भएको छैन ।

‘अन्य मुलुकमा गरिएको अध्ययन र हाम्रो अनुभवका आधारमा भन्ने हो भने हालको निर्वाचनले मानसिक असन्तुलन बढाइरहेको छ,’ मानसिक रोग विशेषज्ञ डा. निराकारमान श्रेष्ठले भने, ‘मकहाँ समेत चुनावी तनावले गर्दा उपचारात्मक सल्लाह, सुझावका लागि नेताहरू आउने क्रम हाल बढेको छ ।’ नेता मात्र नभएर कार्यकर्तामा समेत चुनावी माहोलले तनाव बढेको जनाउँदै उनले भने, ‘कति जना त औषधिको मात्रा बढाउनका लागि समेत आउने गरेका छन् ।’

हाल निर्वाचनमा होमिएका उम्मेदवार, पार्टीका नेता(कार्यकर्ताले दबाब र तनावका कारण पर्याप्त निद्रा लिन पाउँदैनन् । यस्तो अवस्थामा निद्राका लागि समेत मदिराको उपयोग हुन थाल्ने देखिएको छ । एक प्रमुख दलका नेताले कान्तिपुरसँग कुरा गर्दै चुनावी तनावलाई कम गर्न र निद्राका लागि राति सुत्ने बेलामा मदिरा सेवन गर्नुपर्ने अवस्था रहेको स्वीकार गरे । ‘एकाबिहानैदेखि तारन्तार फोन आउने, सबैका कुरा सुन्नुपर्ने, जितका लागि रणनीति बनाउनुपर्ने र मथिंगल खियानुपर्ने बाध्यता छ । न खाने टुंगो छ, न सुत्ने,’ उनले भने, ‘राति १२ र १ बजेसम्म फुर्सदै हुँदैन ।’ उनले थपे, ‘म मात्र होइन, हाल सबैजसो दलका नेताकार्यकर्ताको दिनचर्या यस्तै छ ।’विज्ञका अनुसार दिनहँु मदिरा सेवनले तनाव र डिप्रेसनको सम्भावना बढाउँछ । मदिरा सेवन गर्दाताका मानसिक रोगको औषधिले समेत काम गर्दैन । ‘निर्वाचनमा प्रत्यक्ष रूपमा सरिक भएकामा न्यूनतम ६ घण्टाको निद्रा नपुग्नु र मदिरा सेवन बढ्नुले थप मानसिक समस्या निम्त्याइरहेको छ,’ डा.शर्माले भने ।

उनका अनुसार चुनावी युद्घमा जितको सपना बोकेका उम्मेदवार र उनका समर्थकको उच्च आकांक्षासँगै तनावपूर्ण दिनचर्याले शारीरिक मात्र नभएर  मानसिक प्रणालीसमेत गडबड हुने गरेको छ । विशेषज्ञका अनुसार तनावको प्रभाव व्यक्ति विशेषमा फरकफरक देखिन्छ । कोही सामान्य दबाबमा समेत धेरै तनाव लिने हुन्छन् । चुनावले गर्दा मानसिक तनाव बढ्ने गरेको अवस्थामा यसको सामना गर्न नसक्दा यसले रोगको स्वरूप लिन सक्ने औंल्याउँदै डा. श्रेष्ठ भन्छन, ‘तनावको सामना गर्ने क्षमता हरेक व्यक्तिमा फरक(फरक हुन्छ, कोही सानो कुराले पनि विचलित हुन्छन् भने कसैले जस्तोसुकै ठूलो कुराको समेत सामना गर्छन् ।’ निर्वाचनले पार्न सक्ने नकारात्मक मानसिक प्रभाव कम गर्न विज्ञहरूले चुनावलाई सहज रूपमा एउटा स्वस्थकर खेल जस्तै लिनुपर्ने बताएका छन् ।

आफूले सक्दो प्रयास गर्ने तर जस्तोसुकै परिणामलाई सहज रूपमा स्वीकार गर्न तयार भएर यो खेलमा उत्रिनुपर्ने उनीहरूको सुझाव छ । विज्ञहरूले चुनावी अभियानमा सरिक नेतादेखि कार्यकर्तासम्मलाई सकेसम्म मदिरा सेवन नगर्न, राति न्यूनतम ६ घण्टा सुत्न, ढिलो राति गरिने गतिविधि नगर्न, राति फोन आफू नजिक नराख्न, चुनावी अभियानमा हिँड्दा पनि पानीको बोतल साथै राख्न र पर्याप्त पानी पिउन, ठीक समयमा स्वस्थ खानारखाजा खान सुझाव दिएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मिलाउन सकिन्छ बांगोटिंगो दाँतलाई 
Next article १८ नपुग्दै ५२ % महिलालाई यौन अनुभव

Health Today Nepal

Leave a Reply Cancel reply

Timeline
Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132531
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web